AnonymousUser

Logout

वैदेशिक रोजगारीमा जान चैतमा मात्रै झन्डै ७१ हजारले लिए श्रम स्वीकृति

वैदेशिक रोजगार विभागका अनुसार ६ हजार ६९२ महिलासहित ७० हजार ९३३ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्।

माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित 

माथिल्लो अरुणको पूर्वतयारीस्वरुप दुई किलोमिटर सुरुङ मार्ग र २१ किलोमिटर पहुँच मार्ग निर्माणको काम अघि बढेको छ। जग्गा प्राप्ति र मुआब्जा वितरण करिब सकिएको छ।

नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य

नेपालका सन्दीप जोराले अर्धशतक प्रहार गरे। ४० बल खेलेका उनले ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाए।

भारतमा लोकसभा सदस्यका लागि शान्तिपूर्ण रूपमा मतदान जारी

निर्वाचन आयोगका अनुसार पहिलो चरणको मतदानमा १६ करोड ६३ लाख मतदाता सहभागी हुनेछन्। मतदानका लागि एक लाख ८७ हजार मतदान केन्द्र तोकिएको छ। 

तोलामा ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार प्रतितोला एक लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबारका लागि एक लाख ३९ हजार ३०० रुपैयाँ तोकिएको छ।

एसीसी प्रिमियर कपः टस हारेर ब्याटिङ गर्दै नेपाल

ओमानको अल अमरात क्रिकेट मैदानमा भएको टसमा यूएईका कप्तान मोहम्मद वासिमले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन्। 

हावाबाट कोरोना संक्रमण फैलिएको डब्ल्यूएचओको स्वीकारोक्ति

कोरोना भाइरस हावाबाट मानिसमा पुग्ने र त्यसले संक्रमित गराउन मद्दत गर्ने निष्कर्ष पनि वैज्ञानिकले निकालेका छन्।

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट, रिहाइका लागि पहल गरिदिन अनुरोध

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन्।

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना: ३ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

दोलखाबाट जन्ती लिएर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ पिस्करतर्फ गइरहेको बस शुक्रबार बिहान तौथलीमा दुर्घटना भएको हो। बस कच्ची सडकबाट करिब १०० मिटर तल खसेको छ।

कञ्चनपुरमा बिजुलीको तारबाट सल्किएको आगोले ७ बिघा जमिनको गहुँबाली नष्ट

दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जानकारी दिए।

संसदीय निर्वाचनको २ दिनअघि मालदिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

यामिनलाई सन् २०१३ देखि सन् २०१८ सम्म सत्तामा रहँदा पर्यटन विकासका लागि एउटा टापु भाडामा दिन घुस लिएको आरोपमा अदालतले दोषी ठहर गरेको थियो।

यस्तो रहनेछ शुक्रबारको मौसम

महाशाखाका अनुसार, पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

इरानको ड्रोन कार्यक्रमविरुद्ध अमेरिका र बेलायतको प्रतिबन्ध घोषणा

अमेरिका र बेलायतले इजरायलमाथि आक्रमणको जवाफी कारबाही स्वरूप इरानी सैन्य ड्रोनविरुद्ध व्यापक प्रतिबन्धको घोषणा गरेका छन्।

इन्डिगो एयरको सिटमा बेवारिसे अवस्थामा १ किलो सुन फेला

दिल्लीबाट आई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको इन्डिगो एयरको सिटमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ। 

नदीको कटानले साँघुरिँदै बस्ती : जग्गा छैन तर कर तिर्दै छन् बगरफाँटबासी

२०५७ सालमा म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको अझैसम्म पनि कर तिर्दै आएको स्थानीय ओमबहादुर थापाले बताए। 

एथलेटिक्समा आशिषले तोडे ३६ वर्षअघिको कीर्तिमान 

आशिष महरले छात्र ट्रिपल जम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गरी स्वर्ण जिते। 

मर्मत गरेर सञ्चालनमा ल्याइयो अरुण नदीमा फेरी

काठमाडौँबाट आएको प्राविधिकको टोलीले मर्मत गरेपछि फेरी सञ्चालनमा आएको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईंले बताए।

बेहाल ललितकला विभागप्रति त्रिविको छैन चासो, अब फर्किएला साख?

ललितकला विभागमा सुधारको छाँट नदेखेपछि विभागीय प्रमुखले राजीनामा दिए। त्यसपछि दुई पटक उपकुलपति फेरिइसक्दा पनि न राजीनामा स्वीकृत भएको छ, न विभाग सुधारको खाका नै स्वीकार गरिएको छ।

लुम्बिनीमा थपिए ७ मन्त्री, ११ सदस्यीय बन्यो मन्त्रिपरिषद्

मुख्यमन्त्री महराले सात जना बिनाविभागीय मन्त्री थप गरे‍सँगै लुम्बिनी प्रदेश मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ। 

मानव अधिकार आयोगको सचिवमा मुरारी खरेल नियुक्त

सरकारले राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ।