आइतबार दिउँसो ढारपाखा सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा नेपाले टोलका युवराज विक, अन्नते सार्की र वुदी कामीको घर जलेर नष्ट भएको छ।
रुकुम पश्चिम– रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ मा आगलागी हुँदा एकको मृत्यु भएको छ। ढारपाखा सामुदायिक वनमाथिको भोट्नेगारेबाट फैलिएको डढेलो नेपाने टोलमा पस्दा ७० वर्षीया बुदी कामीको मृत्यु भएको हो। साथै तीन वटा घर जलेर नष्ट भएका छन्।
आइतबार दिउँसो पौने २ बजेतिर ढारपाखा सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा नेपाले टोलका युवराज विक, अन्नते सार्की र वुदी कामीको घर जलेर नष्ट भएको हो। ७० वर्षीया कामीको घरबाट सामान निकाल्ने क्रममा आगोले जलेर मृत्यु भएको वडा अध्यक्ष तिलवीर केसीले जानकारी दिए।
उनका अनुसार विक र सार्कीको एक/एकतले घर र कामीको दुईतले खरले छाएको घर जलेर नष्ट भएका छन्। घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तनसमेत जलेर नष्ट भएको वडा अध्यक्ष केसीले जानकारी दिए। ढारपाखा सामुदायिक वनबाट शुरू भएको आगो अहिले भित्रीखोला सामुदायिक वन, साईकुमारी सामुदायिक वनमा फैलिएको छ। स्थानीय वन समूह, इलाका प्रहरी कार्यालय बाँफिकोट र जनप्रतिनिधिको समूहले वनमा लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको वडा अध्यक्ष केसीले जानकारी दिए।
आगो नियन्त्रणमा आएपछि मात्र क्षतिको विवरण संकलन हुने उनले जानकारी दिए। आगलागीका कारण भने खुलेको छैन। दिन प्रतिदिन रुकुम पश्चिममा आगलागीका घटना बढ्दै गएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
