कोशी, मधेश, बागमती, लुम्बिनी, गण्डकी र कर्णालीका तराईका केही स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना छ।
महाशाखाले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले आवश्यक तयारी गर्न तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
घर ढलान गर्न पूजा गरेको धूप सल्किएर सर्लाहीको चक्रघट्ट गाउँपालिका–१ शिवनगरमा सोमबार तीन वटा पसल जलेर पूर्ण रूपमा नष्ट भएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सिँचाइका २ आयोजनाको सुरुङ टीबीएममार्फत खन्दा समय बचत र काम गुणस्तरीय देखिएकाले ठूला सुरुङ भएका २ जलविद्युत् आयोजनामा पनि प्रयोगमा ल्याउने तयारी गरिएको बताए।
सर्वोच्च अदालतले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्दा लिएको निर्णयको सक्कल कागजात झिकाउन आदेश दिएको छ।
यूएनडीपीको एशिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरू नेपाल आउने भएका छन्।
अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा सशस्त्र प्रहरी निरीक्षक प्रकाश चन्दविरुद्ध विशेष अदालतमा मुद्दा तयार गरेको छ।
गण्डकी प्रदेश सरकार गठनविरुद्ध कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट निवेदन हेर्दाहेर्दैमा परेको छ।
हिउँद याममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदेबाली पनि राम्रोसँग उत्पादन नभएको मालिका गाउँपालिका–२ का किसान टेकबहादुर विकले बताए।
सोमबार ५६ लाख ५६ हजार २८२ कित्ता शेयर दुई अर्ब ५ करोड ८३ लाख रुपैयाँमा किनबेच भएको छ।
आगोमा जलेर घाइते हुने घटना धेरैजसो दुर्गम क्षेत्रमा बढ्दै गएको छ। जतिसक्दो चाँडै अस्पताल पुर्याएर प्राथमिक उपचार गराइहाल्नुपर्ने त्यस्ता बिरामीकाे उपचार र बचावट दूरीकै कारण चुनाैतीपूर्ण बन्दै छ।
शनिबार भएको आगलागीबाट भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जीलगायतका गाउँका १३ घर र १० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले सुक्खा बन्दरगाह निर्माणका लागि जग्गा उपलब्ध गराउने विषयमा फाइल अघि बढाए पनि केन्द्रबाट उक्त विषयले किनारा पाउन ढिलाइ भइरहेको जनाइएको छ।
गर्मीका कारण दिउँसोतिर मुख्य बजार सुनसान हुन थालेका छन् भने सरकारी कार्यालयमा सेवाग्राहीको संख्यासमेत घट्न थालेको छ।
रुसी सेनामा भर्ती भएका नेपालीका आफन्तले उनीहरूको उद्धारको माग राख्दै सोमबार पनि सामूहिक अनशनलाई जारी राखेका छन्।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतारी राजा नेपाल आउने दिन मंगलबार सार्वजनिक बिदा दिने निर्णय नै गरेको छ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले संयुक्त रूपमा गरेको अध्ययनले नेपालका २१ हिमताल जोखिममा रहेका देखाएको छ।
लामो समयको खडेरी र बसाइँसराइका कारण पहाडी क्षेत्रमा डढेलो तथा आगलागी बढ्न थालेको छ। बसाइँसराइले खेतबारी बाँझो हुँदा झाडी बस्तीमै आइपुगेको छ भने वर्षा नहुँदा तापक्रम बढेसँगै आगलागीको जोखिम बढेको छ।
मुइज्जु २०२३ काे सेप्टेम्बरमा ‘इन्डिया आउट’ अभियान चलाएर देशको राष्ट्रपति बनेका थिए।
पर्यटकीय क्षेत्रको आन्तरिक आम्दानीबाट ३८ जनाले रोजगारीसमेत पाएका छन्।