AnonymousUser

Logout

भारतको केरलामा पहिरोमा परी मृत्यु हुनेको संख्या ९३ पुग्यो

भारतको केरलामा पहिरोमा परी मृत्यु हुनेको संख्या ९३ पुगेको छ भने १०० जनाभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ।

पेरिस ओलम्पिक : पौडीमा नेपालका एलेक्जेन्डरको राष्ट्रिय कीर्तिमान

पौडीमा नेपालीका एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकको पुरुष १०० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले विश्वासको मत प्राप्त गरेका छन्। उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६४ मत परेको हो।

सुरक्षित कारोबार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

प्रतिनिधिसभाले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।

भक्तपुरको दधिकोटमा खोला बस्ती पस्दा ३० घर डुबानमा

वर्षाका कारण स्थानीय ढुंग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ।

नेप्से परिसूचकमा ३५.५५ अंकको वृद्धि, १७ अर्बमाथिको कारोबार

मंगलबार नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ को विन्दुमा कायम भएको छ भने १७ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

५ वर्षमा सक्ने भनिएको आयोजना ९ वर्षसम्म अलपत्र हुँदा १२ सय घरधुरी खानेपानीबाट वञ्चित

संघीय सरकार र स्थानीय जनप्रतिनिधिको बेवास्ताले खानेपानी आयोजना अलपत्र परेको स्थानीय बताउँछन्।

बेलायतमा छुरा आक्रमणबाट २ बालबालिकाको मृत्यु, ९ घाइते

उत्तरी इंग्ल्यान्डमा सोमबार टेलर स्विफ्ट–थिम गरिएको नृत्य कक्षालक्षित छुरी आक्रमणमा दुई बालबालिकाको मृत्यु हुनुका साथै नौ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।

सरकारी कार्यालयले नै तिर्दैनन् खानेपानी महसुल 

'वीरगन्जका ४५ भन्दा धेरै सरकारी निकायका खानेपानीको बक्यौता चार करोड हाराहारीमा छ।'

१ करोडभन्दा धेरै खर्च भएको लेखनाथ रंगशाला घाँसेमैदानमा परिणत

आठ वर्षअघि रंगशालाभित्र निर्माण थालिएको बहुउद्देश्यीय 'कभर्ड हल' पनि बजेट नहुँदा अलपत्र परेको छ।

अपराधमा प्रविधिको प्रयोग: बढ्दैछन् 'साइबर क्राइम'का उजुरी

सामाजिक सञ्जाल र अन्य विद्युतीय 'प्लाटफर्म'मा अनधिकृत पहुँच र दुरुपयोगबाट हुने अपराध हरेक वर्ष बढिरहेको छ। प्रयोगकर्ता सचेत हुँदा यस्ता अपराधबाट जोगिन मद्दत पुग्ने विज्ञहरू बताउँछन्।

भारतको केरलामा पहिरोः कम्तीमा ४० जनाको मृत्यु, दर्जनौँ मानिस पुरिएको आशंका

मंगलबार बिहान २–३ बजे पहिरो खसेको हो। वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ।

भदौ ५ अगावै स्याउ नटिप्न आग्रह

काँचो स्याउले जुम्ली जैविक स्याउको कुप्रचार मात्र नभई यहाँको बदनाम हुने तथा किसानले सोचेको मूल्य नपाउने भएकाले यस्तो निर्णय गरेको हो।

बासी खानेकुरा बिक्री गर्ने होटललाई २ लाख जरिबाना

बासी गन्हाइसकेको खानेकुरा यात्रुलाई बिक्री गरेको भेटिएपछि धादिङका एक होटल सञ्चालकलाई उक्त कारबाही गरिएको हो।

पहिरोले कालीगण्डकी करिडोरको पर्वत खण्ड अवरुद्ध

कालीगण्डकी करिडोरअन्तर्गत फलेवास–अर्मादी खण्डमा रहेका यो सडक विगत सात वर्षदेखि अलपत्र अवस्थामा छ।

पाकिस्तानमा ३० एकड जमिनका लागि साम्प्रदायिक हिंसा, ४३ जनाको मृत्यु

दुई गाउँमा बसोबास गर्ने गुलाब मिल्लीखेल र मिदगी कुल्ले आदिबासी जनजातिबीचको वर्षाैँ पुरानो जग्गा विवादले हिंसाको रूप लिएको हो।

कञ्चनजंघा क्षेत्रमा हिउँचितुवाको आक्रमण बढ्दो

गत वर्ष कञ्चनजंघा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६ याक मारेका थिए।

पेरिस ओलम्पिक: ब्याडमिन्टन खेलाडी प्रिन्स दोस्रो खेलमा पनि पराजित

विश्व वरीयताको ४३औँ स्थानमा रहेका आयरल्यान्डका हात गुएनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे। 

आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना

अहिले बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुखलाई हटाउन सिफारिस

सरकारले बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष नाम सिफारिस गरेको छ।