AnonymousUser

Logout

साउदी अरेबियाले इजरायललाई खुशी पार्न कुरानका केही अंश हटाएको हुथी नेताको आरोप

हुथीहरूले लाल सागरमा इजरायलसँग सम्बन्धित जहाजहरूलाई निशाना बनाएर इजरायली सरकार र अमेरिकाका लागि लगातार समस्याहरू खडा गरेका छन्।

डेढ महिनादेखि रोकिएको अरनिको राजमार्ग विस्तार शुरू हुने

निर्माणाधीन कल्भर्टलगायत संरचनाको निर्माण कार्य रोक्न उच्च अदालत पाटनले उत्प्रेषण आदेश जारी गरेपछि करिब डेढ महिनादेखि निर्माण कार्य रोकिएको थियो।

आईपीएलः पन्जाबलाई ३ विकेटले हराउँदै छैटौँ स्थानमा उक्लियो गुजरात 

यस्तै, हिजो राति नै भएको अर्को खेलमा कोलक‍ाता नाइट राइडर्सले रोमाञ्चक जित हात पारेको छ।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

सहकारीबाट ३० लाख रुपैयाँ चोरी गरेको आरोपमा ६ जना पक्राउ

प्रहरीले सहकारीमा चोरी गरेको आरोपमा ६ जनालाई इटहरीबाट पक्राउ गरेको छ।

एमाले प्रतिनिधि परिषद् बैठकबाट १५ बुँदे प्रस्ताव पारित, सहकार्य कमजोर नपार्न सत्तारुढ दलहरूलाई आग्रह

एमालेले सहकार्य कमजोर नपार्न, मुलुकलाई अस्थिरता र अन्योलतर्फ धकेल्ने कामप्रति सजग रहन, राष्ट्रियता, लोकतन्त्र र र जनहितलाई जोखिममा पार्ने काम हुन नदिन सत्तारुढ सबै दलहरूलाई आग्रह गरेको छ।

रुकुम पश्चिममा वनबाट फैलिएको आगोमा परेर १ जनाको मृत्यु, ३ घर जले

आइतबार दिउँसो ढारपाखा सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा नेपाले टोलका युवराज विक, अन्नते सार्की र वुदी कामीको घर जलेर नष्ट भएको छ।

हिउँचितुवाको संख्या बढेसँगै थपियो दिगो व्यवस्थापनको चुनौती

हिउँचितुवाको संख्या वृद्धि भएसँगै मानव–वन्यजन्तुबीचको द्वन्द्व घटाउने उपाय अपनाउन सम्बन्धित निकायले जनचेतनामूलक र राहतका कार्यक्रम प्रभावकारी ढंगबाट लागू गर्नुपर्ने संरक्षणकर्मीको भनाइ छ।

बैतडीमा ट्र्याक्टरले किच्दा १ जनाको मृत्यु

ट्र्याक्टरले किच्दा बैतडीमा एक जनाको मृत्यु भएको छ।

सुनील पौडेलविरुद्ध २३ करोड गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

अख्तियारले सुनीलविरुद्ध २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ बिगो कायम गरेर आइतबार विशेष अदालतमा आरोप-पत्र दायर गरेको छ।

लेखा परीक्षण नबुझाउने दललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ।

कतारका अमिरको भ्रमणमा विपिनको रिहाइको मुद्दा उठाउने प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री दाहालले कतारका अमिरको नेपाल भ्रमणमा हमासको कब्जामा रहेका विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहलको विषय अजेन्डामा राखिएको बताएका छन्।

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

आइतबार ३१० कम्पनीको ६३ लाख ९३ हजार २४५ कित्ता शेयर खरिदबिक्री हुँदा दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र लिएको आरोपमा विकल पौडेलविरुद्ध मुद्दा

अख्तियारले विकल पौडेलविरुद्ध अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी आरोप पत्र दायर गरेको हो।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको म्याद सकियो, काम सकिएन

कोभिड–१९ को समयमा निर्माण कार्य स्थगित गर्नुपरेकाले सरकारबाट ६ महिना म्याद थप गर्न लागिएको आयोजना पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए। 

रफाहमा इजरायली आक्रमणबाट ९ बालबालिकासहित १३ जनाको मृत्यु

दक्षिणी गाजा शहर रफाहमा रातभर भएको इजरायली आक्रमणमा ९ बालबालिकासहित १३ जनाको मृत्यु भएको छ।

डढेलो वासस्थान र आहार अभावमा गाउँ पसे जंगली जनावर

वनमा डढेलो लागेपछि वासस्थान र आहारा अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन्।

गोरखाको चुमनुब्रीमा हिमपहिरो: बूढीगण्डकी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको र बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

रुपन्देहीका ९ गाउँमा आगलागी, ४० घर जले

पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ। गहुँको नलबाट शुरू भएको आगो बतासका कारण फैलिएको थियो।

रोजगारी नदिने प्रधानमन्त्री रोजगार कार्यक्रम: पाँच वर्षमा सकियो १९ अर्ब

पाँच वर्षअघि शुरू प्रधानमन्त्री रोजगार कार्यक्रमबारे महालेखा परीक्षकको प्रतिवेदनमा लगातार प्रश्न उठाइएको छ। श्रम मन्त्रालयको वार्षिक समीक्षामा पनि अपेक्षित उपलब्धि नभएको उल्लेख छ। तर किन सकिँदैछ पैसा?