फेकोफनले डढेलोबाट घाइते हुनेहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन माग गरेको छ।
अस्पताल निर्माणको कुल लागत भ्याटबाहेक १० करोड १३ लाख ८३ हजार रुपैयाँ रहेको छ। हालसम्म निर्माण कम्पनीले ९१ लाख रुपैयाँ भुक्तानी लगेको गाउँपालिकाले जनाएको छ।
ब्युरोका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उपत्यकाका विभिन्न क्षेत्रबाट पछिल्लो १० दिनको कारबाही अभियानमा उनीहरू पक्राउ परेका हुन्।
अघिल्लो वर्षको तुलनामा आन्तरिक माग बढ्नुका साथै, जलविद्युत्को उत्पादन बढेको र पर्यटन क्षेत्रमा सुधार आउँदा आर्थिक क्रियाकलाप बढ्दै गएको एडीबीले जनाएको छ।
हिमाल आरोहणका क्रममा दुर्घटना हुँदा ‘लोकेसन ट्रेस’मा ढिलाइ भएर समयमा नै उद्धार हुन नसक्ने घटनालाई न्यूनीकरण गर्न पथप्रदर्शक र आरोहीले चिप्स बोक्नुपर्ने व्यवस्थालाई यो वर्षदेखि अनिवार्य गरिएको छ।
गौश्वारामा सात वर्षअघि गोल्डेन जातको चियाका पाँच हजार बिरुवा परीक्षणको रूपमा लगाइएको थियो। तिनै बिरुवा हुर्केर अहिले सो क्षेत्र चियाको वनमा रूपान्तरण भएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ‘फ्ल्यास रिपोर्ट, २०७९’ अनुसार नेपालमा पूर्वप्राथमिक तहको कूल भर्नादर ९४.९ प्रतिशत छ।
पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको खेलमा बार्सिलोना ३–२ ले विजयी भएको हो।
दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ।
मानव बेचबिखन तथा ओसारपसारको आरोपमा रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घले पक्राउ परेका छन्।
पछिल्लो समय नेपालीहरूको नयाँ रोजगार गन्तव्य बन्दै गएको युरोपमा अनियमित आप्रवासन बढीरहेको छ। यसैलाई सुधारका लागि युरोपेली संसद्ले बुधबार मतदान गरेको छ।
नेपाल वन प्राविधिक संघले वन ढडेलो संकट घोषणा गर्न सरकारसमक्ष माग गरेको छ।
अदालतले मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ।
अपराध नियन्त्रण र शान्ति सुरक्षा बहालीका लागि प्रहरीलाई सूचना संकलनमा नभई नहुने कुरा हो, सादा पोसाकमा खटिने जनशक्ति। तर प्रहरीका हाकिमदेखि गृहमन्त्रीहरूले वर्षौंदेखि यसलाई मजाक बनाइरहेका छन्, कसरी?
प्रतियोगिता 'नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ'को आयोजनामा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार सम्पन्न भएको हो।
संयुक्त राष्ट्रसंघको स्वास्थ्य एजेन्सीका महानिर्देशक डा. गेब्रेयससले प्रतिवेदनले विचलित पार्ने चित्र देखाएको बताएका छन्।
एमालेकी सांसद बिमला घिमिरेको पक्षमा ३९ सांसदहरूले मतदान गरेका थिए भने विपक्षमा १६ मत परेको थियो।
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन शुरू हुने मन्त्रालयले जनाएको छ।
काठमाडाैँ महानगरको श्रम बैंकबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर नदीको सफाइ थालिएको हो।
अवैधरूपमा हुने चोरी निकासी कारोबारीमा कडाइ गरेपछि भन्सार राजस्वमासमेत वृद्धि भएको छ।