AnonymousUser

Logout

कांग्रेसले संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

कांग्रेसले यसअघि सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रतिनिधिसभा अवरोध गर्दै आएको थियो। 

सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबाट संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।

पोखरीमा पानी संकलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान

कैलालीको चुरे गाउँपालिका–५ लिसवेलीका किसानले निजी तथा सामुदायिक पोखरीबाट सिँचाइ गर्दै आएका छन्। यहाँका किसान अन्नबालीभन्दा सागसब्जीको खेती धेरै गर्छन्।

काठमाडौँको बानेश्वरमा फल्चा शैलीमा बस बिसौनी निर्माण 

काठमाडौँ महानगरले सडकको दुवैतर्फ फाल्चा शैलीको बस बिसौनी निर्माण गरेको छ। बानेश्वरबाट बबरमहलतर्फ जाने सडक खण्डमा रहेको बिसौनी मंगलबार सञ्चालनमा आएको छ।

फेवातालको मापदण्ड ३० मिटर कायम गर्न माग गर्दै सर्वोच्चमा  रिट

पोखरा महानगरपालिकाको ५५औँ कार्यपालिका बैठकले कायम गरेको ३० मिटर मापदण्ड सर्वोच्चले बदर गरेपछि अन्तरिम आदेश माग गर्दै २२ जनाले सर्वोच्चमा रिट दर्ता गराएका हुन्। 

६ हजार ७०० जनाले बुझाएनन् सम्पत्ति विवरण, कारबाहीका लागि सिफारिस 

राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्षमा सम्पत्ति नबुझाएका व्यक्तिहरूको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाउँदै आवश्यक कारबाहीका लागि सिफारिस गरेको छ।

दिगो विकासका लक्ष्य प्राप्तिमा स्विडेनले सघाउने

जेठ २ र ३ गते यहाँ आयोजना हुने युरोपेली संघ–नेपाल व्यापार मञ्चको बैठकमा भाग लिने स्विडिस प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार बिहान राजदूत थेसलेफ काठमाडौँ आउँदै छन्।

वर्षाका कारण खेल रद्द भएपछि गुजरातको प्लेअफ सम्भावना समाप्त

वर्षाका कारण खेल रद्द भएपछि गुजरात र कोलकत्ताले १–१ अंक बाँडेका छन्। यससँगै गुजरात प्रतियोगिताबाट बाहिरिएको छ। 

देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ।

वित्तीय संघीयता कार्यान्वयनको गति मध्यम, प्रदेश र स्थानीय तह घाटामा

राष्ट्र बैंकको प्रतिवेदनअनुसार थोक तथा खुद्रा व्यापार र निर्माण क्षेत्रमा देखिएको गिरावट तथा केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धलगायत कारणले प्रदेशहरूको आर्थिक वृद्धिदरसमेत सुस्त देखिएको छ।

१ वर्षदेखि थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण

थप उपकरण र प्राविधिक जनशक्ति अभावमा बागलुङस्थित रक्तसञ्चार केन्द्रलाई दिइएको कम्पानेन्ट सेन्ट्रिफ्युज एक वर्षदेखि थन्किएको छ।

जसपाबाट नियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

जनता समाजवादी पार्टीबाट नियुक्त भएका स्वास्थ्यमन्त्री प्रदीप यादव र राज्यमन्त्री हसिना खानले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सुदूरपश्चिमका मुख्यमन्त्रीले जेठ ३ गते विश्वासको मत लिने

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जेठ ३ गतेको बैठकमा मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने/नदिनेमा एमाले अझै टुंगोमा पुग्न नसकेको बताए।

करोडौँ खर्चिएको आयोजनाले तिर्खा नमेट्दा खानेपानी खोज्न कुवा धाइरहेको ‘नमूना’ बस्ती

खानेपानीको समस्या हल गर्न गाउँमा दुई ‘डिप बोरिङ’ र एउटा ठूलो ट्यांकी बनाइयो। तर पिउन योग्य र पर्याप्त पानी नआउँदा सुक्न लागेको कुवामा निर्भर छन्, गोदावरीस्थित नमूनाबस्तीका बासिन्दा।

टर्कीमा रोजगारी दिने भन्दै १२४ जनाबाट ४ करोड ठगी गरेको आरोपमा पक्राउ

टर्कीस्थित यूएन मिसन कार्यालयमा रोजगारी दिलाउने भन्दै १२४ जनाबाट चार करोड ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

अशोक राई नेतृत्वको दल दर्ता खारेजीको माग गर्दै उपेन्द्र यादवले दिए रिट

जसपा, नेपाल अध्यक्ष उपेन्द्र यादवले अशोक राई नेतृत्वको पार्टीको दर्ता खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।

वैशाखमा आगलागी र वन डढेलोबाट २६ जनाले गुमाए ज्यान

वैशाखमा अधिकतम तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट २६ जनाले ज्यान गुमाएका छन्।

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

सोमबार विभिन्न ९५ लाख ४१ हजार १७ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ४० करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

७ हजारमा ‘किनिएका’ ४२ नेपाली कश्मीरमा बन्धक, खबर पाएर पनि सरकारको बेवास्ता

राम्रो कमाइको लोभ देखाएर कश्मीर पुर्‍याइएका नेपालीलाई त्यहाँ बन्धक बनाइएको खबर लिएर सरोज राय गृह र परराष्ट्र मन्त्रालय धाए। तर सरकारले वास्ता नगरेपछि आफैँ अघि सरे। कसरी सफल भयो सरोजको ‘मिसन कश्मीर?’

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिएका छन्।