बैठकमा आगामी पाँच वर्षका लागि नेपाल र बैंकबीचको साझेदारी खाका निर्माण एवं माथिल्लो अरुण जलविद्युत र दूधकोशी जलासययुक्त आयोजना अगाडि बढाउने विषयमा छलफल भएको थियो।
सुपारी बिक्री तथा बजारीकरणमा समस्या नभएको किसानले बताएका छन्। व्यापारीले बगानमा नै आएर प्रतिकिलो ३० देखि ५० रुपैयाँसम्ममा खरिद गरेर लैजाने गरेका छन्।
मिटरब्याज पीडितसँग सरकारले फागुन २९ मा चार बुँदे सहमति गरेको थियो। जसको पहिलो बुँदामै समस्या समाधानका लागि जाँचबुझ आयोग गठन गर्ने उल्लेख छ।
अस्पतालमा प्रत्यारोपण सेवा शुरू भएको २० महिनापछि पहिलो पटक आफ्नै जनशक्तिबाट प्रत्यारोपण गरिएको हो।
बिहीबार अफगानिस्तानको कान्दाहारस्थित एक बैंकमा आत्मघाती बम विस्फोट भएको छ। सरकारी कर्मचारी लाइनमा उभिरहेको बेला विस्फोट भएको हो।
दिउँसो, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल ५–० ले पराजित भएको हो। खेलमा बहराइनले तीन गोल पहिलो हाफमा गरेको थियो।
आम आदमी पार्टीका नेता तथा दिल्लीका मन्त्री आतिशीले केजरीवालको गिरफ्तारी खारेज गर्न सर्वोच्च अदालतमा निवेदन दिइएको र तत्काल सुनुवाइको माग गरेको बताए।
मन्त्रालयले बिहीबार बेलका जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण र सामाजिक सञ्जालसँग सम्बन्धित दुवै बुँदा हटाइ परिपत्र गरिएको जनाइएको छ।
सरकारले आफ्नो दलको बैंक खाता रोक्का गरेका कारण प्रचारप्रसारका लागि पैसा अभाव भएको भारतीय कांग्रेसका नेताहरूले बताएका छन्।
बयान सकिएसँगै उनलाई पुनः नर्भिक अस्पतालमै भर्ना गरिएको सीआईबीले जानकारी दिएको छ।
बैतडीमा कोदालो प्रहारबाट गम्भीर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ। दुई घाइतेको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।
राजधानी किभलक्षित रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा १७ जना घाइते भएको युक्रेनका सरकारी अधिकारीले जनाएका छन्।
ठमेल र दरबारमार्गजस्ता पर्यटकीय क्षेत्र चुस्त हुँदै २४ घण्टा सञ्चालन हुन सके सरकारको पर्यटक बढाउने लक्ष्य पूरा हुनसक्ने व्यवसायीको धारणा छ।
लामो समयपछि भएको वर्षाले देशका विभिन्न वन क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ भने किसानलाई राहत मिलेको छ।
न्युरोलिंकले आफ्नो सफलता देखाउने भिडियो साझा गरेको छ, जसमा एक व्यक्तिले सोचेकै भरमा (हातको प्रयोग नगरेरै) अनलाइन चेस खेलिरहेका छन्।
बिहीबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनका तुलनामा बढेको छ।
आयोगले समाजमा कायम विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकलाई अनुरोध गरेको छ।
अख्तियारले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौँ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौँका शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अर्थमन्त्री पुनले गत आर्थिक वर्षमा नेपालबाट ७६ अर्ब रुपैयाँ बराबरको सफ्टवेयर निर्यात भएको उल्लेख गर्दै आगामी पाँच वर्षमा नेपालले पाँच खर्ब रुपैयाँ बराबरको सफ्टवेयर निर्यात गर्नसक्ने दाबी गरे।