AnonymousUser

Logout

झन्डै ११ अंकले घट्यो शेयरबजार, साढे तीन अर्ब पनि पुगेन कारोबार

यसअघि लगातार दुई दिन बढेको नेप्से बुधबार १०.७१ अंकले घटेर २०२५.३० विन्दुमा झरेको छ। 

पतञ्जलीले दोस्रो पटक मागेको माफी पनि सर्वोच्चद्वारा अस्वीकार, कारबाही गर्ने चेतावनी 

भ्रामक विज्ञापनको मुद्दामा रामदेव र पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक बालकृष्णले मागेको माफी अदालतले दोस्रो पटक पनि खारेज गरेको छ।

प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा वैशाख २ गतेसम्मलाई स्थगित

नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको सदन अवरोधका कारण बैठक ४ दिनका लागि स्थगित गरिएको हो।

बागमतीका नगरप्रमुख भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पाँच करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उपनिर्वाचनका लागि आचारसंहिता लागू

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न प्रतिनिधिसभाको इलाम– २ र बझाङको प्रदेशसभा (१) निर्वाचन क्षेत्रमा आचारसंहिता लागू भएको छ।

पहिरोले रित्तिदै म्याग्दीको चौरखानी गाउँ

गाउँको बीचमा पहिराले ठाडो चिरा बनाएको छ। खेतबारी र जंगल चिराचिरा परेको छ। यसअघि नै भूगर्भविद्को टोलीले चौरखानीमा बसोबासका लागि जोखिमयुक्त भएकाले बस्ती सार्न सिफारिस गरेको थियो।

नवलपरासीमा फस्टाउँदै तोरीखेती, खेती गर्ने किसान पनि बढे

बर्दघाट सुस्तापूर्वमा २०७९/८० भन्दा यस वर्ष तोरीखेती गर्ने क्षेत्रफल १० हेक्टर र उत्पादन ५१ मेट्रिक टनले वृद्धि भएको छ।

पाकिस्तानी सिनेटको अध्यक्षमा पूर्वप्रधानमन्त्री गिलानी निर्वाचित

पाकिस्तान पिपुल्स पार्टीको तर्फबाट निर्वाचित सांसद गिलानी सन् २००८ देखि २०१२ सम्म प्रधानमन्त्री बनेका थिए। 

१३२ केभी बुर्तिबाङ सबस्टेसनको काम असारभित्र

पश्चिम बागलुङलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न कपिलवस्तुको मोतिपुर– अर्घाखाँचीको सन्धिखर्क– गुल्मीको तम्घास–पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभी सबस्टेसन निर्माण भइरहेको छ।

दमकको लाइफलाइन अस्पतालको भवनमा आगलागी, २ करोडको क्षति

प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अस्पतालसहित अन्य तीन घरमा फैलिँदा दुई करोड रुपैयाँ बराबर क्षति भएको प्रहरीले जनाएको छ। 

च्याम्पियन्स लिग: म्यानचेस्टर सिटी र रियल मड्रिडको रोमाञ्चक बराबरी

मंगलबार राति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेल ३–३ को बराबरीमा सकिएको हो।

यस्तो रहनेछ बुधबारको मौसम

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। 

डढेलो निभाउने क्रममा घाइते भएका ३ सैनिकको मृत्यु

ठूलीभेरी नगरपालिका–४ स्थित मस्टा सामुदायिक वनको डढेलो नियन्त्रणमा लिने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको छ।

ह्विलचियर बास्केटबलको सेमिफाइनलमा पुगे २ विभागीयसहित ८ टोली

दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबलमा दुई विभागीयसहित आठ टोली सेमिफाइनलमा पुगेका छन्।

शक्तिशाली भूकम्पपछि इन्डोनेसियामा सुनामीको चेतावनी जारी

इन्डोनेसियाको पूर्वोत्तर मालुकु प्रान्तमा मंगलबार ६.५ म्याग्निच्युडको भूकम्प गएको छ। 

साझाले सञ्चालनमा ल्यायो १.१ मेगावाट क्षमताको चार्जिङ स्टेसन

साझा यातायातले ठूला विद्युतीय बस चार्ज गर्न चार्जिङ स्टेसन प्रयोगमा ल्याएसँगै आफूसँग रहेका सबै बिजुली बस पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने जनाएको छ।

सशस्त्र प्रहरीको गोदाममा आगलागीबारे छानबिन गर्न गृहले बनायो समिति

गृह मन्त्रालयले बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय भण्डारणमा सोमबार साँझ भएको आगलागीबारे छानबिन गर्न समिति गठन गरेको छ।

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्।

गण्डकीका मुख्यमन्त्रीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

रिट निवेदनमा एमाले नेता खगराज अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा गरिएको नियुक्ति उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गरिएको छ।

कावासोतीमा गैँडाको आक्रमणबाट १ जनाको मृत्यु

मंगलबार दिउँसो गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी महतोको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।