प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ। कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भने गरेको छैन।
चिनियाँ कम्पनीले निर्माण गरिरहेको दासु जलविद्युत् आयोजनाको गाडीमा विद्रोहीहरूले विस्फोट गराएका थिए। विस्फोटपछि चिनियाँ नागरिक बोकेको गाडी खाल्डोमा खसेको थियो।
गत वर्ष तीन हजार २५० रुपैयाँ प्रतिक्विन्टल मूल्य कायम भएको चैते धान हाल चार हजार २५० प्रतिक्विन्टल पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि एक अर्ब विनियोजन भएको थियो।
वन कार्यालयले पहिलो चरणमा ३२१ र दोस्रो चरणमा २१२ परिवारका लागि राहत रकम माग गरेको छ। तर हालसम्म राहत रकम प्राप्त भएको छैन।
तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने पुल २१ करोड ६८ लाख लागतमा निर्माण भएको छ।
नेपाल ४ खेलमा अंकविहीन रहँदै समूहको पुछारमा छ। ९ अंक रहेको बहराइन दोस्रो स्थानमा छ।
कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र मधेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।
मन्त्रालयले गौतमश्री सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई पत्राचारसमेत गरेको छ।
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई अंगरक्षकलाई तत्काल थुनामुक्त गर्न आदेश गरेको छ।
विशेष अदालत काठमाडौँले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित ६ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
श्रीमान् र विदेशमा रहेका छोराछोरीले पढाइमा साथ दिएपछि उमेरको पर्बाह नगरी विद्यालय आएको सुनाउँदै ५२ वर्षीया शोभा राईले पहिला कुरा काट्नेहरूले अहिले प्रशंसा गर्न थालेको बताइन्।
अहिले आमनागरिकमा दुर्व्यवहारका घटना हुनासाथ प्रहरीलाई खबर गर्ने र सूचना दिने बानीको विकास भएको छ।
आयरल्यान्ड उल्भ्सविरुद्धको दुई खेलको टी२० शृंखला नेपालले जितेको छ।
मालवाहक पानीजहाज ठोकिएर अमेरिकी शहर बाल्टिमोरको फ्रान्सिस स्कट कि ब्रिज (पुल)मा क्षति पुगेको छ।
डोल्टी पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने धौलागिरि लघुवित्तको शेयर मूल्य ९.३५ प्रतिशतले घटेको छ।
गृहमन्त्री रवि लामिछानेले यात्रुहरूलाई विमानस्थलमा अनावश्यक दुःख, कष्ट, हैरानी दिने प्रवृत्ति तत्काल रोक्न आग्रह गरेका छन्।
फ्लोरिडा राज्यका गभर्नरले १४ वर्षमुनिका बालबालिकालाई आफ्नै सामाजिक सञ्जाल खाता राख्नबाट प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन्।
मुसिकोट नगरपालिकाको बडीगाढ खोलामा दुई पटकसम्म ढलान गर्दैगर्दाको पुल भाँचिएपछि हाल डिजाइन परिवर्तन गरी तेस्रो पटक निर्माण शुरू गरिएको छ।
अर्थमन्त्री पुनले पूर्वाधार विकाससहित जलविद्युत्, पर्यटन र सूचना प्रविधिजस्ता तुलनात्मक लाभका क्षेत्रमा लगानी गर्न एआईआईबीको टोलीलाई आग्रह गरे।