AnonymousUser

Logout

उपत्यकामा होलीलक्षित सुरक्षा योजना: ९० स्थानमा जाँच, ९०० ट्राफिक प्रहरी परिचालन

होलीमा अनावश्यक हर्न बजाउने, नियमविपरीत सवारीसाधन चलाउने, हेलमेट नलगाउने, तीव्र गतिमा मोटरसाइकल हाँक्नेमाथि विशेष कडाइका साथ कारबाही गरिने बताइएको छ।

तान्द्राङ खोलामा पुल बन्यो, ४ गाउँपालिकाका स्थानीय लाभान्वित 

पुल निर्माण भएपछि गोरखाको भीमसेनथापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका धादिङका नागरिकलाई सहज भएको छ।

बझाङमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ घाइते

शुक्रबार राति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ पर्दा स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको छ।

आईएसले लियो मस्कोमा भएको आतंकवादी हमलाको जिम्मा

मस्कोस्थित क्रोकस सिटी हलमा शुक्रबार राति भएको हमलामा ६० जनाको मृत्यु भएको छ भने १४५ भन्दा बढी घाइते भएका छन्।

कोशी, मधेश, बागमती र गण्डकीमा वर्षाको सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, मधेश र गण्डकीका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आईपीएलको उद्घाटन खेलमा चेन्नई विजयी

उद्घाटन समारोहपछि भएको खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ। चेन्नईले रोयल च्यालेञ्जर बैंग्लोरलाई ६ विकेटले पराजित गरेको हो। 

चौधरी ग्रुपले हडपेको बाँसबारीको जग्गा फिर्ता: के भयो, अब के हुन्छ?

१७ महिनाअघि उकालोमा फेहरिस्त उजागर भएसँगै चौधरी ग्रुपले हडपेको १० रोपनी सरकारी जग्गा फिर्ता ल्याउन अघि बढेको प्रक्रिया टुंगोमा पुगेको छ। तर यो प्रकरण टुंगिन बाँकी नै छ।

वैदेशिक रोजगारीको नाममा काठमाडौँ ल्याई बन्धक बनाइएका ४ बांग्लादेशी नागरिकको उद्धार

प्रहरीले वैदेशिक रोजगारका लागि क्यानडा, इटालीलगायतका देशमा पठाइदिने प्रलोभनमा पारी नेपाल ल्याई बन्धक बनाएका चार बांग्लादेशी नागरिकको उद्धार गरेको छ भने उक्त अपराधमा संलग्न चार जनालाई पक्राउ गरे छ।

गाजामा युद्धविरामसम्बन्धी अमेरिकी प्रस्तावमा रुस र चीनको भिटो

राष्ट्रसंघीय सुरक्षा परिषद्मा गाजामा युद्धविरामसम्बन्धी अमेरिकी नेतृत्वको प्रस्तावलाई रुस र चीनले भिटो लगाएका छन्।

‘राष्ट्र बैंकमार्फत सहकारीलाई पुनर्कर्जा दिने सत्ता गठबन्धनको संकल्प वित्तीय क्षेत्रका लागि जोखिमपूर्ण’

सत्ता गठबन्धनले सहकारी संस्थाको सम्पत्ति धितो राखेर पुनर्कर्जा दिन गरेको संकल्प राष्ट्र बैंकको क्षेत्राधिकारमै नपर्ने र यसले समग्र वित्तीय प्रणालीमै जोखिम निम्त्याउन सक्ने विज्ञहरूले बताएका छन्।

भूमि आयोग विघटन गर्ने सरकारको निर्णय, एक सातामा अर्को गठन हुने

सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपयोग गर्ने ग्राहकको विद्युत् महसुलसम्बन्धी विवाद निरूपण गर्न रायसहित प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको म्याद यही चैत २५ गतेसम्म थप गरेको छ।

सरकारले गठन गर्‍यो मिटरब्याजको समस्याबारे जाँचबुझ गर्न अर्को आयोग

सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधानबारे अध्ययनका लागि उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्की नेतृत्वको तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।

सरकारको नाममा ल्याइयो चौधरी ग्रुपले हडपेको बाँसबारीको १० रोपनी जग्गा

चौधरी ग्रुपले हडपेको तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ।

गृहमन्त्रीविरुद्ध संसदीय छानबिन आवश्यक छैन : सरकारका प्रवक्ता

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शर्माले गृहमन्त्री लामिछानेविरुद्ध कुनै आधार र प्रमाण नदेखिएकाले संसदीय समितिको आवश्यकता नरहेको सरकारको धारणा रहेको बताइन्।

ब्रिटिस गोर्खा भूपूसैनिकले फैसला कार्यान्वयनका लागि आन्दोलन गर्ने

ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठनले सर्वोच्च अदालतले सरकारका नाममा जारी गरेको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको भन्दै देशका मुख्य शहरकेन्द्रित आन्दोलन गर्ने चेतावनी दिएको छ।

बेनी–जोमसोम खण्ड: पहिरो नियन्त्रण गर्न बजेट अभाव

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले म्याग्दीको राहुघाटबाट मुस्ताङको घाँसा खण्डमा १४ वटा पहिरोले करिब पाँच किलोमिटर सडक जोखिममा रहेको जानकारी दिए।

न्याय क्षेत्रमा महिलाको समान नेतृत्वदायी भूमिका अपरिहार्य : प्रधानन्यायाधीश

प्रधानन्यायाधीश श्रेष्ठले न्याय, समानता र विधिको शासन प्रत्याभूतिका लागि महिलाको समान प्रतिनिधित्व र नेतृत्वदायी भूमिका अपरिहार्य रहेको बताएका छन्।

हाजिरी जमानीमा छुटे कृष्णबहादुर महरा

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई बयान सकिएपछि कान्छो छोरा निर्मल महराको जिम्मामा छाडिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए।

मन्त्री आवास निर्माणपछि हराउँदै मगर गाउँको परिचय

एकीकरण अभियानमा महत्वपूर्ण सहयोग गरेका मगर जातिलाई उपत्यका छिर्ने गौँडा कुर्न विभिन्न स्थानमा जग्गा दिइ बसोबास गराउने क्रममा भैँसेपाटीमा ५०० रोपनी जग्गा दिइएको शिलालेखमा उल्लेख छ। 

विश्व पानी दिवस: खानेपानीको सास्ती उस्तै

उपत्यकावासीलाई सतहमुनिको पानीले सहजता दिलाएको छ। तर सतहमुनिको पानी पनि सुक्दै गइरहेको छ। यसले जमिनसमेत भासिने खतरा बढाएको छ।