AnonymousUser

Logout

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा शुरू

जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै गरेको जनाएको छ। यसको प्रभावले काठमाडौँ उपत्यकासहित बागमती र मधेश प्रदेशका अधिकांश स्थानमा वर्षा शुरू भएको छ।

जलजला दुर्घटना: एकै परिवारका ६ जनाको सामूहिक दाहसंस्कार

रोल्पाको जलजलामा भएको जिप दुर्घटनामा ज्यान गुमाएका रुकुम पूर्वका एकै परिवारका छ सदस्यको सानीभेरी नदी किनारमा अन्त्येष्टि गरिएको छ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय

सरकारले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई जारी गर्न पुनः सिफारिस गर्ने निर्णय गरेको छ।

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट २ मजदुरको मृत्यु, १ बालक घाइते

पुनर्वास नगरपालिका–७ स्थित न्यु जनता इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित भई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

प्रभावकारी परराष्ट्र नीति अपनाउन पूर्वराजदूतहरूको आग्रह

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको सन्दर्भमा चीनका लागि नेपालका पूर्व राजदूतहरूले सरकारलाई संवेदनशील र प्रभावकारी परराष्ट्र नीति अपनाउन आग्रह गरेका छन्।

सरकारलाई हैकमी शैली त्याग्न नागरिक अगुवाहरूको आग्रह

विभिन्न क्षेत्रका नागरिक अगुवाहरूले सरकारका पछिल्ला कदमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै हैकमी शैलीको शासन अभ्यास तुरुन्त रोक्न माग गरेका छन्।

आज यी प्रदेशमा वर्षाको सम्भावना

सुदूरपश्चिम र कर्णाली  प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

गुराँससँगै फस्टाउँदै स्थानीय घरबास

ताप्लेजुङका वनपाखामा ढकमक्क फुल्ने गुराँसले प्राकृतिक सुन्दरता मात्र थपेको छैन, स्थानीयको घरबास (होमस्टे) र पर्यटन व्यवसायमार्फत आम्दानीको स्रोत समेत बनेको छ।

दिल्लीमा एसी विस्फोटपछि आगलागी हुँदा ९ जनाको मृत्यु, २० घाइते

भारतको राजधानी दिल्लीस्थित एक बहुतले घरमा एसी विस्फोटपछि आगलागी हुँदा नौ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

चैत १२ अघि नियुक्त १५ सयभन्दा बढी पदाधिकारी पदमुक्त

सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ अध्यादेश जारी गरेसँगै २०८२ चैत १२ गतेअघि नियुक्त विभिन्न सार्वजनिक निकायका १ हजार ५९४ पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन्।

सुकुमवासीलाई सुरक्षित र व्यवस्थित स्थानमा स्थानान्तरण गर्न रास्वपाको सरकारलाई आग्रह

विगतमा सरकारले समस्या समाधानमा गम्भीर ध्यान नदिएको उल्लेख गर्दै सत्तारूढ दल रास्वपाका प्रवक्ता मनीष झाले भूमिहीन सुकुमवासीलाई व्यवस्थित राख्न पहलकदमी लिइएको स्पष्ट पारे।

राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई पुनर्विचारका लागि सरकारसमक्ष फिर्ता पठाएका छन्।

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण हटाउन स्थानीयको माग

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा रहेका अतिक्रमित संरचना खाली गराउन स्थानीय बासिन्दा र भक्तजनले माग गरेका छन्।

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमै पुस्तैनी भूमिहीन

सरकारले सार्वजनिक जग्गा हडपेको भन्दै सुकुमवासी बस्तीमा डोजर चलाइरहँदा वर्तमान प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा पुस्तैनी भूमिहीनको ठूलो संख्या लालपुर्जा पर्खिरहेको छ।

पहिरो पन्छाएपछि कान्तिलोकपथ पुनः सञ्चालनमा

मकवानपुरको भरेङडाँडामा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध कान्तिलोकपथमा आइतबार अपराह्नदेखि यातायात पुनः सुचारु भएको छ।

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण शुरू

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण शुरू गरेको छ।

ढकमक्क गुराँसले सजिएको मुन्दुम ट्रेल

मुन्दुम ट्रेल आसपासका एउटै वन तथा पाखामा विभिन्न रङ र प्रजातिका गुराँस ढकमक्क फुलेको देख्दा त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन्।​​​​​​​

तेल खरिदसम्बन्धी अमेरिकी प्रतिबन्धलाई चीनले नमान्ने

चीनले इरानी तेल खरिद गर्ने पाँच कम्पनीहरूमाथि लगाइएको अमेरिकी प्रतिबन्धहरू पालना नगर्ने बताएको छ।

देशका यी स्थानमा वर्षा र हिमपातको सम्भावना

अहिले काठमाडाैँ उपत्यकासहित आसपासका क्षेत्रमा पानी परिरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कर्णालीमा ३०२ किलोमिटर सडक कालोपत्र

कर्णाली प्रदेश सरकारले हालसम्म ३०२ दशमलव ८४ किलोमिटर सडक कालोपत्र तथा पक्की गरेको छ।