वर्षासँगै वन डढेलो तथा वायुमण्डलमा रहेको धुलोको कण नियन्त्रण आएकाले वायु प्रदूषण न्यूनीकरण भएको डढेलोविद् सुन्दर शर्माको भनाइ छ।
नेप्सेका अनुसार आइतबार ७८ लाख ५७ हजार ३१ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब १५ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
शिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने तयारी भइरहेको बताएकी छन्।
अख्तियारले सफ्टवेयरसहितका उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अनुगमनका क्रममा विवरण नबुझाउने सहकारीलाई नियमित कामकारबाहीमा रोक लगाउने तथा अनुमति खारेज गर्नेसम्मको तयारी काठमाडौँ महानगरको छ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक हजारभन्दा बढी बिरामी मिर्गौला र कलेजो प्रत्यारोपण गर्नका लागि अंगदाताको प्रतीक्षामा रहेका छन्।
चैत मसान्तसम्ममा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोड र चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ।
मालिका–१ र मंगला गाउँपालिका–५ लाई दरबाङसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमाथि पुल निर्माण भएसँगै निस्कोट यातायात सञ्जालसँग जोडिएको हो।
सबैभन्दा धेरै सम्बन्धविच्छेदका घटना बागमतीमा र सबैभन्दा न्यून मधेश प्रदेशमा भएका छन्। जीविकोपार्जनको शैलीमा आएको परिवर्तन, बसाइँसराइ, सामाजिक सञ्जालमा पहुँचलगायत कारण घटना बढेको विज्ञहरू बताउँछन्।
अफगानिस्तानमा केही सातादेखि असामान्य रूपमा भारी वर्षा हुँदै आएको छ। बदख्सान, बागलान, घोर र हेरात प्रान्त वर्षा र बाढीका कारण सबैभन्दा बढी प्रभावित भएका छन्।
कीर्तिमानी आरोही कामिरिता शेर्पाले आइतबार बिहान ७:२५ मा २९औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।
रमुवामा १३० परिवारको बसोबास छ। यहाँ वार्षिक ४० देखि ५० हजार क्विन्टल आलु उत्पादन हुने गरेको छ।
झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।
ह्याकरले सन् २०२१ जनवरीदेखि सन् २०२३ फेब्रुअरीसम्म अदालतको कम्प्युटर प्रणालीबाट एक हजार १४ गिगाबाइट डेटा चोरेको प्रहरीको भनाइ छ।
जितपछि सिटीको ३६ खेलमा ८५ अंक पुगेको छ। दोस्रो स्थानको आर्सनलको समान खेलमा ८३ अंक छ। लिगमा बाँकी दुई खेलमा जित हासिल गरे सिटीले उपाधि जित्नेछ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।
चितवनको इच्छाकामना–४ कुरिनटारमा बस्तीको बीचमा निर्माण भइरहेको क्रसर उद्योगको निर्माण बन्द गर्न स्थानीयले माग गरेका छन्।
सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित रामनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर भएका छन्।
घोराही शनिबार दिउँसो दुई महिलाको हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ।
प्रधानमन्त्रीको राजीनामा, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय पिडकलाई सजायलगायतका माग राख्दै डा. गोविन्द केसीले अनशन थालेका छन्।