विद्युत् प्राधिकरण सुर्खेत शाखाका अनुसार ३३ केभी प्रसारण लाइनको हर्रे र बबईको बीच खोलामा रूख ढलेर विद्युत्को खम्बामा पर्दा तार टुटेर लाइन अवरुद्ध भएको हो।
नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले उप्किएको ‘सेन्थेटिक ट्र्याक’को गुणस्तरबारे छानबिन गर्नुपर्ने माग गरे।
गाजामा युद्धविरामका लागि दबाब दिन इजरायल पुगेका ब्लिन्केनले युद्ध अन्त्यका लागि जारी वार्ता सहमतिमा पुग्ने ‘सम्भवतः अन्तिम’ अवसर भएको बताएका छन्।
जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीन जनाको मृत्यु भएको छ।
बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा अविरल वर्षासँगै पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने पुरिएका अन्य छ जनाको जीवितै उद्धार गरिएको छ।
जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ।
किलियन एमबाप्पेको यो रियलका तर्फबाट ला लिगामा डेब्यु खेल हो। तर, यसमा उनले गोल गर्न सकेनन्।
साबिक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा पहिलो जितसहित शानदार शुरूआत गरेको छ।
अहिले सबै प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत दमौली बजारका घरहरू ६ दिनभित्र सकिने गरी नापअनुसार भत्काउनका लागि प्रक्रिया अगाडि बढाउने सहमति गरेको छ।
लमजुङ क्व्होलासोथर गाउँपालिका ५ का वडा महिला सदस्य वर्तामाया गुरुङले गाडी गुड्ने सडक तथा पैदल यात्रा गर्ने बाटो नै बाढीपहिरोले अवरुद्ध भएपछि जोखिमपूर्ण यात्रा गर्नुपरेको बताइन्।
अख्तियारले घुससहित पक्राउ परेका शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
विश्वविद्यालयका प्राज्ञ र राज्यको नीतिनिर्माण तहमै हिमाली बौद्ध शिक्षाको इतिहास र महत्वबारे ज्ञान नहुँदा राष्ट्रको प्राचीन सम्पदा उपेक्षित अवस्थामा पुगेको सरोकारवालाहरूको टिप्पणी छ।
जेठ २८ गतेयता बाढी, पहिरोलगायत मनसुनजन्य विपद्मा परी १८२ जनाको मृत्यु र ५० जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।
सम्भावित हिमताल विस्फोटबाट हुने क्षतिको नक्सांकन गरेर त्यसअनुरूप अहिल्यैदेखि पूर्वतयारीका काममा लाग्ने हो भने मात्र भविष्यमा हुने हिमताल विस्फोटको क्षति कम गर्न सकिन्छ।
काठमाडौँको नयाँ बानेश्वर चोकबाट शंखमूलतर्फ जाने मुख्य सडक भासिएको छ।
रानीझुला क्षेत्रमा घुम्ने क्रममा जंगलमा हराएका तीन भारतीय पर्यटक र एक नेपाली गाइडको १२ घण्टापछि उद्धार भएको छ।
साफ यू२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको छ।
काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेको छ।