रुकुम पूर्वबाट रोल्पाको थबाङ गाउँपालिकास्थित जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जिप बिहीबार दिउँसो थबाङ गाउँपालिका-१ सल्यापमा दुर्घटनामा परेको हो।
दाङ— रोल्पामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ। रुकुम पूर्वबाट रोल्पाको थबाङ गाउँपालिकास्थित जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जिप बिहीबार दिउँसो थबाङ गाउँपालिका-१ सल्याप भन्ने ठाउँमा दुर्घटनामा परेको हो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरस्थित सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालका अनुसार जिप भिरबाट करिब ८०० मिटर तल खस्दा १८ जनाको घटनास्थलमै मृत्यु भएको हो।
घटनालगत्तै रोल्पाका प्रहरी प्रमुख वीरेन्द्र विश्वकर्मा नेतृत्वको टोली घटनास्थल पुगेर उद्धार कार्यमा खटिएको उनले बताए।
उक्त जिपमा सवार सबै जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जाने तीर्थयात्री रहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए।
“दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत हुन सकेको छैन। दुर्घटनाका बारेमा थप विवरण आउन बाँकी छ”, उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
