AnonymousUser

Logout

लाइन काटेको भन्दै विद्युत् प्राधिकरणका कर्मचारीमाथि कुटपिट

विद्युत् महसुल नतिर्दा लाइन काटेपछि जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिए।

अलैँचीको मूल्य उच्च भएपछि बिरुवाको माग बढ्यो

देशभरबाट तीन लाख बिरुवाको माग आएको तर पूरा गर्न नसकिएको अलैँची विकास केन्द्रका प्रमुख राजन परियारले बताए।

देशभर २५ जनामा हैजा संक्रमण

ललितपुरको गोदावरीमा १६, काठमाडौँको टोखामा आठ र कैलालीको धनगढीमा एकसहित देशरभर हैजा संक्रमितको संख्या २५ पुगेको छ।

बस्ती पहिरोको जोखिममा परेपछि तल्लो चिप्लाका स्थानीय त्रिपालमुनि

वडा अध्यक्ष घनश्याम घलेले बस्तीभन्दा माथि साना–साना दर्जनौँ स्थानमा जमिन फाटेर पहिरोको जोखिम बढेपछि स्थानीय सुरक्षित स्थानमा त्रिपाल टाँगेर बस्न थालेको बताए।

मध्यपूर्वमा सैन्य उपस्थिति बढाउँदै अमेरिका

हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्याको बदलामा इजरायलमाथि आक्रमण गर्ने इरानले वाचा गरेसँगै मध्यपूर्वी क्षेत्रमा तनाव बढेको हो।

नेपाल काभा बिच भलिबलको फाइनलमा

भुटानको राजधानी थिम्पुमा भएको सेमिफाइनलमा कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानका खेलाडीलाई २–० को सोझो सेटमा पराजित गरेको हो।

पर्यटकको नयाँ गन्तव्य बन्यो शिवपुरीको ‘धापड्याम’

चाबहिल–सुन्दरीजल–मुलखर्क–हिले भन्ज्याङ हुँदै यहाँ पुग्न सकिन्छ। बाटोमा कागेश्वरी मन्दिरको दर्शन गर्दै पनि जान सकिन्छ।

दाङमा बाढीले अटोरिक्सा बगाउँदा २ जना बेपत्ता, चालकको उद्धार  

तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई  तुलसीपुर–४ स्थित बेचनी खोलामा आएको बाढीले बगाउँदा दुईजना बेपत्ता भएका छन्।

इलाममा ३ जना सवार मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, २ घाइते

झापाबाट माई नगरपालिकातर्फ आउँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल माई नगरपालिका–२ स्थित सितली र नमस्ते चोक जोड्ने गरुवा खोला पुलमा दुर्घटना भएको थियो। 

देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही तथा मधेश र कर्णालीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

संसदीय समितिले प्राधिकरणसँग माग्यो टीओडी मिटरको विवरण

सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणसँग टाइम्स अफ डे (टीओडी) मिटरको तथ्यांक माग गरेको छ।

सुदूरपश्चिममा चौथो मुख्यमन्त्रीको चयन प्रक्रिया शुरू, ३ दिनभित्र दाबी पेश गर्न आह्वान

पछिल्लो आमनिर्वाचनपछि गठन भएको सुदूरपश्चिम प्रदेशसभाले हालसम्म तीन मुख्यमन्त्री फेरबदल गरिसकेको छ। अब चौथो मुख्यमन्त्रीको चयन प्रक्रिया शुरू भएको छ।

मनाइयो घण्टाकर्ण अर्थात् गठामंगल (तस्वीरहरू)

यस पर्वमा गठामंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाइ दोबाटो र चौबाटोमा उभ्याइने चलन छ।

चौकीदार छनोटलाई लिएर खोटाङ कारागारभित्र झडप भएपछि ७ कैदीबन्दीलाई अन्यत्र सारियो

चौकीदार छनोटको विषयलाई लिएर कैदीबन्दीबीच कारागारभित्रै समूह बनाएर झगडा भएपछि जिल्ला कारागार खोटाङमा रहेका सात कैदीबन्दीलाई अन्यत्र पठाइएको छ।

संस्थागत शेयर कर्जाको सीमा हट्यो

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार निर्देशन जारी गर्दै मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

बाल संगठनलाई उच्च अदालतको आदेश : बृहस्पतिसँगको विवाद सुल्झाउन मध्यस्थकर्ताको नाम पेश गर्नू

व्यापारिक घराना विशाल ग्रुपको अधिकांश लगानी रहेको बृहस्पति विद्या सदनलाई २८ रोपनी ५ आना १ पैसा जग्गा लिजमा दिन विगतमा भएको सम्झौता बाल संगठनले गत वैशाखमा खारेज गरेको थियो।

अलैँचीको मूल्य बढ्दै तर बोट मासिँदै

यस वर्ष अलैँचीको मूल्य बढे पनि उत्पादन घटेको किसान बताउँछन्। समयमा पानी नपरेकाले अलैँचीका बिरुवा मासिनुका साथै उत्पादनमा कमी आएको किसान हरि पोख्रेलले बताए। 

केबलकारको निर्माणाधीन भवनबाट खसेर मजदुरको मृत्यु

गैँडाकोटमा रहेको मौलाकाली केबलकारको निर्माणाधीन भवनबाट खसेर एक मजदुरको मृत्यु भएको छ।

काठमाडौँको गेस्ट हाउसमा युवक–युवती मृत फेला

काठमाडौँको एक गेस्ट हाउसमा‍ शुक्रबार बाजुराका युवक र युवती मृत भेटिएका छन्।

लुम्बिनीका मन्त्रीहरूको तोकियो जिम्मेवारी, मुख्यमन्त्रीले आफैँसँग राखे ३ मन्त्रालय

आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैँले राखेका छन्।