बिहीबार ६३ लाख १२ हजार ५५२ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ३६ करोड ६९ लाख रुपैयाँ बराबर कारोबार भएको छ।
जलनको उपचार गरिने अस्पतालसम्बन्धी जानकारी समयमा नपाउँदा बिरामीको ज्यानै जानुका साथै परिवारले समेत ठूलो सास्ती र आर्थिक क्षति ब्यहोर्नुपरेको छ।
धनुषामा बिहीबार प्रदर्शनकारीसँगको झडपका क्रममा तीन जना सुरक्षाकर्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
घण्टौको यात्रामा पनि श्रमिकले न्यूनतम खाना–खाजा तथा पानीसमेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको थियो।
शिक्षा मन्त्रालयले निर्वाचन आयोगसँग राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका कार्यकारिणी समितिमा रहेका पदाधिकारीको विवरण माग गरेको छ।
पर्वतका ७० सामुदायिक तथा राष्ट्रिय वनमा आगो लागेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विकले जानकारी दिए।
नियोनस्याट–१ एघार नानो उपग्रहमध्येको एक हो। यसलाई दक्षिण कोरियाले उपग्रह समूह बनाउनका लागि प्रयोग गर्ने योजना बनाइरहेको छ।
बाघको संख्या वृद्धि भएसँगै मानिससँगको द्वन्द्व बढेको छ। नरभक्षी बाघ समातेर खोरमा राख्ने गरिएको छ। यसरी राखिएका बाघ मर्न थालेका छन् भने खोर क्षमता पनि कम छ। तर सरकारले व्यवस्थापनको विकल्प बनाएको छैन।
भद्रपुर नगरपालिका–८ नमूना टोलस्थित चन्द्रगढी–भद्रपुर भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट ८० वर्षिया महिलालाको मृत्यु भएको छ।
नेपाल क्रिकेट संघले बिहीबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो। पाँच खेलको टी२० सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान शनिबार शुरू हुँदैछ।
मुगुको सोरु गाउँपालिका–९ स्थित कालै प्रहरी चौकी भवन निर्माणका लागि २०७६ जेठमा अमर निर्माण जेभीले ठेक्का लिएको थियो। एक वर्षमा सक्ने सम्झौता रहेको भवन अलपत्र अवस्थामा छ।
इजरायलको प्रमुख सहयोगी अमेरिकासहित देशहरूले ठूलो संख्यामा नागरिक हताहत हुने सम्भावना रहेको भन्दै रफाहमा सेना नपठाउन आग्रह गर्दै आएका छन्।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
बस्तीभर फैलिएको आगो निभाउन १० वटा दमकल प्रयोग गरिएका थिए। बिहीबार जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसेर मटिहानी आगलागीबारे सर्वपक्षीय छलफल गर्ने तयारी छ।
बैठकले प्रदेश श्रम सल्लाहकार परिषद्को गठन सम्बन्धमा स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ।
घोडाहरूलाई व्यस्त ट्राफिक र कोलाहलमा अभ्यस्त गराउन धेरै महिनासम्म लन्डनका सडकहरूमा दाैडाइन्छ। त्यसैका लागि रिहर्सल गर्ने क्रममा यो दुर्घटना भएको हो।
महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन्।
यस अवधिमा फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट समेत मत माग्न निषेध गरिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानबिन शुरू गरेपछि विशाल ग्रुपको अधिकांश स्वामित्व रहेको बृहस्पति विद्या सदनले आफ्नो गल्ती ढाकछोप गर्न सक्रियता देखाएको छ।
सीईओ छनोट गर्न गठित उपसमितिका सदस्य मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयन र छनोट उपसमिति अवैधानिक भएको अदालतको आदेशमा उल्लेख छ।