महानगरले गीता मन्दिरको मूल प्रवेशद्वारको दायाँ–बायाँ र पश्चिमतर्फका आधा दर्जनभन्दा धेरै सटरहरू एक्स्काभेटर लगाएर भत्काएको हो।
प्याकेज–३ अन्तर्गत चितवनखण्डमा समस्या देखिएको र विवाद कायमै रहेकाले १८ वटा विद्युत् टावर ठड्याउने काम अगाडि बढ्न नसकेका तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठको भनाइ छ।
सर्वोच्च अदालतले कृषि उद्योगका लागि भनेर हदबन्दीमा छुट लिएको जग्गा घरजग्गा व्यवसाय वा अन्य प्रयोजनमा लगाउनु कानून अनुकूल नहुने व्याख्या गरेको छ।
चापाकल सुकेर खानेपानीको अभाव भएसँगै नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगन्जमा नयाँ धारा जडानका लागि सर्वसाधारण आउने क्रम बढेको छ।
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा फैलिएको झाडापखालाबाट २९ जना बिरामी परेका छन्।
निर्माण कम्पनीको ढिलासुस्तीले सडक विस्तार र स्तरोन्नतिले गति लिन नसकेको पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयले जनाएको छ।
यस सिजन ऋतुमा ४१ वटा समूहका ४१४ आरोहीले सगरमाथा चढ्ने अनुमति लिएको पर्यटन विभागले जनाएको छ।
सुर्खेतको वीरेन्द्रनगरमा भएको म्याराथनमा नेपाली सेनाका रावत प्रथम भएका हुन्। उनले निर्धारित २१ किलोमिटर दूरी १ घण्टा ११ मिनेट २५ सेकेन्डमा पूरा गरे।
२३२ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन मात्र बनाउन सक्यो।
नेपालगन्ज म्याराथनको यात्रा दशक पुगेको अवसरमा दौड संस्कृतिको विकास गर्न भन्दै यस वर्षदेखि कर्णाली हाफ म्याराथन शुरू गरिएको आयोजकले बताएका छन्।
एएनयूपोलमा सहभागीमध्ये ६२ प्रतिशतले आर्थिक दबाबका कारण किराना र आवश्यक वस्तुमा कम खर्च गरिरहेको तथा ५० प्रतिशतले प्रमुख खरिद स्थगित गरेको बताएका छन्।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजाको रफाहमा इजरायली स्थल आक्रमणले ‘ठूलो मानवीय विपत्ति’ निम्त्याउने चेतावनी दिएका छन्।
सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ।
महान्यायाधिवक्ताको पद संवैधानिक हो। तर संवैधानिक अधिकारको दुरूपयोग गरेर कतिपय गम्भीर अपराधका मुद्दासमेत नचल्ने निर्णय गर्दै सत्ता र शक्तिको छायामा महान्यायाधिवक्ता पर्दै गएको टिप्पणी हुन थालेको छ।
भरतपुर महानगरपालिका–११ स्थित १३२ केभी बसेनी सबस्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी देवनगर सबस्टेसनसम्म पुर्याइएको छ।
सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। इजलासले सो विवादमा पाँच वटा प्रश्नको निरूपण गर्नुपर्नेसमेत औँल्याएको छ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरूले सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति माग गर्दै अवरोध गरेपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक स्थगित भएको छ।
अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग पाँच करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।