AnonymousUser

Logout

एशियाकै सबैभन्दा धेरै अर्बपति बस्ने शहर बन्यो मुम्बई

चीनको राजधानी बेइजिङलाई पछि पार्दै मुम्बई पहिलो पटक एशियाकै अर्बपतिको राजधानी बनेको छ।

चोभार सुक्खा बन्दरगाहमा व्यावसायिक गतिविधि बढ्दै

काठमाडाैँको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको दुई वर्षपछि केही चहलपहल देखिन थालेको छ।

भिसा सकिएपछि पनि नेपालमा बस्दै आएका ५ बांग्लादेशी नागरिक पक्राउ

भिसा अवधि समाप्तपश्चात् गैरकानूनी तवरले नेपालमा बसिरहेका उनीहरूलाई पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गरेको छ।

महानगरको बजेटबाट वडा सदस्यको घर वरपर सीसी क्यामरा, विवादपछि रोकियो काम

महानगरपालिकाको बजेटबाट किनिएका सीसीटीभी क्यामरा काठमाडौँ–१६ कि वडा सदस्य शारदा सुवेदीको घर वरपर राखिएको भन्दै स्थानीयले विरोध गरेपछि काम रोकिएको छ। जडान भइसकेका दुई वटा क्यामरा पनि निकालिएको छ।

समृद्ध तराई–मधेश सिँचाइ विशेष कार्यक्रम सञ्चालनमा

भूमिगत जलस्रोतबाट खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले डिप-ट्युबेलका लागि किसानबाट निवेदन माग गरिनेछ।

कर्णालीका ५ जिल्लामा पोषणयुक्त चामल बिक्री शुरू

भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिलाइ एक्स्टुजन मेसिनबाट चामलको जस्तै आकार र रङ हुने गरी पोषणयुक्त चामल उत्पादन गरिन्छ।

२३ जना प्रहरी कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन

​​​​​​​प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ।

टी–२० अभ्यास खेलअन्तर्गत नेपाल र आयरल्यान्ड ‘ए’बीचको अन्तिम खेल आज  

दुई खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ। सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड उल्भ्सलाई पराजित गरेको थियो।

गाजामा तत्काल युद्धविरामको प्रस्ताव पारित भएसँगै अमेरिकासँग इजरायल आक्रोशित

इजरायल अमेरिकासँग रिसाउनुकाे कारण गाजामा युद्धविरामको प्रस्ताव मतदानमा अमेरिकाको गैरभिटो हो।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

अहिले कोशी, मधेश तथा बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भैरहेको छ।

आईपीएल: बेंग्लोरसँग पन्जाब ४ विकेटले पराजित

पन्जाबले दिएको १७७ रनको लक्ष्य बैंग्लोरले ४ बल बाँकी छँदै पूरा गर्‍यो। बैंग्लोरका लागि विराट कोहलीले सर्वाधिक ७७ रन बनाए।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद‍्बाट गाजामा युद्धविरामको प्रस्ताव पारित

प्रस्तावमा इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानमा तत्काल युद्धविराम गर्न र बन्धक बनाइएका सबैलाई रिहा गर्न माग गरिएको बताइएको छ।

असिनापानीले म्याग्दीमा हिउँदे बालीमा क्षति

असिनापानीले हिउँदेबालीमा क्षति पुर्‍याएपछि स्थानीय तह र कृषि ज्ञान केन्द्रले क्षतिको विवरण संकलनको तयारी थालेका छन्।

टीकापुरको एकतानगर शिविरमा गर्मी शुरू भएसँगै त्रास

शिविर बस्तीमा सुकेका रूख छन्। गर्मी मौसममा आउने हावाहुरीले सुकेका रूख ढल्ने र घरमाथि खसेर यसभन्दा अगाडि कैयौँ धनजनको क्षति भइसकेको छ। 

धरहराभन्दा अग्लो ‘दमक टावर’ : दृश्यमा झुपडी र खेत, न भाडा न व्यापार

दमकको मुख्य चोकबाट ६ किमि उत्तरपूर्वमा बनाइएको १८ तले भ्यु टावरबाट आसपासका झुपडी, खेत र खोलाको बगर मात्र देखिन्छ। ग्रामीण क्षेत्रमा बनाइएको यो भवन तत्काल व्यापारिक रूपमा प्रयोग गर्न पनि मुस्किल छ।

‘स्पट फिक्सिङ’को मुद्दामा मोहमद आदिलसहित ५ जनालाई सफाइ

काठमाडौँ जिल्ला अदालतले खेलमा मिलेमतो तथा अनियमिततासम्बन्धी मुद्दामा मोहमद आदिल बलमसहित पाँच जनालाई सफाइ दिएको छ।

शिक्षा मन्त्रालयले स्थानीय तहलाई भन्यो– विद्यालय शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्नू

शिक्षा मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका शुल्क नलिन र निजी विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहहरूलाई आग्रह गरेको छ।

बीएन्डसी मेडिकल कलेजबारे दुर्गा प्रसाईंको पक्षमा सर्वोच्चको फैसला

सर्वोच्च अदालतले बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने माग गर्दै परेको रिटको पक्षमा फैसला गरेको छ।

आधा आम्दानी घटाएर निजी कम्पनीलाई ‘डेविज फल्स’ सुम्पिने सम्झौताले पोखरा महानगर र स्कुलबीच तन्काउँदैछ द्वन्द्व

छोरेपाटन माविले 'डेविज फल्स'को आम्दानीबाट वर्षमा ४ करोड रुपैयाँभन्दा बढी पाउँदै आएको छ। महानगरले विद्यालयलाई ३ करोड मात्र दिने गरी निजी कम्पनीलाई २ करोडमै जिम्मा लगाएपछि विवाद बढेको हो। 

आयरल्यान्ड उल्भ्सविरुद्ध नेपाल ६ विकेटले विजयी

आयरल्यान्ड उल्भ्स टी२० शृंखलाको पहिलो खेलमा नेपाली टिमसँग ६ विकेटले पराजित भएको छ।