प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नं. ५ को जारी मत गणनामा रास्वपाका उम्मेदवार बालेन्द्र शाहले एमालेका उम्मेदवार केपी शर्मा ओलीसँग १० हजार ५०० भन्दा बढीको मतान्तरसहित अग्रता कायम राखेका छन्।
झापा– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नं. ५ को जारी मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहले फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा सार्वजनिक पछिल्लो विवरणअनुसार, शुक्रबार बेलुका साढे ६ बजेसम्म २० हजार ४४४ मत गणना हुँदा शाहले १३ हजार ६५४ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार केपी शर्मा ओलीले तीन हजार ११ मत, नेपाली कांग्रेसकी मन्धरा घिमिरेले ४०३ मत, श्रम संस्कृति पार्टीका समीर तामाङले एक हजार ५१७ मत र नेकपाका सञ्जित तामाङले ३७० मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा कुल २० हजार ४४४ मत गणना हुँदा ९३७ मत बदर भएको छ भने १९ हजार ५०७ मत सदर भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
