स्वास्थ्य सेवा विभागले देशभर ५० जनामा हैजा संक्रमण देखिएकोमा ललितपुरमा मात्रै ३८ संक्रमित रहेको जनाएको छ।
एएफसी च्यालेन्ज लिगमा चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै पारो एफसी समूह चरणमा प्रवेश गरेको छ।
दाउन्नेमा सडक भासिएपछि अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्डमा यातायात सेवा एकतर्फी सञ्चालनमा आएको छ।
केही वर्षअघि संघ, प्रदेश र स्थानीय तहले भ्युटावर ठड्याउन ठूलो बजेट खर्चिन्थे, अहिले उनीहरू सभाहल र प्रदर्शनीस्थलतिर लागेका छन्। निर्माण भएका, भइरहेका र हुँदै गरेका यस्ता सभाहलमा १५ अर्ब खर्च हुँदैछ।
गत वर्षको तुलनामा यस वर्ष मनसुनजन्य घटनाबाट मानवीय क्षति बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
पोखराबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन, २०८१ प्रतिनिधिसभामा पेश भएको छ।
मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
नेपालमा बारम्बार भइरहेको हवाई दुर्घटनाका सम्बन्धमा छलफल माग गर्दै रास्वपाका सांसदले संघीय संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन्।
निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
‘ग्रिन कार्ड’को प्रलोभनमा पारी मौरिसस पुर्याइ मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा मंगलबार भएको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित राजदूतका सम्बन्धमा १० दिनभित्र सार्वजनिक सूचनामार्फत उजुरी आह्वान गर्ने निर्णय गरेको छ।
मंगलबार ८.१८ अंकले घटेर नेप्से परिसूचक २९२३.४६ को विन्दुमा कायम भएको छ।
बँदेलबाट अन्नबाली जोगाउन स्थानीय रातभरि आलोपालो कुरुवासमेत बस्ने गरेका छन्। स्थानीय दीपक बस्ताकोटीका अनुसार बँदेल आतंकले गाउँलेसमेत घरमा बस्न डराउँछन्।
मस्कले यस अनौपचारिक अन्तर्वार्ताले स्वतन्त्र मतदाताहरूलाई खुला दिमागमा मतदान गर्न सहयोग पुग्ने बताएका छन्। साथै उनले कमला ह्यारिससँग पनि एक्समा बहस गर्ने जनाएका छन्।
खाद्य मूल्यवृद्धि जुलाईमा १४.१० प्रतिशतले बढेको छ। जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो।
मन्त्रिपरिषद् ठूलो बनाएको भन्दै चर्को आलोचना भएपछि मुख्यमन्त्री सतिशकुमार सिंहले सबै राज्यमन्त्रीलाई हटाएका हुन्।
माछापुच्छ्रे माविको शिक्षण विधि मात्र होइन अतिरिक्त क्रियाकलाप गर्ने शैली पनि फरक छ। अतिरिक्त क्रियाकलापकै लागि हरेक शिक्षक आफ्नो जन्मदिन विद्यालयको ‘जन्मदिन कोष’मा हजार रुपैयाँ दान गरेर मनाउँछन्।
स्थानीय अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा मंगलबार बिहान मृत फेला परेको हो। मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।
भासिएको स्थानमा मर्मतका लागि मंगलबार दिउँसो १ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।