AnonymousUser

Logout

६ प्रकारका सरकारी कागजात सुरक्षण मुद्रण केन्द्रबाट मात्रै छाप्ने गरी प्रतिवेदन पारित

संसदीय समितिले राष्ट्रिय सुरक्षासँग जोडिएका विभिन्न ६ प्रकारका सरकारी कागजात सुरक्षित मुद्रण केन्द्रबाट नै छपाई गर्ने गरी सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ सम्बन्धी प्रतिवेदन पारित गरेको छ। 

बैंकर र व्यवसायी छुट्ट्याउने बाफिया : व्यावहारिक नभएको बैंकरको प्रतिक्रिया, वित्तीय सुशासन दिने विज्ञको दाबी

विधेयकमा गरिएको प्रस्ताव संसद्‌बाट पारित भएमा बैंक तथा वित्तीय संस्थामा एक प्रतिशतभन्दा बढी शेयर लगानी भएका व्यक्तिले नेपालको कुनै पनि बैंकबाट व्यावसायिक ऋण लिन पाउने छैनन्।

बलम्बुस्थित सशस्त्र प्रहरीको गोदाममा आगलागी

बलम्बुस्थित सशस्त्र प्रहरीको गोदामघरमा आगलागी भएको छ।

सरकारी अस्पतालका अनलाइन टिकट प्रणालीबारे सेवाग्राहीलाई छैन सूचना

सरकारी अस्पतालमा अनलाइन टिकट प्रणाली छ भन्ने थाहा नपाएको बिरामीको गुनासो छ। अस्पतालका कर्मचारी भने ‘टिकट काट्न सक्ने क्षमताको मान्छे नै नआउने’ दाबी गर्दै सोधपुछ काउन्टरसमेत खाली राखेर बसेका भेटिन्छन्।

नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रदेश सांसद गिरी पदमुक्त

नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन्।

गृहमन्त्रीमाथि संसदीय छानबिनमा कांग्रेसको अडान यथावत्, सभामुखले बोलाएको बैठक निष्कर्षविहीन

कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान यथावत् राखेपछि प्रतिनिधिसभा बैठकलाई सहज बनाउने विषयमा सभामुखले बोलाएको बैठक निष्कर्षविहीन भएको छ।

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

कांग्रेसका केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ।

जहाँ नुन किन्न पेस गर्नुपर्छ नागरिकता

नागरिकताका आधारमा प्रतिव्यक्ति १० किलो नुन वितरण गर्दै आइएको सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालयका प्रमुख राजबहादुर लामाले बताए।

३८ वर्षमा १०९ गैँडा स्थानान्तरण, विभिन्न देशलाई २६ उपहार

भारतीय महाद्वीपको उत्तरी क्षेत्रअन्तर्गत बह्मपुत्र, इन्दुस र गंगा नदीको बहाव क्षेत्रमा विचरण गर्ने एकसिङे गैँडा हाल नेपालको तराई भूपरिधि क्षेत्र तथा भारतको संरक्षित क्षेत्रमा सीमित हुन पुगेका छन्।

संसद् सचिवालयका कर्मचारीलाई १५ वर्षमै पेन्सन दिन सांसदहरूको संशोधन, के छ व्यवस्था?

हाल २० वर्ष सेवावधि नपुगेका संसद्का कर्मचारीलाई पेन्सन सुविधा दिन बढीमा दुई वर्ष थप सेवावधि गणनाको व्यवस्था छ। तर १५ वर्षमै बिदा हुनेका लागि सेवावधि २० वर्ष गणना गर्न केही सांसदले संशोधन हालेका छन्।

सुनको मूल्य लगातार बढ्दै, तोलाको १ लाख ३६ हजार नाघ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा ६ सयले वृद्धि भएको छ।

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता

शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा उनीहरू डुबेका थिए।

त्रिसूली नदीलाई ‘पर्यटकीय सम्पदा नदी’ घोषणा गरी संरक्षण गर्न माग

नदीमा जलविद्युत् बाँध निर्माण र अतिक्रमणले साहसिक जलयात्रा पर्यटन पूर्णरूपमा विस्थापित हुने व्यवसायीहरूको भनाइ छ।

आइतबार लाग्ने सूर्य ग्रहणको अध्ययन गर्न नासाको भव्य तयारी, एआई र जहाजको प्रयोग

विगतमा पनि ग्रहणको समयमा भएका अध्ययनले इतिहासमा केही महत्त्वपूर्ण आविष्कारहरू गरेको थियो।

सहकारी ठगी प्रकरणः संसद्‍मा कांग्रेसको अवरोधबारे सभामुखले ४ दलसँग छलफल गर्दै

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने स्वयम् मुछिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग राखेर संसद्‍मा अवरोध गर्दै आएको थियो।

आईपीएल: लखनऊसँग गुजरात पराजित

लखनऊले दिएको १६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १३० रन मात्र बनाउन सक्यो।

यस्तो रहनेछ सोमबारको माैसम

माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।

ओपीडी सेवा १२ घण्टा पुर्‍याउने गण्डकी प्रदेश सरकारको निर्णय

मुख्यमन्त्री खगराज अधिकारीले जिल्ला अस्पतालले प्रदान गर्ने बहिरंग (ओपीडी) सेवालाई थप गरी १२ घण्टा पुर्‍याउने निर्णय गरेका छन्।

मौसमी फ्लुका बिरामीले भरिए स्वास्थ्य संस्था

अदानचुली गाउँपालिकाको केन्द्र रहेको श्रीनगर स्वास्थ्यचौकीमा पनि केही दिनयतादेखि बिरामीको चाप बढ्दो छ। तर यहाँ एक जना मात्र स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन्।

वाइडबडी घोटाला मुद्दामा निगमका तत्कालीन निर्देशक अधिकारी कसरी छुटे?

हाल निगमका कार्यकारी अध्यक्ष रहेका अधिकारीलाई ‘कानूनी सेवा लिनका लागि मुकरर गरिएका’ जुरिस्ट एन्ड कम्पनी प्रालिका वरिष्ठ अधिवक्ता सुशील पन्तमार्फत प्रतिवादी हुनबाट जोगाइएको निगमस्रोतले बतायो।