निजी वनका रूख काट्ने अनुमति लिएर सामुदायिक वन र सार्वजनिक स्थानमा भएका खयरका रूख कटान गरेको आरोपमा ६ जना पक्राउ परेका छन्।
नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा निजी वनको रूख काट्ने अनुमति लिएर सामुदायिक वन र सार्वजनिक स्थानमा भएको खयरका रूख कटानी भएको छ।
कालीगण्डकी करिडोरमा पर्ने जिल्लाको बौदीकाली गाउँपालिका–१ र बुलिङटार गाउँपालिका–६ मा रहेका खयरका रूख काटिएका हुन्। खयरका रूख कटानीबाट गाउँको एउटा डाँडो नै रित्तिएको स्थानीयको भनाइ छ। निजी वनको रूख कटान गर्ने अनुमति लिएर सामुदायिक वन र सार्वजनिक स्थानको रूख काट्ने व्यक्तिलाई पक्राउ गरी डिभिजन वन कार्यालय कावासोतीमा बुझाइएको प्रमुख जिल्ल अधिकारी अरुण पोखरेलले जानकारी दिए।
“दुई पालिकाको दुई वडामा पर्ने सामुदायिक वन र सार्वजनिक स्थानमा रहेका खयरका रूख कटानी भएको सूचना पाएपछि ठेकेदारसहितका केही व्यक्तिलाई पक्राउ गरेका छौँ,” उनले भने, “पक्राउ परेकाहरूलाई कारबाहीका लागि डिभिजन वन कार्यालयलाई बुझाएका छौँ।”
डिभिजन वन कार्यालयले अनुसन्धान अधिकृत तोकेर घटनाको बारेमा अध्ययन गरिरहेको प्रजिअ पोखरेलले बताए। डिभिजन वन कार्यालय नवलपुरका प्रमुख डिभिजन वन अधिकृत वसन्त केशव अधिकारीले घटनामा संलग्न ६ जना पक्राउ परेका जानकारी दिए।
“अवैध रूपमा रूख कटानी गरेको उजुरीको आधारमा ठेकेदारसहित ६ जनालाई पक्राउ गरिएको छ,” उनले भने, “घटनामा संलग्न दुई जना फरार छन्, उनीहरूको खोजीकार्य जारी छ।” ठेकेदारले अवैध रूपमा रूख कटानी गरे पनि बिक्री गर्न नपाएको उनको भनाइ छ।
बुलिङटार गाउँपालिकाका पूर्व अध्यक्ष शशिकिरण बस्ताकोटीले काटिएका खयरका रूखमध्ये आधाभन्दा बढी बिक्री भइसकेको बताए। “करिडोरसँगै पर्ने स्थानको सामुदायिक वनबाट काटिएका खयरको रूखमध्ये ६ ट्रक बिक्री भइसकेको छ,” उनले भने, “कटानी भएको ठाउँमा अब साढे दुई ट्रक जति काठ बाँकी छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
