यो निर्वाचनलाई राष्ट्रपति मोहम्मद मुइज्जुको चीनतर्फको झुकाव र ‘इन्डिया आउट’ अभियानको परीक्षाका रूपमा हेरिएको छ।
कोशी प्रदेशका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको भेलाले मोरङको रंगेलीस्थित आदर्श माविका प्रधानाध्यापक बिश्वरसिंह मेवाहाङको अध्यक्षतामा पान प्रदेश समिति गठन गरेको छ।
गुल्मीको इस्मा गाउँपालिका–२ मा शनिबार दिउँसो हावाहुरी चलेसँगै डढेलो बस्तीमा पसेको थियो। उक्त वडामा मात्रै २० घर जलेर नष्ट भएका छन्।
नागरिक सुरक्षा विभागका प्रमुख थोमस जिमासेका अनुसार डुंगामा ३०० भन्दा बढी मानिस सवार थिए। पानीमा बेपत्ता भएकाहरूको खोजीकार्य जारी रहेको बताइएको छ।
म्यानचेस्टर सिटीले उपाधिका लागि आइतबार हुने म्यानचेस्टर युनाइटेड र कोभेन्ट्रीबीचको विजेतासँग खेल्नेछ।
दिउँसो, कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। लुम्बिनी र कोशीका तराई भूभागमा हावाहुरीको सम्भावना पनि छ।
भूमिकास्थान नगरपालिका, धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्कलगायतका गाउँमा आगलागीबाट २० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताए।
सरकारले आफ्नो योजनाले वृद्ध समाजका लागि चिकित्सकको अभाव कम गर्ने दाबी गरेको छ। तर चिकित्सा व्यवसायी र प्रशिक्षार्थी चिकित्सकले यसले शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर घटाउने बताएका छन्।
एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीलाई कार्यालयमा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने गरिएकाले त्यस्तालाई कारबाही गर्ने जनाएको छ।
समाजमा बढेको चरम राजनीतिक विकृति, उत्पादन र रोजगारीका क्षेत्र साँघुरिँदै गरेको अवस्थाबाट सिर्जित असन्तुष्टिलाई ‘पपुलिस्ट’ र दक्षिणपन्थी शक्तिले प्रयोग गर्न सफल भएको एमालेको ठम्याइ छ।
सुनकोशीको पानी सुरुङमार्फत मरिण खोलामा खसाली बागमती सिँचाइ आयोजनाको पूर्वाधारमार्फत् धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ।
म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरुङलाई शनिबार जिम्मेवारी तोकेका छन्।
शुरूआतका वर्षमा व्यक्तिगत तवरबाट सहयोग गर्दै आएका पिटरले पछिल्लो एक दशकयता भने संस्थागत रूपमा आर्थिक सहयोग गर्दै आएका छन्।
बाँकेमा गत आर्थिक वर्ष १६० घरेलु तथा साना उद्योग बन्द भएका थिए। चालु आर्थिक वर्षको ९ महिनामा गत वर्षको तुलनामा धेरै उद्योग व्यवसाय बन्द भएका हुन्।
सगरमाथा आरोहणका लागि ३३ आरोही समूहका ६५ महिला र २८७ पुरुष गरी ३५२ आरोहीले अनुमति पाएका छन्। अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक ४७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए।
भोलिको अप्ठ्यारो सोचेर प्रकट कहिल्यै चिन्तित हुँदैन थिए। जिन्दगी बाँच्नकै लागि सम्झौता गरेनन्। जस्तो आइपर्छ उस्तै काम गरे। एक थोक होइन अनेक गरे। अनुभव लिए। तिनै अनुभवलाई साहित्य सिर्जनामा उतारे।
रगतको अभाव हुँदा दुर्घटनाका घाइते, शल्यक्रिया गर्नुपर्ने बिरामी, गर्भवती, सुत्केरी, दीर्घ रोगी र नियमित रगत आवश्यक पर्ने अन्य बिरामीको उपचार प्रभावित बनेको छ।
क्यानका अनुसार इन्दु बर्मा, रुविना क्षेत्री, सीता रानामगर, पूजा महतो, कविता कुँवर र अश्मिना बज्राचार्यले मलेसियन सुपर वुमनकपले खेल्ने भएका हुन्।