कैलालीका विभिन्न भाग भएर बग्ने कटैनी गौरीगंगा, शिवगंगा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको निर्माण थालिएको छ।
समुद्र सतहदेखि तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जंगल र हिमशृंखलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन्। घोडेपानीमा साना ठूला गरी २७ होटल छन्।
अप्ठ्यारो र जोखिमयुक्त मानिने माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म एक हजार १२६ मिटर सुरुङमार्ग निर्माण भइरहेको छ।
गत महिना एचफाइभ एनवानबाट संक्रमित हुने सूचीमा यस प्रकारको इन्फ्लुएन्जाको लागि अति संवेदनशील नठानिएका गाई र बाख्रासमेत परेका भेटिएका थिए।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पर्यटन विभागका अनुसार हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन्।
मेची भन्सार कार्यालय, काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ८५० ग्राम सुनसहित एक जना भारतीय नागरिक लाई पक्राउ गरेको छ।
हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजाअनुसार डोल्पामा हिउँ चितुवाको कुल संख्या १२० रहेको देखिएको छ।
नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बैठकमा उपस्थित नभएपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन भएको सभामुखले सभामा जानकारी गराए।
राजनीति जतिसुकै विद्रूप र समाज जस्तो ‘फ्रस्ट्रेसन’मा रहे पनि राज्यसंयन्त्रहरू यहाँ ठीकठाक छ भन्ने सन्देश दिइरहेका छन्। तर नयाँ–पुराना सत्तासञ्चालक नै त्यसविरुद्ध उभिँदा प्रश्न उठ्छ– आखिर यो कहिलेसम्म?
महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएपछि काठमाडौँ महानगरमा कार्यरत करारका कर्मचारीलाई दिइँदै आएको महँगी भत्ता र सामाजिक सुरक्षा कोषमा पठाउने रकम काटिने भएको छ।
विशेष अदालतले नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेललाई दोषी ठहर गरेको छ भने अन्य आठ जनालाई सफाइ दिएको छ।
तनहुँको भीमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर करिब तीन करोड रुपैयाँ आम्दानी गरेका छन्।
कपिलवस्तुका डिभिजनल वन अधिकृत विजय सुवेदीले मानिसले जानाजान जंगलमा आगो लगाउन थालेपछि नियन्त्रणका लागि सीसी क्यामरा जडानको कार्य अगाडि बढाइएको बताए।
कोशीका मुख्यमन्त्री केदार कार्कीलाई प्रदेशसभाबाट विश्वासको मत लिने निर्देशन दिन माग गरिएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ।
घरमा आगो लागेको थाहा पाएपछि वीरबहादुर नगद तथा अन्य सामग्री निकाल्न घरभित्र पसेका थियो। त्यही बेला आगोले जलेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ।
एसीसी प्रिमियर कपको सेमिफाइनलमा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेको छ। जितसँगै यूएई फाइनलमा प्रवेश गरेको छ।
कांग्रेसले संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा फैसला नआएसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने निर्णय गरेको हो।
त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा शुक्रबार बिहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ।