AnonymousUser

Logout

सोलुखुम्बुको थामेमा भीषण बाढी, हिमताल फुटेको आशंका

खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा शुक्रबार दिउँसो भीषण बाढी आएको छ। स्थानीयले हिमताल फुटेको आशंका गरेका छन्।

करवृद्धिको विरोधमा व्यवसाय बन्द गरी हेटौँडा उपमहानगरअगाडि धर्ना

करवृद्धिको विरोधमा व्यवसायीले सटरको साँचोसमेत उपमहानगर प्रमुख र उपप्रमुखलाई बुझाएका छन्।

थाइल्यान्डको प्रधानमन्त्रीमा पातोङटार्न सिनावात्रा निर्वाचित

पूर्वप्रधानमन्त्री श्रेथा थाविसिनलाई संवैधानिक अदालतले बर्खास्त गरेको दुई दिनपछि सिनावात्रालाई संसद्‌ले नयाँ प्रधानमन्त्री छनोट गरेको हो। 

कतारमा १२ वर्ष श्रम, गाउँ फर्किएर डेढ करोड लगानीमा कुखुरापालन 

बागलुङ–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माले एक करोड ५० लाख रुपैयाँ लगानीमा ग्रिनल्यान्ड बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेका छन्। फार्ममा ६ हजार कुखुरा पाल्न मिल्ने उनको भनाइ छ।

नवलपरासीमा १५ करोडमा निर्मित अस्पताल भवन उपयोगविहीन

आधारभूत अस्पतालको भवन निर्माण सम्पन्न भए पनि ठेकेदारलाई भुक्तानी गर्नुपर्ने रकम बाँकी भएका कारण प्रयोगमा आउन नसकेको गाउँपालिकाले जनाएको छ।

पहिरोले भेरी करिडोर अवरुद्ध

पहिरोले विद्युत्‌का पोल बगाउँदा विद्युत् सेवा पनि  बन्द भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए। 

टाँगामा भारत तस्करी गर्न लागिएको १७ लाखको ‘भेप’ बरामद

यसअघि पर्सा प्रहरीले गत साउन २४ गते पाँच करोड मूल्य पर्ने ७६ कार्टुन भेप बरामद गरेको थियो। 

डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते

दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ। बस सडकबाट करिब ३५ मिटर तल खसेको छ।

अफगानिस्तानमा १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध: राष्ट्रसंघ

तालिबानले सत्ता कब्जा गरेदेखि कम्तीमा १४ लाख महिलाहरूलाई जानाजानी माध्यमिक शिक्षाको पहुँचबाट वञ्चित गरेको युनेस्कोले बताएको छ।

देशका विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा साधरणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

‘स्पिड चेकिङ’का क्रममा दुर्घटना, ट्रक चालक पक्राउ

भक्तपुरको गठ्ठाघरमा स्कुटरलाई ठक्कर दिएर फरार भएका ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।

युक्रेनी परोपकारी संस्थालाई ५१ डलर दिने अमेरिकी–रुसी नागरिकलाई १२ वर्ष जेल सजाय

रुसको एक अदालतले युक्रेनलाई सहयोग गर्ने परोपकारी संस्थालाई ५१ डलर चन्दा दिएकी अमेरिका–रुस नागरिक केन्सिया खवानालाई देशद्रोहको अभियोगमा दोषी ठहर गर्दै १२ वर्षको जेल सजाय सुनाएको छ।

घट्यो पेट्रोलियम पदार्थको मूल्य

निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले घटाएको जनाएको छ। 

एमपक्सको प्रकोपलाई स्वास्थ्य आपत्काल घोषणा

डब्लूएचओले एमपक्सको बढ्दो संक्रमणसँगै ज्यान गुमाउनेको संख्या वृद्धि भएसँगै स्वास्थ्य आपत्कालको घोषणा गरेको छ।

०७२ को विद्रोह: उत्कर्षमा पुग्यो, निष्कर्ष दिएन

संविधान जारी हुनुअघिको असन्तुष्टि र आक्रोशले मधेशमा सल्काएको ‘आन्दोलनको आगो’ संविधान आइसकेपछि पनि महिनौँ बलिरह्यो। त्यसबीच देशले नाकाबन्दी बेहोर्‍यो। तर अन्तमा उपलब्धिबिनै आन्दोलन सेलाउन पुग्यो, कसरी?

गाजा युद्ध : जुम्ल्याह सन्तानको जन्मदर्ता प्रमाणपत्र हातमा च्यापेर रोइरहेका कुमसान

गाजाका अबु अल–कुमसान आफ्ना ३ दिनका जुम्ल्याह सन्तानको जन्मदर्ता प्रमाणपत्र बनाएर फर्किँदै थिए। त्यहीबेला इजरायली आक्रमणमा परेर श्रीमतीसहित उनीहरूको मृत्यु भएको खबर पाए।

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १७५ पुग्यो, ४९ जना बेपत्ता

जेठ २८ गतेयता देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलगायतका विपद्मा परी १७५ जनाको मृत्यु र ४९ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

यातायातका कम्प्युटर अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा

अख्तियारले यातायात व्यवस्था कार्यालयका कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

निजी वनको अनुमति लिएर सामुदायिकका रूख काटेको आरोपमा ६ जना पक्राउ

निजी वनका रूख काट्ने अनुमति लिएर सामुदायिक वन र सार्वजनिक स्थानमा भएका खयरका रूख कटान गरेको आरोपमा ६ जना पक्राउ परेका छन्।

संसदीय सुनुवाइ समिति सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित

संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन्।