AnonymousUser

Logout

काठमाडौँ महानगरले गरिब घरपरिवारको तथ्यांक संकलन गर्ने

काठमाडौँ महानगरपालिकाले यही चैत २५ गतेदेखि ‘गरिब घरपरिबार पहिचान तथा परिचयपत्र वितरण’ कार्यक्रमका लागि तथ्यांक संकलन गर्ने भएको छ।

झापाको ‘किच्चकबध’स्थल २२ सय वर्ष पुरानो प्रमाणित

धातुका भाँडावर्तन, गहना र इँटा संकलन गरेर कार्बन परीक्षण गर्दा किच्चकबधस्थल इशापूर्व १२० देखि दुई सय वर्ष पुरानो प्रमाणित भएको प्रसिद्ध पुरातत्त्वविद् उद्धव आचार्यले बताएका छन्।

अपांगता भएकाहरूको होली : कोही बसेरै रमाए, उठ्न सक्ने नाचेर (तस्वीरहरू)

आपसी शत्रुता भुलाई रङ छ्यापाछ्याप गर्ने यो पर्वले अपांगता भएकाहरूमा पनि उस्तै उमंग भरिदियो। जोरपाटीस्थित नेपाल अपांग संघ, खगेन्द्र नवजीवन केन्द्रका अपांगता भएकाहरूले एकापसमा रङ दलेर खुशियाली साटे।

काठमाडौँ उपत्यकामा २४१ चालक कारबाहीमा

प्रहरीका अनुसार लाइसेन्स नबोक्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने लगायतका कसुरमा चालक कारबाहीमा परेका हुन्।

इलाममा सुहाङ र बझाङमा दमनलाई उम्मेदवार बनाउने  एमालेको निर्णय

सत्तारुढ दल नेकपा एमालेले इलाम– २ बाट सुहाङ नेम्वाङ र बझाङ प्रदेशसभा– १ बाट दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

नुवाकोटका १२ वटै पालिकाका वनमा डढेलो

जिल्लाका २८ सामुदायिक र राष्ट्रिय वनमा लागेको डढेलोबाट करिब दुई हजार रोपनी क्षेत्रमा क्षति पुगेको प्रारम्भिक अध्ययनमा पाइएको डिभिजन वन कार्यालयले जनाएको छ।

होलीमा विशेष सुरक्षा योजना: उपत्यकामा ड्रोनबाट निगरानी

युवायुवती स्वतःस्फूर्त सडकमा निस्केर एकापसमा रङ र अबिर साटासाट गरी रमाइलो गरिरहेका छन्। तर विगतमा जस्तो जबरजस्ती अपरिचित व्यक्तिलाई लोला हान्ने गतिविधि गरेका छैनन्।  

आयरल्यान्ड ‘ए’सँग टी२० र एकदिवसीय खेल्ने नेपाली टोलीको घोषणा

क्यानले आइतबार विनोद भण्डारीको कप्तानीमा टी२० र ओडीआईका लागि छुट्टाछुट्टै टिमको घोषणा गरेको छ।

विश्व क्षयरोग दिवस: संक्रमण र मृत्युदर दुवै बढ्यो

विश्व स्वास्थ्य संगठनले नेपाललाई क्षयरोग जोखिमको ३० देशभित्र राखेको छ। नेपालमा २०७९/८० मा ३७ हजार ४४७ जना क्षयरोगी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

महिला चिकित्सकसँग खुल्न थाले बझाङका महिला

चेतनाको अभावमा महिलाले रोग पालेको डा. कविता साहले बताइन्। अस्पतालमा आउने ८० प्रतिशत महिलाले आफ्नो समस्या कसैलाई नसुनाउने गरेको पाइएको उनको भनाइ छ।

यस्तो रहनेछ आइतबारको मौसम

दिउँसो, कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ। 

हुम्लाको अदानचुली जिप दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

अदानचुली गाउँपालिका–४ मा भएको जिप दुर्घटनामा परी दुई जनाको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए।

दाङमा तार चुँडिएर करेन्ट लाग्दा एकै घरका ३ जनाको मृत्यु

हाइटेन्सन लाइनको तार चुँडिएर घरको आँगनमा पुग्दा उनीहरूलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

मस्को आक्रमणमा ज्यान गुमाउनेको संख्या ११५ पुग्यो, विश्वभरबाट निन्दा

पुटिनले शत्रुहरूले आफूहरूलाई ‘विभाजित गर्न नसक्ने’ बताए। उनले आक्रमणमा संलग्न सबैको पहिचान गरी कारबाही गरिने प्रतिबद्धतासमेत जनाए।

हुम्लाको अदानचुलीमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ घाइते

हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका–४ मा शनिबार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

मधेश प्रदेश मन्त्रिपरिषद् विस्तार, एमालेबाट थपिए ४ मन्त्री

तीन मन्त्री र एक राज्यमन्त्री थपिएसँगै मधेश प्रदेश मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ।

८ महिनामा ६ खर्ब ६३ अर्ब आम्दानी हुँदा ८ खर्ब १ अर्ब खर्च

चालु आर्थिक वर्षको आठ महिनामा वार्षिक लक्ष्यको आधा जति पनि राजस्व उठ्न नसकेको अवस्थामा बाँकी चार महिनाको अवधिमा उठ्ने राजस्वले कसरी वार्षिक लक्ष्य प्राप्ति हुन्छ भन्ने प्रश्न उठेको छ।

‘विद्यालय शिक्षा विधेयक’मा सबैभन्दा बढी संशोधन प्रस्ताव

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमला कतिपय प्रस्ताव संविधानमा रहेका तीन तहका सरकारका कार्यक्षेत्रसँग बाझिने किसिमका भएकाले पनि समितिले यति धेरै संशोधनलाई छिट्टै पार लगाउन कठिन हुने बताउँछन्। 

मकवानपुरमा ज्वरोका बिरामी बढे

केही बिरामीलाई थप उपचारका लागि हेटौँडा अस्पताल र चितवनका अस्पतालमा पठाउने गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

२७ प्रतिशतमा मात्रै गुणस्तरीय पानीको पहुँच

जनचेतनाको अभावका कारण पानी ‘फिल्टर’ नगर्ने, शुद्धीकरण नगरी पिउनेलगायत कारणले जनस्वास्थ्यमा गम्भीर असर पुगेको चिकित्सकले बताउँदै आएका छन्।