संखुवासभाका विकट चारवटा मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला सदरमुकाम ल्याइएको छ।
संखुवासभा– संखुवासभामा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चारवटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइएको छ।
भौगोलिक रूपमा निकै विकट सडक सञ्जाल नपुगेका भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रका चारवटा मतदान केन्द्रका मतपेटिका शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइएको हो भने प्रतिकूल मौसमका कारण भोटखोलाको दूधपोखरी आधारभूत विद्यालय थुदामको मतपेटिका शनिबार बिहान ल्याइने भएको छ।
जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका र सिलिचोङ गाउँपालिकाभित्रका चारवटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताइन्।
हालसम्म जिल्लाका १६४ मतदान केन्द्रको मतपेटिका संकलन भइसकेको प्रजिअ थपलियाले बताइन्। भोलि बिहान सबै पालिकाको मतपेटिका आइसकेपछि सर्वदलीय बैठक गरेर मतगणना सुरु गरिने बताइएको छ।
जिल्ला समन्वय समितिको सभा हलमा मत गणना स्थलसमेत तयार पारिसकिएको छ। गणना स्थलमा सीसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
