छैटाैँ सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिप (फेस्टिवल) मा १३ स्वर्ण र ९ रजतसहित दोस्रो भई स्वदेश फर्किएका नेपाली खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ।
मन्त्रिपरिषद्को गत सोमबारको बैठकको निर्णय एवं सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेशप्रमुख नियुक्त गरेका हुन्।
दमौली सबस्टेसन निर्माणको सम्झाैता भएसँगै तीन वटै ४०० केभी सबस्टेसन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको हो।
परमाणु ऊर्जाको शान्तिपूर्ण प्रयोगको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले उक्त सम्झौतामा हस्ताक्षर गरेको छ।
यो कारोबार रकम हालसम्मकै उच्च हो। यसअघि २०७८ साउन ३१ गते नेप्सेमा २१ अर्ब ६४ करोडका शेयर खरिदबिक्री भएको थियो।
कोराना महामारीका बेला गड्डाचौकी नाका भएर जाने विदेशी पर्यटकलाई भारतले रोक लगाएको थियो।
केन्द्रलाई पुनर्जागरण गराउन सके उत्पादनसँगै रोजगारीको अवसर बढाउन सकिने र हरेक वर्ष रेशम धागो आयातका लागि सरकारले गरेको करोडौँ लगानी रोक्न सकिने जनाइएको छ।
केही वर्ष पहिलेसम्म प्राविधिक विषयमा मागभन्दा चारगुणा बढी आवेदन पर्ने गरेकामा अहिले विद्यालय तथा ‘इन्स्टिच्युट’लाई कोटा पुरा गर्नै मुस्किल हुन थालेको छ।
विनाशकारी पहिरोले आवास तथा सडक क्षतिग्रस्त हुनुका साथै जलप्रवाह बढेकाले उद्धार कार्यमा बाधा पुगेको जनाइएको छ।
हानिया मंगलबार इरानी राष्ट्रपति मसूद पेजेस्कियनको शप थग्रहण समारोहमा भाग लिन तेहरान आएका थिए। इजरायली सेनाले हानियाको मृत्युको सम्बन्धमा कुनै प्रतिक्रिया व्यक्त गरेको छैन।
रातभरको वर्षाले हनुमन्ते र आसपासका सहायक खोला उर्लिँदा आसपासका अस्पताल, विद्यालय, बस्ती, उद्योग, कलकारखाना जलमग्न भएका छन्।
प्युठानको २२ हजार हेक्टर खेतीयोग्य भूमिमध्ये ६ हजार ५७५ हेक्टरमा धानखेती हुँदै आएको छ। गत वर्ष जिल्लामा २१ हजार ९६७ मेट्रिक टन धान उत्पादन भएको थियो।
ललितपुर महानगरपालिका–२ सानेपा, वडा नं ९ च्यासल, वडा नं ९ शंखमुल, वडा नं १ कुपण्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ।
बल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको प्रहरीले जनाएको छ।
वर्षाका कारण बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुलगायत खोलामा बाढी आएको छ। बाढीका कारण नदीको तटीय क्षेत्रमा रहेका संरचना डुबानमा परेका छन्।
भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको हो। एक जनाको उद्धार गरिएको छ।
कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार हालसम्म मुलुकभर ९२.४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। ५० प्रतिशतभन्दा बढी रोपाइँ आकाशबाट पर्ने पानीकै भरमा सम्पन्न हुने गरेको छ।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती र गण्डकीका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
स्वास्थ्य मन्त्रालयले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको जनाएको छ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेस सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छन्।