AnonymousUser

Logout

‘एक प्रदेश, एक मेडिकल कलेज’ योजनाः बन्ने सुरसारै छैन, ६ वर्षदेखि आयोजना कार्यालयमा लगातार खर्च

​​​​​​​२०८० सम्म प्रत्येक प्रदेशमा एक सरकारी मेडिकल कलेज खोल्ने लक्ष्यसहित सरकारले बजेट छुट्याउन थालेको ७ वर्ष बित्यो। डा. गोविन्द केसीसँग गरेको सम्झौताअनुसार ल्याइएको योजना अघि बढ्ने सुरसारै देखिन्न।

सिधाकुरा डटकमको विवादमा १५ दिनभित्र बहस नोट पेश गर्न आदेश, भदौ ६ गते निर्णय सुनाउने

सर्वोच्च अदालतले सिधाकुरा डटकमले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा भदौ ६ गते निर्णय सुनाउने भएको छ।

७ महिनामा २१ प्रतिशतले बढे विदेशी पर्यटक

पर्यटन बोर्डका अनुसार यस वर्षको जुलाईसम्म ६ लाख ४७ हजार ६१५ विदेशी पर्यटक नेपाल आएका छन्।

किर्ते दस्तखत गरी रकम झिकेको आरोपमा विद्यालय सहयोगी पक्राउ

प्रहरीका अनुसार बैंकबाट चेकबुक निकालेर ल्याउँदा चेकका केही पाना लुकाएर राख्ने गरेका मल्लिकले २०८० साउन ७ गतेयता एक वर्षमा २० पटक किर्ते हस्ताक्षर गरेर रकम निकालेको खुलेको छ।

पर्वतका अस्पतालमा डेंगीका बिरामीको बढ्यो चाप

पर्वत अस्पतालसँगै निजी अस्पताल, मेडिकल र ग्रामीण क्षेत्रमा रहेको स्वास्थ्य चौकीमा पनि डेंगीका बिरामी बढेको स्वास्थ्यकर्मीले बताएका छन्।

आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह

श्रममन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन्।

साताको अन्तिम कारोबार दिन घट्यो नेप्से

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ५.२९ अंकले घटेर २७५५.६२ मा सीमित भएको छ। 

सहकारी पीडित पुनः आन्दोलित (तस्वीरहरू)

प्रदर्शनका क्रममा उनीहरूले ‘सहकारीले दुःखको कमाइ लुटिदिँदा जिन्दगी नै अप्ठ्यारो भयो, ओखती र खाना खान नपाएर बाँच्नै गाह्रो भो’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए।

संस्थापक शेयरको ‘लक–इन’ अवधि बढाउने तयारीमा धितोपत्र बोर्ड

नेप्सेमा सूचीकृत जलविद्युत् कम्पनीका संस्थापक ‘लक–इन’ खुलेलगत्तै शेयर बेचेर बाहिरिन्छन्। मेन्छियाम हाइड्रोपावरका अध्यक्षसमेत रहेका उर्जामन्त्री दीपक खड्काले त लक–इन अवधि छँदै त्यस्तो प्रयास गरेका थिए।

टीआरसी विधेयकमा दलहरूबीच जुट्यो सहमति

तत्कालीन माओवादीबाट लडेका बहिर्गमित लडाकुलाई द्वन्द्व प्रभावितका रूपमा परिभाषित गरेर परिपूरणको व्यवस्था गर्ने सहमति भएको छ।

बीपी कोइराला क्यान्सर अस्पतालमा बिरामीको मृत्यु भएपछि २ नर्स निलम्बित

अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा १० गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो।

तोलामा १ लाख ४९ हजार ४०० पुग्यो सुनको मूल्य

बुधबार प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार एक लाख ४९ हजार ४०० निर्धारण भएको छ। 

देशभर २ हजार ६१ जनामा डेंगी संक्रमण, सबैभन्दा बढी काठमाडौँमा 

यसवर्ष सरदरभन्दा बढी वर्षा हुने भएकाले लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगीको संक्रमण थप बढ्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमान गरेको छ।

बेनी बजारमा बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण

म्याग्दी, कालीगण्डकी र राहुघाट नदीको किनारमा ५० करोड रुपैयाँ लागतमा कम्पोजिट, काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पर्खाल निर्माण गरिएको छ।

पेरिस ओलम्पिक: प्रिन्स दाहाल समूह चरणका सबै खेलमा पराजित

प्रिन्ससँगै जारी ओलम्पिकमा ६ खेलाडीको चुनौती समाप्त भएको छ। टेबलटेनिसका श्यान्टु श्रेष्ठ, पौडीका डुवाना लामा र एलेक्जेन्डर शाह, जुडोकी मनीता श्रेष्ठ प्रधान तथा सुटिङकी सुस्मिता नेपाल बाहिरिइसकेका छन्।

नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ। भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ।

कोशी, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

दिउँसो देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, गण्डकी र सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी  वर्षाको सम्भावना छ।

बाढी–पहिरोमा परी बुधबारसम्म १४५ जनाको मृत्यु, ४७ बेपत्ता

वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद‍्मा परी बुधबार दिउँसोसम्म १४५ जनाको मृत्यु भएको छ।

काठमाडौँको ढल्कुमा दुई समूहबीच झडप हुँदा एकको मृत्यु, छ घाइते

झडपका क्रममा धारिलो हतियार प्रहारबाट ढल्कु पोडेटोल निवासी ३३ वर्षीय अनित पुजारीको मृत्यु भएको हो।

नुवाकोटको भद्रुटारका दर्जनौँ घरपरिवार बाढी र पहिरोको जोखिममा, सयौँ रोपनी धानखेतमा बाढी पस्यो

निरन्तरको वर्षाका कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ स्थित भद्रुटारमा बाढी र पहिराले लाखौँको क्षति गरेको छ।