अर्थविद्हरूले सरकार विदेशी लगानी मुलुकमा भित्र्याउन नसक्दा आन्तरिक ऋण लिएर ठूला आयोजनामा परिचालन गर्नुपर्ने बाध्यतामा रहेको बताएका छन्।
आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ विश्व बैंक लगायतका विकास साझेदारका सफल नभएका कार्यक्रमका विषयमा पुनर्विचार गर्नुपर्ने बताउँछन्।
रुपन्देहीको तिलोत्तमा पूर्वखेलाडीबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता टी१० फर्म्याटमा आयोजना हुनेछ।
सरकारी वार्ता समिति र पहिचान पक्षधर वार्ता समितिबीच शुक्रबार प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण तयार पार्नेसहित पाँचबुँदे सहमति भएको हो।
सञ्चारमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा अध्ययन गर्न गठित समितिले बुझाएको प्रतिवेदनबारे मन्त्रिपरिषद्बाट निर्णय नभएकाले सार्वजनिक गर्न नमिल्ने सांसदहरूलाई जवाफ दिएकी छन्।
अर्थमन्त्री महतले नेपालले उदारता देखाएर स्रोतसाधनलाई ध्यान नदिई धेरै प्रतिबद्धता व्यक्त गर्दा राज्यका दायित्वहरू पूरा गर्न कठिनाइ भइरहेको बताएका छन्।
पक्राउ परेकाहरूलाई प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद लिएको जनाएको छ।
गृहमन्त्री श्रेष्ठले जालसाजी, ठगी, भ्रष्टाचारमा संलग्नहरूलाई समात्दा वक्तव्यबाजी र राजनीतिक दबाब आएको भन्दै असन्तुष्टि जनाए।
विभागले शुल्क तथा जरिबाना नेपालका मोबाइल बैंकिङ र वालेट सेवा प्रदायकमार्फत भुक्तानी गर्न सकिने जनाएको छ। सेवाग्राहीले अनलाइनमार्फत दिएको आवेदनको अवस्था तथा भुक्तानीको विवरण ‘ट्र्याक’ गर्न सक्ने छन्।
बोरिस नादेजदिन युक्रेनमा पुटिनको युद्धका कट्टर विरोधी र आलोचक पनि हुन्।
वैध रूपमा सञ्चालनमा रहेका व्यापारिक प्रतिष्ठानमध्ये महिलाको स्वामित्वमा २६ र पुरुषको स्वामित्वमा ७४ प्रतिशत रहेको पाइएको छ।
चितवनका किसानले तीन महिनादेखि दूधको रकम पाउन सकेका छैनन्। मन्त्री भुसालले अहिले दूध उत्पादन बढी भएकाले बिक्रीमा समस्या भएको उल्लेख गरेका छन्।
हात्तीपीडितका लागि माग गरिएको ५८ लाख २८ हजार रुपैयाँ राहत रकम आउन ढिलो हुँदा समस्या भएको वन कार्यालय झापाले जनाएको छ।
शक्तिशाली सेनाले पूर्वप्रधानमन्त्री नवाज शरिफलाई नयाँ प्रधानमन्त्रीको रूपमा देख्न र अर्का पूर्वप्रधानमन्त्री इमरान खानलाई हराउन चाहेको टिप्पणी चुनावी प्रक्रियालाई नियालिरहेका विश्लेषकहरूले गरेका छन्।
अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले सम्झौतामा हस्ताक्षर गरेका छन्।
उत्पादन लागतसमेत नउठ्ने भएपछि किसानले चिराइतोको खेती गर्न छाडे। जसका कारण अहिले बजार मूल्य बढ्दै गएको छ, तर उत्पादन भने घट्दै गएको छ। अहिले प्रतिमन ४५ हजार रुपैयाँमा बिक्री भइरहेको छ।
वार्तालाई पहिचान पक्षधरले उठाउँदै आएका माग सम्बोधनको पहिलो कदमको रूपमा लिनुपर्ने वार्ता समितिका संयोजक तथा मन्त्री जबेगूले बताएका छन्।
पालिकाभित्रका छोरी र विवाह भएर आएका बुहारीलाई पालिकाले छात्रवृत्तिमा स्नातक पढाइरहेको छ। यसले पैसाको अभावमा पढाइ छाड्नुपर्ने, कम उमेरमा विवाहलगायत समस्या घट्ने पालिकाको विश्वास छ।
सिफारिस समितिले आवेदन दिएका ४३ जनाबाट प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जनालाई छनोट गरेको छ।
सोलुखुम्बुमा उत्पादित सुन्तला जिल्ला बाहिर पठाउन सकिएको छैन। सुन्तलाले बजार नपाउँदा कुहिएर खेर जाने गरेको किसानको गुनासो छ।