AnonymousUser

Logout

रनको वर्षा भएको खेलमा हैदराबादसँग मुम्बई पराजित

राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनायो। जुन आईपीएल इतिहासकै उच्च योगफल हो। 

विश्वभर एक दिनमा एक अर्ब डलर बराबरको खाना खेर जान्छ: रिपोर्ट

करिब ८० करोड मानिस भोकै बसेको यस्तो समयमा घर र व्यवसायहरूले १० खर्ब डलरभन्दा धेरै मूल्यको खाना थन्क्याएर राखेको राष्ट्रसंघको पछिल्लो 'फुड वेस्ट इन्डेक्स रिपोर्ट'मा उल्लेख छ।

इजरायलको कृषि क्षेत्रमा म्यानपावरमार्फत श्रमिक पठाउन रोक

म्यानपावर कम्पनीमार्फत इजरायलको कृषि क्षेत्रमा श्रमिक पठाउन भइरहेको भर्ना प्रक्रियालाई सरकारले तत्कालको लागि स्थगित गरेको छ।

मनसुनभन्दा अघि नै भूकम्प पीडितलाई राहत सामग्री वितरण गरिने

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्रीले मनसुन शुरू हुनु अगावै राहत वितरण गरिने बताएका हुन्।

मुगुमा जिप दुर्घटना: २ जनाको मृत्यु, ४ घाइते

दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी नै दुर्घटनाको जोखिममा, पाँच वर्षमा ४ को मृत्यु १८२ घाइते

अत्यधिक सवारी साधनको चापले व्यस्त सडकको बीचमा उभिएर ड्युटी गर्ने प्रहरी स्वयं असुरक्षित बन्दै गएपछि ट्राफिक व्यवस्थापनको परम्परागत तरिकालाई प्रविधिले विस्थापन गर्नुपर्ने आवाज उठेको छ।

उत्पादन र रोजगारकेन्द्रित बजेटको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

सिंहदरबारमा आयोजित बजेटको स्रोत अनुमानसम्बन्धी बैठकमा प्रधानमन्त्रीले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगारकेन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएका हुन्। 

बालबालिकामा हुने क्यान्सरको लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति

नेपालमा हरेक वर्ष करिब नौ सय बालबालिकामा क्यान्सर पहिचान हुने गरेको छ। यसबाट हुने मृत्युदर पनि बढ्दै गएको छ

सामाजिक सञ्जाल र सञ्चारमाध्यमको दुरुपयोगले सद्भाव बिथोलियोः गृहमन्त्रालय

गृहसचिव एकनारायण अर्यालले बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा देशको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिँदै यस्तो बताएका हुन्।

गुजरात टाइटन्सले जानाजान सुस्त गतिमा खेलेको भन्दै कप्तान गिललाई १२ लाख भारु जरिबाना

आचारसंहिताविपरीत खेलेको भन्दै टिमका कप्तान गिलले न्यूनतम जरिबाना तिर्नुपर्ने आईपीएलले जनाएको छ।

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका २ जनाको मृत्यु, १०० भन्दा बढी अस्पतालमा भर्ना

जापानी औषधि निर्माता कम्पनी कोबायासी फर्मास्युटिकल्सले ग्राहकको मृगौलासम्बन्धी गुनासोपछि बजारबाट उक्त औषधि फिर्ता गरेको थियो।

पलायन हुँदै अनुभवी शेर्पा गाइड, आरोहणको सिजनमा अभाव

हिमाल आरोहणमा पथप्रदर्शन गर्दै आएका शेर्पा गाइडहरूले धमाधम देश/पेसा छोड्न थालेपछि पर्वतारोहण क्षेत्रमा काम गर्ने कम्पनीहरूले अनुभवी पथप्रदर्शकको अभाव झेलिरहेका छन्।

अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन

अनलाइन फार्मेसी सञ्चालन गरेको पाइएमा कानूनअनुसार कारबाही गरिने विभागले जनाएको छ।

नेप्सेमा १०.८३ अंकको गिरावट, कारोबार घट्यो

बुधबार कारोबार रकम २ अर्ब २३ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ। यो हिजोको तुलनामा १२ करोड रुपैयाँले घटेको हो। 

ठमेल चौबिसै घण्टा खुलाउनेबारे व्यवसायी र घरधनीसँग छलफल

हाल ठमेलभित्र १० हजारभन्दा बढी व्यवसायी र दुई हजारको हाराहारीमा घरधनी छन्।

त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद

कतार एअरबाट दोहा हुँदै लन्डन लैजान लागिएको 'एआरए एमईएक्स' कुरियरको १८ वटा फोटो फ्रेमभित्र लुकाइछिपाई ल्याइएको अवस्थामा उक्त परिमाणको चरेस बरामद गरिएको हो।

चिसापानीदेखि गड्डाचौकीसम्मका १४ पुल मर्मत हुँदै

वि.स. २०५० अघिका दुई र ५० को दशकपछिका १२ गरी १४ वटा राजमार्गमा पर्ने जीर्ण पुल मर्मत भइरहेको महेन्द्रनगरस्थित महाकाली पुल योजना कार्यालयले जनाएको छ।

विमानस्थलबाट बिदेसिएको देख्नेले सिमानाबाट बाहिरिनेको लस्कर किन नदेखेकोः श्रममन्त्री

उनले काठमाडौँमा बसेर नेतृत्व गर्ने र सिंहदरबारमा बसेर फाइलहरू बनाउँदै गर्दा भूगोललाई भने बुझ्न नसकेको धारणा राखे।

एसईईको तयारी पूरा, ५ लाखभन्दा बढी परीक्षार्थी सहभागी हुँदै

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुनेछन्। 

दुर्गा प्रसाईंका सुरक्षा गार्डको हतियारबारे छानबिन गर्न माग

कुनै पनि नागरिकले आफ्नो सुरक्षाका लागि हतियार बोक्नुपर्ने अवस्था आउन नदिन गृह मन्त्रालयले सुरक्षा प्रबन्ध गर्नुपर्ने एमाले सांसद रघुजी पन्तले बताएका छन्।