AnonymousUser

Logout

आईसीसी विश्वकप लिग–२ : नेपाल आज यूएईसँग प्रतिस्पर्धा गर्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, यूएई र ओमानबीच जारी एक दिवसीय शृंखलामा नेपालले आज आफ्नो तेस्रो खेल यूएईसँग खेल्दैछ।

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकलगायत सम्बन्धित अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिको सहभागितामा देशैभर विभिन्न कार्यक्रम आयोजना गरी श्रम दिवस मनाइन्छ।

यस्तो रहनेछ आजको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती , गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ।

रोल्पा दुर्घटना: मृतकको संख्या २० पुग्यो

रोल्पामा बिहीबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ।

सम्पत्ति जाँचबुझ आयोगको क्षेत्राधिकार तय: को-को परे छानबिनको दायरामा?

रास्वपा नेतृत्वको सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले २०४८ सालयता सार्वजनिक पदमा पुगेका पूर्वप्रधानमन्त्री र बहालवाला न्यायाधीशदेखि सेनालगायत सुरक्षा निकायका उच्च अधिकारी लगायतको सम्पत्ति छानबिन गर्ने कार्यादेश पाएको छ।

रोल्पामा जिप दुर्घटना: मृतकको संख्या १८ पुग्यो

रुकुम पूर्वबाट रोल्पाको थबाङ गाउँपालिकास्थित जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जिप बिहीबार दिउँसो थबाङ गाउँपालिका-१ सल्यापमा दुर्घटनामा परेको हो।

जोमसोममा निर्माणाधीन कभर्ड हल २ वर्षदेखि अलपत्र

मुस्ताङको जोमसोममा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल बजेट अभावका कारण निर्माणकै चरणमा अलपत्र परेको छ।

रोल्पामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

रोल्पाको थबाङ गाउँपालिका–१, जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार 'सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३' जारी गरेका छन्।

हुम्लामा पनि डेंगीका बिरामी फेला

जिल्ला अस्पताल सिमकोटमा एक जना डेंगी संक्रमित फेला परेका छन्।

पश्चिम एशियामा तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्ममा असर

पश्चिम एशियामा चर्किएको द्वन्द्वका कारण कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च विन्दुमा पुग्नुका साथै विश्वव्यापी कूटनीतिक र सुरक्षा समीकरणमा समेत हलचल पैदा भएको छ।

नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट

नेप्सेमा लगातार तेस्रो दिन गिरावट आउँदा परिसूचक २,७३८ को बिन्दुमा ओर्लिएको छ।

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशियामा बढ्दो भू-राजनीतिक अस्थिरताका कारण हवाई इन्धनको मूल्यवृद्धि र ट्रान्जिटको अन्योल उत्पन्न हुँदा नेपालको मुख्य पर्यटकीय याममा विदेशी पर्यटकको आगमन प्रभावित भएको छ।

आयातित वस्तुको अधिकतम खुद्रा मूल्य स्वघोषणा गरेर सामान छुटाउन पाइने

भन्सार विभागले विदेशबाट आयात गरिने वस्तुहरूमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्ने अनिवार्य व्यवस्थाका कारण उत्पन्न झन्झटलाई सम्बोधन गर्दै आयात प्रक्रियामा सहजीकरण गरेको छ।

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

क्रियाशील सदस्यता नवीकरणका लागि थप एक हप्ता समय दिने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको छ।

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

कोशी र मधेश प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

राष्ट्रिय वाणिज्य बैंकले कृषिमा लगानी बढाउँदै

कृषिमा गरिने लगानीलाई प्रभावकारी बनाउन बैंकको केन्द्रीय कार्यालयमा छुट्टै कृषि तथा सामाजिक बैंकिङ विभाग स्थापना गरिएको छ।

काठमाडाैँमा बाँकी रहेका सबै सुकुमवासी बस्ती शुक्रबार खाली गराइने

यसअघि थापाथली, मनोहरा तथा गैरीगाउँका सुकुमवासी बस्ती खाली गराइसकेको छ।

वर्षाले प्रभावित गरेको खेलमा ओमानसँग नेपाल पराजित

वर्षाका कारण खेल रोकिएपछि डीएलएस नियमका आधारमा नेपाल १०२ रनले पराजित भएको हो।