म्याग्दी : ११ हजार २०१ मत गणनामा महावीर पुनलाई ५५०८ मत

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा जारी मत गणनामा स्वतन्त्र उम्मेदवार महावीर पुनले फराकिलो मतान्तरसहित अग्रता लिएका छन्।

म्याग्दी– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा जारी मत गणनामा स्वतन्त्र उम्मेदवार महावीर पुनले फराकिलो मतान्तरसहित अग्रता लिएका छन्।

धवलागिरि र मालिका गाउँपालिकाको ११ हजार २०१ मत गणना हुँदा पुनले ५ हजार ५०८ मत प्राप्त गरी अग्रता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यसैगरी, नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २७१, नेकपाका अर्जुन थापाले १ हजार ६५६, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी)ले १ हजार ४९७ र राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले ३२० मत प्राप्त गरेका छन्।

हाल मंगला गाउँपालिकाको मत गणना शुरू भएको छ। बिहीबार सम्पन्न निर्वाचनमा म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता रहेकामा ४६ हजार २१५ मत खसेको थियो।