AnonymousUser

Logout

डेढ किलो सुन र १ करोड ४३ लाख रुपैयाँसहित ७ जना पक्राउ

बिहीबार साँझ काठमाडौँको इन्द्रचोकबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

रौतहट बमकाण्डः न्याय मर्न नदिन परिवारको त्यो संघर्ष, प्रहरीको चुस्त अनुसन्धान 

१६ वर्षसम्म अविचलित लडेका पीडित परिवारसँगै प्रहरीको चुस्त अनुसन्धान रौतहट बमकाण्डका मुख्य अभियुक्त मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय दिलाउने प्रमुख आधार बन्यो।

बजेट बनाउँदै राखेप: नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने

नेता तथा विभिन्न व्यक्तिका नाममा आयोजना हुने प्रतियोगितामा बर्सेनि डेढ करोडभन्दा बढी खर्च हुने गरेको थियो। यस वर्ष भने उक्त बजेट कटौती गर्न लागिएको खेलकुद मन्त्रालयले जनाएको छ।

कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै, जापानमा इमेलबाट प्रश्नपत्र

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १७१ जनशक्ति र १८ हजार ३०० प्रहरी परिचालन भएका छन्।

विश्वभर २८ करोड २० लाख मानिस भोकमरीको चपेटामा

रिपोर्टले गाजा र सुडानमा खाद्य सुरक्षाको अवस्था बिग्रिँदै गएको उल्लेख गरेको छ। गाजामा मात्रै गम्भीर भोकमरीको सामना गरिरहेका पाँच लाख ७७ हजार मानिस रहेको बताइएको छ।

गाजामा युद्धविरामको प्रयास: बन्धकलाई रिहा गर्न हमाससँग १८ देशको आग्रह

बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै विश्वका विभिन्न १८ देशले गाजामा युद्धविरामका लागि दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई तत्काल रिहा गर्न हमाससँग आग्रह गरेका छन्।

आईपीएल: बैंगलुरुको दोस्रो जित

आईपीएलको जारी सिजनमा यसअघि बैंगलुरुले पन्जाब किङ्‍सलाई ४ विकेटले हराएको थियो। अरू ७ खेलमा पराजय बेहोरेको टोली तालिकाको पुछारमा छ। 

देशका विभिन्न स्थानमा हावाहुरी तथा वर्षाको सम्भावना

कोशी, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा

हावाको बहावसँगै तीव्र गतिमा बस्ती पसेको आगो निभाउन मटिहानी, जलेश्वर, रामगोपालपुर र प्रदेश प्रहरी कार्यालयका दमकलसहित सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले ६ घण्टासम्म संघर्ष गर्नुपरेको थियो।

न्यून गुणस्तरको चाउचाउ बेचेको भन्दै सीजी फुडलाई काठमाडौँ महानगरले तिरायो २ लाख जरिबाना

सीजी फुडद्वारा उत्पादित चाउचाउ न्यून गुणस्तरको भेटिएको भन्दै काठमाडौँ महानगरको कृषि तथा पशुपक्षी विभागले दुई लाख रुपैयाँ जरिबाना तिराउने निर्णय गरेको हो।

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

सचिवालयका प्रवक्ता मनोज गुप्ताका अनुसार अधिवेशन भर शून्य समय भएन भने विशेष समय एक पटक मात्रै चलेको थियो। विधेयक अधिवेशनको रूपमा चिनिने हिउँदे अधिवेशनमा एउटा विधेयकमा मात्रै सैद्धान्तिक छलफल भयो।

रौतहट बमकाण्डः कांग्रेस नेता आलमसहित ४ जनालाई जन्मकैदको सजाय

रौतहट जिल्ला अदालतले कांग्रेस नेता मोहम्मद अफताव आलमसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको छ।

बचतकर्तालाई महँगोमा जग्गा ‘भिडाएर’ कमाउने धन्दामा सहकारी सञ्चालकहरू

केही सहकारीका सञ्चालकले बिचौलिया समेतको मिलेमतोमा बचतकर्तालाई महँगोमा जग्गा किन्न बाध्य पारेर त्यसबाट उल्टै असुल्ने धन्दा चलाइरहेको पाइएको छ। यसरी भइरहेको ठगीबारे नियामकीय निकायहरू बेखबर भने छैनन्।

नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरसहित ७ जनालाई थुनामै राख्न आदेश, आङ्टावासँग ३० लाख धरौटी माग

सर्वोच्चले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई थुनामै राख्न, एक जनालाई साधारण तारेख र दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।

उपनिर्वाचन : इलाममा ३७ केन्द्र र बझाङमा ३२ अतिसंवेदनशील, २ हजार ३८७ प्रहरी परिचालन

प्रहरीले उपनिर्वाचनका लागि इलाम र बझाङमा दुई हजार ३८७ प्रहरी जनशक्ति परिचालन गरेको छ।

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीले बगाएर १५५ जनाको मृत्यु

तान्जेनियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमा १५५ जनाको मृत्यु भएको छ भने २३६ जना घाइते भएका छन्।

सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा जनप्रतिनिधिसहित ९ जनाविरुद्ध मुद्दा

कालीकोटको महावै गाउँपालिकास्थित सिमखेत–ओदा सडक निर्माणका क्रममा अनियमितता गरेको आरोपमा अख्तियारले जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

‘लु’ले नेपालगन्जको जनजीवन प्रभावित

तातो हावा चल्दा दैनिक रूपमा ठेला चलाउने, रिक्सा चलाउने तथा अन्य ज्यालादारी गर्ने मजदुरलाई समस्या परेको नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बताए।

सहकारी समस्या समाधान गर्न तत्काल प्रक्रिया शुरू गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले तत्काल कानूनी व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ताले बेहोरेको समस्या समाधानको प्रक्रिया शुरू गर्ने निर्णय गरेको हो।

बाँकेमा वनको डढेलोमा परेर मरे खरायो, सर्प र चरा

राप्तीसोनारी गाउँपालिका–६ को सामुदायिक वनमा खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको शमशेरगन्ज सबडिभिजन कार्यालय, बाँकेका वन अधिकृत सुशील सुवेदीले जानकारी दिए।