AnonymousUser

Logout

हुम्लामा भेडीगोठको आगलागीमा परेर १ जनाको मृत्यु

हावाहुरीका कारण आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए।

राष्ट्रियसभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत

सांसदले संकल्प प्रस्तावको समर्थनसहित जनताको बाँच्न पाउने अधिकार संविधानको मौलिक हकअन्तर्गत रहेकाले यसको सुनिश्चितताका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गरे।

पाकिस्तानमा लुटपाट: १९ जनाको मृत्यु, ५५ घाइते

लुटपाटको प्रतिरोध गर्दा १९ जनाको मृत्यु भएको छ। ५५ जना घाइते छन्। यस वर्ष कराँचीमा लुटपाटसम्बन्धी घटनामा ५६ जनाको मृत्यु भएको छ।

इलाममा शुरू भयो ‘अन्तु पर्यटन महोत्सव’

अन्तुडाँडाबाट सूर्योदय अवलोकन, शुभकामना आदानप्रदान, लाप्चा जातिको वेशभूषा प्रदर्शन, सांस्कृतिक झाँकी प्रदर्शन, सांगीतिक कार्यक्रम, खाद्य परिकारका स्टललगायत महोत्सवका आकर्षण रहेका छन्।

वर्षको अन्तिम दिन प्रतितोला २ हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ३९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार एक लाख ३६ हजार ६०० रुपैयाँ थियो। 

ब्राजिलमा वार्षिक २० मिलियन टन खाद्य फोहोर, खाना नफाल्न आह्वान

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) ले हालै सार्वजनिक गरेको खाद्य असुरक्षा सूचकांक प्रतिवेदनअनुसार विश्वभर ७८ करोड ३० लाख मानिसले पर्याप्त खाना पाउन सकेका छैनन्।

धराशायी बन्दै हेटौँडाका उद्योग, भाडा तिर्न नै समस्या हुन थालेको गुनासो

हेटौँडा औद्योगिक क्षेत्रमा हाल ११५ उद्योग सञ्चालनमा छन्। ती उद्योग अहिले ४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन्।

डोल्पा डढेलोमा घाइते बालकको मृत्यु

जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको छ। बाँकी दुई जना घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ।

गोरखाको रुन्चेतगाउँ पुग्न भिर खोपेर झोलुंगे पुल बनाइँदै

पुल नहुँदा अहिले रुन्चेतगाउँका बासिन्दाले माछीखोला पारि भिरको बाटो प्रयोग गर्दै आएका छन्। पुल निर्माण भएपछि त्यस क्षेत्रका करिब ३०० भन्दा बढी परिवार लाभान्वित हुनेछन्। 

आईपीएल: बेंगलुरुमाथि मुम्बईको सानदार जित

घरेलु टोली मुम्बईले जितका लागि पाएको १९७ रनको लक्ष्य १५.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

कोशी, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

डोल्पामा आगलागीबाट ३ बालबालिका घाइते

उनीहरूको डोल्पामा उपचार सम्भव नभएकाले काठमाडौँ लैजानुपर्ने जिल्ला अस्पतालले जनाएको छ। 

भगवानबहाल क्षेत्रबाहेक ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले रोजगारी सिर्जना गर्दै व्यवसायलाई चलायमान बनाउनका लागि वैशाख १ गतेदेखि ठमेल र दरबारमार्गलाई २४सै घण्टा सञ्चालन गर्न लागेको बताए।

भियतनामी अर्बपति ट्रुओङलाई ठगी मुद्दामा मृत्युदण्डको सजाय

ठगी मुद्दामा रियल स्टेट व्यवसायी ट्रुओङ माई लानलाई भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।

दक्षिण कोरियाको संसदीय निर्वाचनमा विपक्षी दललाई बहुमत

निर्वाचनमा प्रत्यक्ष तर्फका २५४ सिटमध्ये विपक्षी दल डीपीले १६१ सिटमा जित हासिल गरेको छ।

हावाहुरीले हवाई उडान प्रभावित

हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।

मकवानपुरका दुग्ध किसानले ४८ करोड भुक्तानी लिन बाँकी

संघका अध्यक्ष हरिप्रसाद कँडेलले दुग्ध उत्पादक किसानका समस्याप्रति बेवास्ता गर्ने सरकार र निजी दुग्ध उद्योगीविरुद्ध निर्णायक आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको बताए।

काठमाडौँ उपत्यकामा हावाहुरी र चट्याङसहित वर्षा

हावाहुरीले रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन्।

चट्याङबाट आठ वर्षमा ५०६ जनाको मृत्यु, असावधानीले जान्छ ज्यान (डेटा स्टोरी)

चट्याङ पर्नुअघि वायुमण्डलको हावा र बादलको अवस्थाबारे सूचना लिन तीन ठाउँ सुर्खेत, पाल्पा र उदयपुरमा ‘राडार’ राखिएको छ। चट्याङ परेको बेला घरबाहिर हुनेहरू बढी असुरक्षित हुन्छन्।

भारतको हरियाणामा स्कुल बस दुर्घटना हुँदा ६ विद्यार्थीको मृत्यु

भारतको हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा ६ विद्यार्थीको मृत्यु भएको छ।