AnonymousUser

Logout

गोरखाको रुन्चेतगाउँ पुग्न भिर खोपेर झोलुंगे पुल बनाइँदै

पुल नहुँदा अहिले रुन्चेतगाउँका बासिन्दाले माछीखोला पारि भिरको बाटो प्रयोग गर्दै आएका छन्। पुल निर्माण भएपछि त्यस क्षेत्रका करिब ३०० भन्दा बढी परिवार लाभान्वित हुनेछन्। 

आईपीएल: बेंगलुरुमाथि मुम्बईको सानदार जित

घरेलु टोली मुम्बईले जितका लागि पाएको १९७ रनको लक्ष्य १५.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

कोशी, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

डोल्पामा आगलागीबाट ३ बालबालिका घाइते

उनीहरूको डोल्पामा उपचार सम्भव नभएकाले काठमाडौँ लैजानुपर्ने जिल्ला अस्पतालले जनाएको छ। 

भगवानबहाल क्षेत्रबाहेक ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले रोजगारी सिर्जना गर्दै व्यवसायलाई चलायमान बनाउनका लागि वैशाख १ गतेदेखि ठमेल र दरबारमार्गलाई २४सै घण्टा सञ्चालन गर्न लागेको बताए।

भियतनामी अर्बपति ट्रुओङलाई ठगी मुद्दामा मृत्युदण्डको सजाय

ठगी मुद्दामा रियल स्टेट व्यवसायी ट्रुओङ माई लानलाई भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।

दक्षिण कोरियाको संसदीय निर्वाचनमा विपक्षी दललाई बहुमत

निर्वाचनमा प्रत्यक्ष तर्फका २५४ सिटमध्ये विपक्षी दल डीपीले १६१ सिटमा जित हासिल गरेको छ।

हावाहुरीले हवाई उडान प्रभावित

हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।

मकवानपुरका दुग्ध किसानले ४८ करोड भुक्तानी लिन बाँकी

संघका अध्यक्ष हरिप्रसाद कँडेलले दुग्ध उत्पादक किसानका समस्याप्रति बेवास्ता गर्ने सरकार र निजी दुग्ध उद्योगीविरुद्ध निर्णायक आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको बताए।

काठमाडौँ उपत्यकामा हावाहुरी र चट्याङसहित वर्षा

हावाहुरीले रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन्।

चट्याङबाट आठ वर्षमा ५०६ जनाको मृत्यु, असावधानीले जान्छ ज्यान (डेटा स्टोरी)

चट्याङ पर्नुअघि वायुमण्डलको हावा र बादलको अवस्थाबारे सूचना लिन तीन ठाउँ सुर्खेत, पाल्पा र उदयपुरमा ‘राडार’ राखिएको छ। चट्याङ परेको बेला घरबाहिर हुनेहरू बढी असुरक्षित हुन्छन्।

भारतको हरियाणामा स्कुल बस दुर्घटना हुँदा ६ विद्यार्थीको मृत्यु

भारतको हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा ६ विद्यार्थीको मृत्यु भएको छ।

डढेलोबाट घाइते भएकाको निःशुल्क उपचार र मृतकका परिवारलाई राहतको माग

फेकोफनले डढेलोबाट घाइते हुनेहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन माग गरेको छ।

अस्पताल भवन अलपत्र छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन

अस्पताल निर्माणको कुल लागत भ्याटबाहेक १० करोड १३ लाख ८३ हजार रुपैयाँ रहेको छ। हालसम्म निर्माण कम्पनीले ९१ लाख रुपैयाँ भुक्तानी लगेको गाउँपालिकाले जनाएको छ।

लागुऔषधसहित १० जना पक्राउ

ब्युरोका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उपत्यकाका विभिन्न क्षेत्रबाट पछिल्लो १० दिनको कारबाही अभियानमा उनीहरू पक्राउ परेका हुन्।

नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने एडीबीको प्रक्षेपण

अघिल्लो वर्षको तुलनामा आन्तरिक माग बढ्नुका साथै, जलविद्युत्‌को उत्पादन बढेको र पर्यटन क्षेत्रमा सुधार आउँदा आर्थिक क्रियाकलाप बढ्दै गएको एडीबीले जनाएको छ। 

हिमाल आरोहणमा चिप्स अनिवार्य, कसरी घट्छ जोखिम?

हिमाल आरोहणका क्रममा दुर्घटना हुँदा ‘लोकेसन ट्रेस’मा ढिलाइ भएर समयमा नै उद्धार हुन नसक्ने घटनालाई न्यूनीकरण गर्न पथप्रदर्शक र आरोहीले चिप्स बोक्नुपर्ने व्यवस्थालाई यो वर्षदेखि अनिवार्य गरिएको छ।

म्याग्दीको सिद्धभूमे सामुदायिक वनमा चियाखेती

गौश्वारामा सात वर्षअघि गोल्डेन जातको चियाका पाँच हजार बिरुवा परीक्षणको रूपमा लगाइएको थियो। तिनै बिरुवा हुर्केर अहिले सो क्षेत्र चियाको वनमा रूपान्तरण भएको छ।

सबै जिल्लामा पाठ्यपुस्तक पुर्‍याइयो, वैशाख २ देखि भर्ना अभियान 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ‘फ्ल्यास रिपोर्ट, २०७९’ अनुसार नेपालमा पूर्वप्राथमिक तहको कूल भर्नादर ९४.९ प्रतिशत छ।

च्याम्पियन्स लिग: पहिलो लेगमा पीएसजीविरुद्ध बार्सिलोनालाई अग्रता

पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको खेलमा बार्सिलोना ३–२ ले विजयी भएको हो।