नेप्से परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ को विन्दुमा कायम भएको छ।
पालिकाभित्र सार्वजनिक पद धारण गरेका व्यक्तिले अनिवार्य रूपमा आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णयसमेत गाउँपालिकाले गरेको छ।
सशस्त्र प्रहरी बलले चौबिसै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनका लागि ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ तयार गरी लागू गरिएको छ।
कलात्मक रूपमा कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यो पेसामा लागेका व्यवसायी पनि संकटमा पर्न थालेको बुर्तिबाङका नोठबहादुर विकको भनाइ छ।
प्रधानमन्त्री दाहालले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एशियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)लाई आग्रह गरेका छन्।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालय सम्बद्ध विषयमा छलफल गर्न केही उच्च अधिकारीलाई बोलाउने भएको छ।
होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका २७७ मध्ये १०५ जना छुटेका छन्।
चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी तथा बेइजिङ र अन्य प्रान्तहरूमा चीनका उच्चस्तरका विभिन्न व्यक्तित्वसँग भेट गर्ने कार्यक्रम छ।
मेल्लेख–७ नन्देगडाको सुयडीमा सोमबार भएको दुर्घटनामा तीन जना घाइते भएका छन्।
१३० जनाभन्दा बढीको ज्यान जाने गरी भएको मस्को आक्रमणपछि मृत्युदण्डको प्रावधान फर्काउन रुसी राष्ट्रपति पुटिन समर्थकहरूले माग गरेका छन्।
सुन्दर र आकर्षक देखिने ढापपोखरी पर्यटकीय सम्भावना बोकेको भए पनि प्रवर्द्धनका लागि सरकारको प्राथमिकतामा परेको छैन।
आइतबार राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
अमेरिकी गुप्तचर प्रमुख बिल बर्न्स र उनका इजराइली समकक्षी डेभिड बर्नियाले गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौताको वार्तापछि कतार छाडेका छन्।
गुजरात टाइटनले मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगितामा विजयी शुरूआत गरेको छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
प्रहरीले होली पर्व मनाउने क्रममा जथाभाबी रङ दलेको तथा होहल्ला गरेको आरोपमा २७७ जनालाई पक्राउ गरेको छ।
उदयपुरको त्रियुगा नगरपालिका– १४ धाप्लाङस्थित सुनकोशी नदीमा पौडी खेल्न गएका तीन बालबालिका डुबेर बेपत्ता भएका छन्।
खप्तड छेडेदहगाउँपालिका–४ र ७ मा पर्ने छेडेहदतालमा डुंगा पल्टिँदा एक जना बेपत्ता भएका छन्।
क्रिमियाली क्षेत्रमा तैनाथ दुई रुसी सैन्य जहाजमाथि आक्रमण गरेको युक्रेनले दाबी गरेको छ।
गाउँगाउँमा पक्की घर निर्माण गर्ने होड चलेको छ। अक्करे भिर फोडेर खनेका सडकमा मोटर गुडेका छन्। तर गाउँबाट बसाइँ जाने क्रम रोकिएको छैन।