आईसीसी यू१९ पुरुष विश्वकपको एशिया क्षेत्र छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ।
साउनको कुल संकलित राजस्वमध्ये कर राजस्व ७७ अर्ब ४१ करोड २७ लाख र गैरकर राजस्व १७ अर्ब ३३ करोड रुपैयाँ छ।
हेलिकप्टरबाट निरीक्षण गर्दा गाउँभन्दा माथि खुम्बु क्षेत्रमा रहेका पाँच वटा हिमतालमध्ये दुई वटा फुटेर बाढी आएको देखिएको हो।
शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको छ।
अरनिको राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलोमा गएको पहिरोले सडक अवरुद्ध भएको हो। करिब ५० मिटर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
साउन १६ र १७ गतेको वर्षापछि आएको पहिरोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका किसानको धानखेत बगाएको थियो। त्यसयता पनि पहिरो जाने क्रम रोकिएको छैन।
बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो। बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण क्षतिग्रस्त बनाएको छ।
ढोरपाटन उपत्यकादेखि करिब डेढ घण्टाको यात्रामा पुग्न सकिने निसेलढोर पर्यटकीय हिसाबले आकर्षक गाउँ भए पनि विद्युत्लगायत सुविधा नपुग्दा ओझेलमा छ।
शुक्रबार दिउँसो नुहाउन गएका दुई बालिका जमेको पानीमा तैरिरहेको देखेपछि साँझ स्थानीयले निकालेका थिए। शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
भक्तपुरको गठ्ठाघरमा बिहीबार एक जनाको ज्यान जाने गरी भएको दुर्घटनाको सत्यतथ्य जाँच गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुर र प्रहरीले छुट्टाछुट्टै छानबिन समिति गठन गरेका छन्।
जिल्ला प्रशासन कार्यालय खोटाङले दूधकोशी आसपासका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
हात्तीलाई आहार जुटाउन जुकेखाँडी सामुदायिक वनले २० हजार फलफूलका बिरुवा रोपेको छ। स्थानीय समुदायसमेत हात्तीमैत्री उपाय अवलम्बन गर्दै मानव-हात्ती द्वन्द्व न्यूनीकरणमा सहमत हुन थालेका छन्।
पछिल्लो समय अचाक्ली बढेका सहकारी ठगीदेखि सुन तस्करी र बैंकिङ कसुरदेखि अनलाइन ठगीसम्मले यस्तो दबाब बढाए कि त्यसबारे अनुसन्धान गर्न प्रहरीले बेग्लै वित्तीय ब्युरो स्थापनाको तयारी अघि बढाएको छ।
खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित थामे खोलामा आएको बाढीका कारण एक जना बेपत्ता भएका छन् भने सात घर, पाँच होटल, क्लिनिक, स्कुलमा क्षति पुगेको छ।
छानबिन समिति गठन गरी गठ्ठाघर घटनाको सत्यतत्थ छानबिन गरिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको भनाइ छ।
लघुवित्तहरूले लिँदै नलिएको कर्जा रकमसमेत कतिपय ऋणीहरूको नाममा बक्यौता देखाएको अर्थ मन्त्रालयद्वारा गठित कार्यदलको प्रतिवेदनले औँल्याएको छ।
एकान्तकुनास्थित कमलपोखरीको सार्वजनिक जग्गा व्यक्तिको नाममा पुर्याइएपछि विरोधमा उत्रेका स्थानीय बासिन्दा भू–माफियाको धम्कीले हच्केका थिए। उनीहरू कमलपोखरी पुरानै अवस्थामा फर्काउन फेरि सक्रिय भएका छन्।
भीषण हावाहुरी र भारी वर्षाका कारण टोकियो क्षेत्रमा सयौँ उडान र रेल सेवा रद्द हुनुका साथै चार हजारभन्दा बढी घर विद्युत्विहीन भएका छन्।
बागलुङको गलकोटमा माछा मार्ने क्रममा खोलाले बगाउँदा शुक्रबार एक जना बेपत्ता भएका छन्।