दिउँसो, पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ प्रशासनले माइतीघर मण्डलदेखि बानेश्वरसम्म जारी निषेधित क्षेत्र वैशाख १ गतेदेखि लागू हुने गरी हटाएको छ।
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशसभा सदस्य घनश्याम चौधरीलाई निलम्बन गरेको छ।
नेपालले एसीसी प्रिमियर कपअन्तर्गत शुक्रबारको खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको छ।
भारतीय पर्यटकले साथमा भारु २५ हजारभन्दा धेरै नगद बोक्न नपाइने नेपाल राष्ट्र बैंकको नियमका कारण पर्यटकले खुलेर खर्च गर्न नपाएको व्यवसायीको गुनासो छ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले ओमानमा जारी एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध ५ रन बनाउँदै १ हजार रनको कोशेढुंगा पूरा गरेका छन्।
आयोगले अधिकारीविरुद्ध १९ लाख दुई हजार २३७ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।
साइबर ब्युरोले जातजाति तथा सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री पोस्ट नगर्न अनुरोध गरेको छ।
धानको बीउमा ७५ प्रतिशत र सिँचाइअन्तर्गत कुलो निर्माण र मर्मतमा ८५ प्रतिशत अनुदानको व्यवस्था गरिएको ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले बताए।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को चालु अधिवेशन आगामी वैशाख २ गतेबाट अन्त्य गर्ने निर्णय गरेको हो।
अख्तियारले पर्साको भिखमपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता पुनमदेवी कुर्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
हावाहुरीका कारण आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए।
सांसदले संकल्प प्रस्तावको समर्थनसहित जनताको बाँच्न पाउने अधिकार संविधानको मौलिक हकअन्तर्गत रहेकाले यसको सुनिश्चितताका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गरे।
लुटपाटको प्रतिरोध गर्दा १९ जनाको मृत्यु भएको छ। ५५ जना घाइते छन्। यस वर्ष कराँचीमा लुटपाटसम्बन्धी घटनामा ५६ जनाको मृत्यु भएको छ।
अन्तुडाँडाबाट सूर्योदय अवलोकन, शुभकामना आदानप्रदान, लाप्चा जातिको वेशभूषा प्रदर्शन, सांस्कृतिक झाँकी प्रदर्शन, सांगीतिक कार्यक्रम, खाद्य परिकारका स्टललगायत महोत्सवका आकर्षण रहेका छन्।
शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ३९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार एक लाख ३६ हजार ६०० रुपैयाँ थियो।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) ले हालै सार्वजनिक गरेको खाद्य असुरक्षा सूचकांक प्रतिवेदनअनुसार विश्वभर ७८ करोड ३० लाख मानिसले पर्याप्त खाना पाउन सकेका छैनन्।
हेटौँडा औद्योगिक क्षेत्रमा हाल ११५ उद्योग सञ्चालनमा छन्। ती उद्योग अहिले ४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन्।
जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको छ। बाँकी दुई जना घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ।