डब्लूएचओले एमपक्सको बढ्दो संक्रमणसँगै ज्यान गुमाउनेको संख्या वृद्धि भएसँगै स्वास्थ्य आपत्कालको घोषणा गरेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंकीपक्स भनेर चिनिने एमपक्सको बढ्दो संक्रमणलाई लिएर स्वास्थ्य आपत्कालको घोषणा गरेको छ। पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोमा यस रोगको फैलावटमा आएको द्रुत वृद्धिका साथै छिमेकी देशमा पनि संक्रमण देखिएपछि स्वास्थ्य आपत्काल घोषणा गरिएको हो।
डब्लूएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपत्काल अन्तर्राष्ट्रिय स्वास्थ्य कानूनअन्तर्गत उच्चस्तरको चेतावनी भएको बताए।
“आज आपत्कालीन समितिको बैठकले एमपक्स रोगलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपत्काल भएको सुझाव दिएको छ। मैले त्यो सुझाव स्वीकार गरेको छु। अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपत्काल अन्तर्राष्ट्रिय स्वास्थ्य कानूनअन्तर्गत उच्चस्तरको चेतावनी हो”, टेड्रोसले एमपक्सबारे भएको आपत्कालीन समितिको बैठकको नतिजाबारे जनाकारी गराउँदै भने।
यस वर्ष १० अफ्रिकी राष्ट्रमा एमपक्स पत्ता लागेपछि रोग नियन्त्रण र रोकथामका लागि डब्लूएचओका अफ्रिकी केन्द्रहरूले गत हप्ता सचेत गराएका थिए। “एमपक्सको संक्रमण अफ्रिकाभित्र र त्योभन्दा बाहिर पनि फैलन सक्ने सम्भावना रहेकाले यो चिन्ताजनक अवस्था हो,” टेड्रोसले भने।
प्रकोपलाई नियन्त्रण गर्न समन्वयकारी अन्तर्राष्ट्रिय प्रतिबद्धता आवश्यक रहेकोमा उनले जोड दिए। उनले कंगोमा एमपक्सको मामिलामा भएको वृद्धिको मूल्यांकन गर्न गत हप्ता आपत्कालीन समिति गठन गरेको पनि जानकारी दिए। “हामीले स्वास्थ्य कार्यकर्तालाई तालिम दिइरहेका छौँ र संक्रमितलाई उचित हेरचाह प्रदान गर्न चिकित्सकलाई सहयोग गरिरहेका छौँ, हामीले प्रभावित देशमा खोपको पहुँचका साथै आवश्यक सहयोग गरिरहेका छौँ,” उनले भने।
गत सेप्टेम्बरदेखि मध्य अफ्रिकी राष्ट्र कंगोमा एमपक्स संक्रमण बढिरहेको छ। हाल छिमेकी देशमा पनि यसको संक्रमण पत्ता लागेको छ। डब्लूएचओले सन् २०२२ मा ७० भन्दा बढी देशमा फैलिएपछि एमपक्सलाई विश्वव्यापी आपत्काल घोषणा गरेको थियो।
एमपक्सबाट कंगोमा ५४८ को मृत्यु
यसैबीच कंगोमा एमपक्सको प्रकोपले यस वर्षको शुरूदेखि ५४८ जनाको ज्यान लिइसकेको स्वास्थ्यमन्त्रीले बिहीबार जानकारी दिएका छन्। उनले सबै प्रान्त यस भाइरसबाट प्रभावित भएको बताए। स्वास्थमन्त्री स्यामुएल–रोजर कम्बाले भने, “यस वर्षको शुरूदेखि १५ हजार ६६४ सम्भावित र ५४८ जनाको मृत्यु भएको रेकर्ड छ।”
प्रजातान्त्रिक गणतन्त्र कंगो २६ प्रान्त मिलेर बनेको छ र यहाँ करिब १० करोड जनसंख्या छ। एमपक्सबाट सबैभन्दा प्रभावित प्रान्तमा दक्षिणी किभु, उत्तरी किभु, त्सोपो, इक्वेटर, उत्तरी उबाङ्गी, त्सुपा, मोङ्गला र सङ्कुरु रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
