भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेज उरुटियालाई मड्रिडले आइतबार राजनीतिक शरण दिने घोषणा गरेको छ।
बागमती मनुस्मारा झाँझ सिँचाइ व्यवस्थापन कार्यालय कर्मेया, सर्लाहीको स्वामित्वमा रहेको सात कट्ठा सरकारी जमिन अतिक्रमणको चपेटामा परेको छ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये आइतबार तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ।
चमेराको संख्यामा तीव्र गिरावट आएपछि किसानले बालीहरूलाई कीराबाट जोगाउन कीटनाशकको प्रयोग बढाएका छन्। जसले गर्दा नवजात शिशुको मृत्युदर बढेको एक अध्ययनले देखाएको छ।
जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका दुवै जनाको शव फेला परेको छ।
जुलाईमा भएको राष्ट्रपति चुनावको विवादित नतिजापछि गोन्जालेजविरुद्ध वारेन्ट जारी भएको थियो। त्यसपछि उनी लुकेर बसेका थिए।
निसीखोला–४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको नहर पहिरोले बगाएपछि तीन दिनदेखि बिजुली उत्पादन बन्द भएको हो।
शुक्रबार तोलामा एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबारका लागि भने एक लाख ५२ हजार १०० निर्धारण भएको छ।
अघिल्लो राष्ट्रपतीय निर्वाचनमा ३ प्रतिशत मत मात्र पाएका ५५ वर्षीय मार्क्सवादी नेता दिसानायके कसरी यति लोकप्रिय बने जसले आगामी निर्वाचन जित्ने चर्चा भइरहेको छ?
पहिरोमा पुरिएकी ११ वर्षीया सम्झना चालाउनेलाई उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको छ। बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।
९६ करोड ४५ लाख रुपैयाँ लागतमा सम्पन्न गर्नेगरी २०७४ सालमा निर्माण थालिएको आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अलपत्र परेको हो।
जोमसोम बजारको नजिकैको स्याङ संस्कृति र प्रकृतिको संगम हो। जोमसोम र राष्ट्रिय सडक छेवै रहे पनि पर्यटकको चहलपहल बढ्न नसकेकामा स्थानीय चिन्तित छन्।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पहिरोका कारण अवरुद्ध भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा आएको छ।
गल्याङ नगरपालिकाका कृषक परम्परागत रूपमा लगाउँदै आएका धान, मकै गहुँ, तरकारी बाली छोडेर बाँदरले नखाने काष्ठफलको खेतीतर्फ आकर्षित भएका छन्।
चिकित्सा शिक्षा आयोगले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि ५० सिट सुनिश्चित गरेको छ।
मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक र विमानले प्रयास तीव्र पारेका छन्।
विभिन्न स्थानमा बेवारिसे भेटिएका करिब २०० मूर्ति र कलावस्तु छाउनीस्थित राष्ट्रिय संग्रहालयको भण्डारण कक्षमा छन्। यीमध्ये अधिकांश प्रहरी कार्यालयहरूमा लामो समय रहेका र क्षतिग्रस्त कलावस्तु छन्।
परम्परागत अन्नबालीभन्दा राम्रो आम्दानी हुन थालेपछि झापा, मोरङ र सुनसरीका किसानले व्यावसायिक रूपमा हाइब्रिड जातको मकैखेती गर्न थालेका छन्।
उपल्लो मुस्ताङमा माटोको पर्खालभित्र रहेको लोमान्थाङ बस्ती, हरेक गाउँघरका ऐतिहासिक दरबार, गुम्बा, गुफा, दामोदरकुण्डलगायत थुप्रै पर्यटकीय र धार्मिकस्थल छन्।