AnonymousUser

Logout

हात्ती परिचालन गरी नियन्त्रणमा लिइयो बाघ

मान्छेलाई आक्रमण गरेपछि बाघ नियन्त्रणमा लिन पाँच वटा हात्तीसहित प्राविधिक टोली परिचालन गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए।

काठमाडौँ महानगर :  समृद्ध कोष, नेतृत्वमा जोश, कार्यक्षमतामा पुरानै दोष

गत आर्थिक वर्ष महानगरले कुल खर्चको १५ प्रतिशत असार महिनामा मात्र सकेको थियो। त्यसरी अन्तिममा ह्वात्तै खर्च बढाएर पनि आर्थिक वर्ष सकिँदा कुल पुँजीगत खर्च ४२ प्रतिशतमा सीमित रह्यो।

बयान फेरेको भन्दै सरकारी साक्षीविरुद्ध भ्रष्टाचारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान फेरेको भन्दै दुई जना सरकारी साक्षीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। 

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन यही साउन २० गते आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

प्युठानमा ३ जनामा हैजा संक्रमण

प्युठानमा एकै परिवारका तीन जनामा हैजा संक्रमण पुष्टि भएको छ।

भारतमा बाढीका कारण १३ जनाको मृत्यु

हिन्दू धर्मावलम्बीको लोकप्रिय तीर्थस्थल केदारनाथ मन्दिरमा यात्रा गर्ने क्रममा रहेका करिब ७०० जना तीर्थयात्री बाढीबाट प्रभावित भएका छन्।

फिलिपिन्सको चाइनाटाउनमा आगलागी हुँदा ११ जनाको मृत्यु

उद्धारकर्मीले पाँच तले भवनभित्र ११ जनाको शव फेला पारेको बताएका छन्। आगलागीको कारण र मृतकको पहिचान खुल्न सकेको छैन।

कक्षा १२ को नतिजा सार्वजनिक, ५२.९१ प्रतिशत उत्तीर्ण

नियमिततर्फका तीन लाख ९० हजार ८६८ विद्यार्थीमध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन्।

परेवा पाल्ने पेसा अब प्रतिस्पर्धी राष्ट्रिय खेल 

नेपालमा २५ वर्ष अघिदेखि नेपाल परेवा उडान खेल संघले परेवा उडाउने प्रतियोगिता आयोजना गर्दै आएको छ। यस खेलमा बर्सेनि झन्डै १०० जना परेवा पालकले प्रतिस्पर्धा गर्ने गरेका छन्। 

सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी घट्यो

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कर्णालीमा ३११ सहकारी, पुँजी १५ अर्ब

सहकारीको शेयर पुँजी एक अर्ब ७५ करोड ३८ लाख हुँदा बचत आठ अर्ब १९ करोड ४४ लाख छ। सहकारीबाट एक हजार ५०० जनशक्तिले रोजगारी प्राप्त गरेका छन्।

नवलपरासी पूर्वमा ९३ प्रतिशत धान रोपाइँ

जिल्लाको १८ हजार ७१६ हेक्टर जमिनमध्ये अहिलेसम्म १७ हजार ४०५ हेक्टरमा रोपाइँ सकिएको छ।

झापाको हल्दिबारीमा सवारी दुर्घटना: दुई जनाको मृत्यु

हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो।

यस्तो रहनेछ शुक्रबारको मौसम

कोशी, बागमती, गण्डकी र कर्णालीका एक-दुई स्थानमा भने भारी वर्षा हुनेछ। मधेश र कोशीका तराई भूभागमा हावाहुरीसमेत चल्ने सम्भावना छ।

डडेलधुरामा वयस्क चितुवा मृत फेला

अजयमेरु गाउँपालिका–३ भद्रपुर बजार नजिकैको घाँसे जंगलमा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय डडेलधुराले जनाएको छ। 

एमाले सचिवालय बैठक : उपाध्यक्षमा गुरु बराल मनोनीत, नेताहरूको जिम्मेवारी हेरफेर

एमालेको बिहीबारको सचिवालय बैठकले सबै नेताहरूको जिम्मेवार हेरफेर गर्दै अध्यक्ष ओलीलाई पार्टीको समग्र नेतृत्वको जिम्मेवारी दिएको छ। 

‘सिक्टर ग्रिनिङ भाइरस’बाट बचेका सुन्तलामा कत्लेकीराको प्रकोप

‘सिक्टर ग्रिनिङ भाइरस’बाट बचेका सुन्तलामा असिनालगायत प्राकृतिक विपद् तथा जंगली जनावरको आतंक झेल्दै आएका किसानले यस वर्ष पहिलोपटक कत्लेकीराको प्रकोप बेहोर्नुपरेको छ।

जेठ २८ गतेयता बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या १४८ पुग्यो, ४७ जना बेपत्ता

बाढी–पहिरोलगायत विपद्‍का घटनाबाट चार हजार ११२ घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ।

चीनमा भारी वर्षाले निम्त्याएको विपद‍्बाट ३० जनाको मृत्यु, ३५ बेपत्ता

भारी वर्षाले निम्त्याएको विपद्बाट मध्य चीनमा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै ३५ जना बेपत्ता भएका छन्।

मापदण्ड पुगेका नर्सिङ कलेजलाई सञ्चालन स्वीकृत दिन संसदीय समितिको निर्देशन

शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले कानूनी मापदण्ड पूरा गरेका नर्सिङ शिक्षण संस्थालाई आगामी शैक्षिक सत्रका लागि कक्षा सञ्चालन गर्ने गरी स्वीकृत दिन निर्देशन दिएको छ।