आइतबार दिउँसो ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
सिँचाइ अभाव, बसाइँसराइलगायत कारण बाझिएको जग्गामा लगाइएको ड्रागन फ्रुट, एभोकाडो, कागती, टिमुर र किवीबाट वार्षिक मनग्य आम्दानी लिन थालेको कृषक कमल भुजेल बताउँछन्।
सडक कालोपत्र र विस्तारको काम कात्तिक १५ देखि मात्र सञ्चालन गर्ने गरी समयतालिका निर्माण कम्पनीले सरकारी पक्षलाई उपलब्ध गराएको छ।
सरकारले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यबाट कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएको छ।
सिद्धार्थनगर नगरपालिकाले बालउद्यान सञ्चालनका लागि शुभ ओम इन्भेस्टमेन्ट कम्पनीलाई दिएको तीन बिघा जग्गामा अहिले भव्य होटल सञ्चालनमा छ। सम्झौता कार्यान्वयन गराउन नगरपालिकाले कुनै चासो राखेको छैन।
प्रधानमन्त्री हसिनाको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका हजारौँ प्रदर्शनकारी र सुरक्षाकर्मीबीच आइतबार झडप हुँदा थप आठ जनाको मृत्यु भएको छ।
मनाङको वातावरण र मौसमको जोखिमलाई बेवास्ता गर्दा पर्यटक तथा पथप्रदर्शकले ज्यान गुमाउने गरेका एक्याप एकाइका प्रमुख ढकबहादुर भुजेलको भनाइ छ।
आइतबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो।
फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल र स्पेनले जारी गरेको वक्तव्यमा राष्ट्रपति चुनावपछिको देशको अवस्थाबारे कडा चिन्ता व्यक्त गरिएको छ।
कोषको योजनामा हालसम्म १५ लाख ११ हजार ८०५ जना आबद्ध छन्। जसमा वैदेशिक रोजगारीमा जानेको संख्या १० लाख ११ हजार ८०५ जना छ।
दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार शनिबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको थियो।
प्युठान र रोल्पाका अधिकांश भाग तथा गुल्मीको मदाने गाउँपालिका क्षेत्रका स्थानीय आवतजावत गर्ने मार्ग पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ।
माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्यटन व्यवसायीले शुक्रबार साँझ मानव अवशेष भेटेको बताए।
दिउँसो देशभर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
पहिरो प्रभावित वायनाडमा फसेकामध्ये २१५ जना मृत फेला परेको र २०६ व्यक्ति अझै बेपत्ता रहेको केरलाका मुख्यमन्त्री पिनाराई विजयनले बताएका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आइतबार विश्वासको मत लिने भएका छन्।
यही जेठ २८ यताका भएका घटनाबाट चार हजार २१९ घरपरिवार विस्थापित भएका छन्।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा कार्यरत नेपाली सेनाका एक जवानको गोली लागेर मृत्यु भएको छ।
थापाथलीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले भारतलाई ३–२ को सेटले पराजित गरेको छ।