AnonymousUser

Logout

नेपालको व्यापार घाटा १४ खर्ब ४० अर्ब

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार गत आवमा १५ खर्ब ९२ अर्ब ९८ करोड बराबरको वस्तु आयात र १ खर्ब ५२ अर्ब ३८ करोडको निर्यात भएको छ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

दैनिक ४०० लिटर दूध बागलुङ बजारमा ल्याउँदै आएका जैमिनीका किसान सडक अवरुद्ध हुँदा समस्यामा परेका छन्।

कैलालीको भजनीमा डुबानले चैतेधानमा क्षति, बजार पनि अभाव

भजनी नगरपालिकाका अनुसार ३० हेक्टर क्षेत्रफलमा लगाएको चैतेधान बाढी र डुबानले नष्ट गरेको छ। यतिबेला भजनीका अधिकांश कृषियोग्य फाँट बाँझो छन्।

बेनी–जोमसोम सडकको म्याग्दीखण्डमा पहिरो: यातायात प्रभावित

स्तरोन्नतिका क्रममा रहेको बेनीबाट मुस्ताङ लेतेसम्मको खण्डमा पहिरो, कटान र बाढीका कारण यातायात प्रभावित हुने गरेको छ।

काभा यू२० महिला भलिबल:  सेमिफाइनलमा नेपाल किर्गिस्तानसँग पराजित

मालेमा सोमबार राति भएको खेलमा किर्गिस्तानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो। नेपालले तेस्रो स्थानका लागि मालदिभ्सको सामना गर्नेछ।

कोदोको उत्पादन घट्दै जाँदा आयात बढ्यो, पूर्वी नाकाबाट ८५ करोडको आयात

भारतबाट आयातित तरकारीका कारण स्वदेशमा किसानले उत्पादन गर्दै आएको तरकारी तथा खाद्यबाली बजारमा बिक्री नभएको किसानको गुनासो छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

क्रोएसियाको नर्सिङ होममा गोली चल्दा ६ को मृत्यु

क्रोएसियाको एक निजी नर्सिङ होममा एक बन्दुकधारीले गोली प्रहार गरी आफ्नी आमासहित ६ जनाको हत्या गरेका छन्।

देशभर ९ सडकखण्ड अवरुद्ध, १५९ वटा एकतर्फी सञ्चालनमा

सडक विभागले रातको समयमा बाढीपहिरोजस्ता मनसुनजन्य विपद्का कारण यात्रा असुरक्षित हुने भन्दै आवतजावत नगर्न सुझाव दिएको छ।

सर्वाेच्चमा महिला प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा १ जना पक्राउ

सर्वोच्च अदालतमा महिला प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

विपद्मा परी देशभर १३१ जनाको मृत्यु, ४ हजार घरपरिवार विस्थापित

अवधिमा विपद्का घटनाबाट चार हजार चार घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ।

अध्ययन समिति बनाउने सहमतिपछि टुंगियो नयाँ सडकमा पैदलमार्ग विस्तार विवाद

नयाँ सडक क्षेत्रमा पैदलमार्ग विस्तारले पार्ने प्रभावबारे अध्ययन गर्न महानगरको योजना आयोगका उपाध्यक्षको नेतृत्वमा अध्ययन समिति गठन गर्ने सहमति भएको छ।

संसद् किन भएन प्रभावकारी?

चित्रबहादुर केसीले जेठ २१ गतेको संसद् बैठकमा औचित्यहीन छलफलले वाक्क लागेर आफू निदाएको बताएका थिए। संसद्को प्रभावकारिताबारे उपसभामुख र पूर्वसभामुखहरूले पनि प्रश्न उठाइरहेका छन्। केमा अलमलिएको छ संसद्?

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त

लुम्बिनीको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्ति भएका छन्।

बांग्लादेशमा विपक्षी दलका नेतासहित ५०० भन्दा बढी प्रदर्शनकारी पक्राउ

बांग्लादेशको राजधानी ढाकामा आरक्षणविरोधी प्रदर्शनमा केही विपक्षी दलका नेतासहित ५०० जनाभन्दा बढी प्रदर्शनकारी पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ।

न्युरोडमा फुटपाथ विस्तार : मेयर र वडाध्यक्षको हठले बिग्रँदै माहौल, स्थानीय विभाजित

न्युरोडमा फुटपाथ विस्तार शुरू गरेपछि काठमाडौँ महानगर र सडक डिभिजनबीच शुरू विवाद अदालतले टुंग्याइदिएको छ। तर वडा नं. २२ का वडाध्यक्षले सडकमै कार्यालय खडा गरेर अवरोध गरेपछि विवादले उग्र रूप लिइरहेको छ।

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यको दाबी पेश

नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन प्रदेशप्रमुख अमिक शेरचनसमक्ष दाबी पेश भएको छ।

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, घट्यो कारोबार रकम

सोमबार नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ को विन्दुमा कायम भएको छ।

धान गोड्न व्यस्त किसान (तस्वीरहरू)

जेठको अन्तिम तथा असारको पहिलो सातातिर धान रोपेका ललितपुरको छम्पीका किसान अहिले गोडमेल तथा मल हाल्न खेतमा व्यस्त देखिन्छन्।

सहकर्मीमाथि यौन दुर्व्यवहारमा मुछिएका प्रधानको संसदीय सुनुवाइमा ‘खेल’, १० दिनमा सुनुवाइ नभए स्वतः नियुक्ति 

निर्वाचन आयुक्तमा सिफारिस गरिएका प्रधानविरुद्ध पीडित महिलाले दिएको उजुरीमा आफूलाई एनजीओमा जागिर लगाइदिने लगायतका प्रलोभन देखाएर उनले तीन वर्षसम्म निरन्तर यौन शोषण र यौन दुर्व्यवहार गरेको उल्लेख छ।