हाल, कोशी र मधेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रधानमन्त्री फिकोको पार्टीको वेबसाइटमा पोस्ट गरिएको एक बयानमा आक्रमणलाई ‘हत्याको प्रयास’ भनिएको छ।
एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली नेपालबाट मानव तस्करी गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।
उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले उनीमाथिको निलम्बन फुकुवा गरेको हो।
अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै जसपा नेपालका अध्यक्ष यादव सर्वोच्च पुगेका थिए।
जुम्ला जिल्लाको सिंजा गाउँपालिकाले शिक्षाको गुणस्तर पहिचान गर्ने उद्देश्य अनुरूप सञ्चालन गरेको कक्षा ८ को विशेष परीक्षाको नतिजाले विद्यार्थीमा शिक्षाको गुणस्तर नराम्रोसँग खस्किएको देखिएको छ।
चौथो शिविरभन्दा माथितिरको प्रतिकूल मौसमको कारण दुई दिनदेखि सगरमाथा आरोहण अवरुद्ध भएको छ।
न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा मंगलबारदेखि चलिरहेको मुद्दामा आज सुनुवाइ भएको हो।
कोरोना महामारीको बेला श्रीलंकाबाट उद्धार गरिएका ९० जना पीडित महिलामध्ये एक जनाले बेचबिखनमा संलग्नको नाम खुलाएकी छन्।
बुधबार परिसूचक ०.४७ प्रतिशतले घटेर २०१७.९७ को बिन्दुमा कायम भएको छ।
रत्नपार्क वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकाले विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ।
नेपालका हिमाली च्याङ्ग्रा पस्मिना निर्यातका लागि साना व्यवसायीहरूलाई सहजीकरण गर्ने उद्देश्यले तयार भएको 'पस्मिना निर्यात सहजीकरण निर्देशिका' सार्वजनिक भएको छ।
काभ्रेको रोशीमा पर्ने सानोपोटा गाउँ नै खरानी भएको १६ दिन बितिसक्दा अधिकांश पीडितले टहरोसमेत बनाउन सकेका छैनन्। राहतमा आएका सामग्री पनि राख्ने ठाउँ नभएको उनीहरूको गुनासो छ।
युक्रेन संकटको राजनीतिक समाधानार्थ वार्ताका लागि चीनको प्रयासबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको स्थितिमा सकारात्मक धारणा व्यक्त गरेका छन्।
यस कदमले चीनको भिसा–मुक्त पारवहन नीतिअन्तर्गत क्रुज जहाजमार्फत बन्दरगाहबाट विदेशी यात्रुको पारवहन र प्रस्थानलाई सहज बनाउने जनाइएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार प्रतियोगिता, विकास, अनुशासन, प्राविधिक र महिला क्रिकेट विकास समिति गठन गरेको छ।
मधेश प्रदेशको कुल जनसंख्या ६१ लाख १४ हजार रहेको छ। २०८० चैत मसान्तसम्म जसमध्ये पाँच लाख ७३ हजार ४३३ ले मात्रै बीमा गरेका छन्।
मगरले हरेक सोमबार गलकोट–३ हटियाबजारबाट गलकोट–५ हरिचौरस्थित नगर अस्पतालसम्म बिरामीलाई निःशुल्क ट्याक्सी सेवा दिँदै आएका छन्।
दक्षिण अफ्रिकाले रफाहमा भएको आक्रमणलाई लिएर इजरायललाई तत्काल आफ्नो सैन्य आक्रमण बन्द गर्न आदेश दिन आग्रह गर्दै अन्तर्राष्ट्रिय अदालतमा निवेदन दिएको थियो।
अहिलेसम्म कुनै पनि टिमले लगातार चार पटक प्रिमियर लिगको उपाधि जित्न सकेका छैनन्। सिटीले आइतबार घरेलु मैदानमा वेस्ट हामलाई पराजित गरे लिगको ट्रफी उचाल्नेछ।