आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ।
सामान्य अंकको वृद्धि भएको नेप्से परिसूचकमा चार अर्बभन्दा बढीको कारोबार भएको छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) रामचन्द्र खतिवडाले पहुँचवाला सांसद र उनी निकटकालाई उन्मुक्ति दिएर पहुँच नपुग्ने सर्वसाधारणलाई मात्र कैद र जरिबानाको सजाय सुनाएका हुन्।
पकवादी कृषि सहकारी संस्थाको भवन निर्माण गर्न दिएको अनुदान दुरुपयोग गरेको आरोपमा अख्तियारले कृषि विकास निर्देशनालय, गण्डकीका तत्कालीन निमित्त प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
प्रदर्शनकारीले निषेधित क्षेत्र उल्लंघन गर्ने प्रयास गरेपछि सिंहदरबारअगाडि भद्रकाली सडकमा प्रहरीसँग झडप भएको हो।
कांग्रेस गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने मागबाट पछि नहटेपछि छलफल निष्कर्षमा पुग्न सकेको छैन।
घोडाघोडी नगरपालिका–१० का २७ वर्षीया श्रीमालु र २२ वर्षीया इन्द्रा चौधरी आफ्नै घरको धुरीमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।
न्यायाधीश श्रीमान्बाटै अन्यायमा परेकी आरती पाँच वर्षदेखि न्यायको खोजीमा थिइन्। गत बुधबार सर्वाेच्च अदालतले प्रतिवादीलाई थुनामा राखेर मुद्दा चलाउन आदेश दिएसँगै उनलाई न्याय पाउने आशा जागेको छ।
नैनीतालको बेतालघाट मल्लागाँउबाट टनकपुरतर्फ आइरहेको जिप मंगलबार बिहान दुर्घटना भएको हो। मृत्यु भएका सबै नेपाली नैनीताल क्षेत्रमा पानी सम्बन्धी परियोजना निर्माणमा मजदुरी गर्दै आएका थिए।
सोमबार प्रतितोला एक लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार एक लाख ३६ हजार ३०० रुपैयाँ पुगेको छ।
मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ।
सर्लाहीको लालबन्दी नगरपालिका–५ ढुमढुमेस्थित नगर अस्पतालमा चैत १ गतेदेखि सीएससहितको बर्थिङ सुविधा शुरू भएको हो। हालसम्म १२ जनाले यो सेवा लिएका छन्।
विद्युत् अवरुद्ध हुँदा पातारासी पालिकाका–४, ५ र ६ वडाका करिब ८०० घर विद्युत् सेवाबाट वञ्चित भएका छन्। गाउँपालिका, वडासहित अन्य सरकारी निकाय, बैंक तथा वित्तीय संस्थाको सेवा प्रभावित भएको छ।
मटिहानी बजारमा सञ्चालित भरत फर्निचर उद्योगमा आगलागी हुँदा ३५ लाख रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको हो।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाढीग्रस्त क्षेत्रको भ्रमण गर्ने कुनै योजना नभएको बताएपछि स्थानीय प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले आर्थिक सहयोगको माग गरेका छन्।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय गोदामघरमा भएको आगलागीबारे छानबिन गर्न एआईजी वंशीराज दाहालको अध्यक्षतामा नौ सदस्यीय छानबिन समिति गठन भएको छ।
नेपालले घरेलु मैदानमा वेस्टइन्डिज ‘ए’ टिमसँग पाँच खेलको टी२० शृंखला खेल्ने भएको छ।
मंगलबारदेखि शुरू हुने दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा १३ टोली सहभागी हुने भएका छन्।
अनुगमन समितिका सदस्य सचिव विपिनकुमार लालदासले मेडिकल कलेजको प्रयोगशालामा निरीक्षण गर्दा म्याद गुज्रिएका केमिकल तथा रिएजेन्ट फेला परेको जानकारी दिए।