राष्ट्रपति निर्वाचनका लागि गठबन्धन गरेका आठ दलका सांसदका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ।
टिकटकको मातृ कम्पनी बाइटडान्सले भने गोपनीयता र सुरक्षाबारे टिकटक अत्यन्तै संवेदनशील रहेको बताएको छ।
केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि ‘ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लबले जितेको छ।
एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरेको छ।
रानी जगदम्बाले कृषि महाविद्यालय चलाउन ६ दशकअघि सरकारलाई दिएको १०० वर्ष पुरानो श्रीमहल, प्रबलीकरण गर्न सकिने हुँदाहुँदै पनि पूर्णरूपमा भत्काएर पुनर्निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ।
त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी संगठनहरू घोषणापत्रको अन्तिम तयारीमा लागेका छन्।
सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र प्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
एन्फाले राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा भिन्सेन्जो अल्बर्टो एनेसलाई नियुक्त गरेको छ।
ललितानिवास जग्गा घोटाला प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
संघीय संसद् सचिवालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधिसभाको बैठक सारिएको बताएको छ।
सन्दीप लामिछाने आईसीसी विश्वकप लिग–२ खेल्न यूएई जाने भएका छन्।
महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशीको बर्खास्तीको माग गर्दै आएका एन्फाका तीन उपाध्यक्षसहित ११ जना केन्द्रीय सदस्यले कार्यसमिति बैठक बहिस्कार गरेका छन्।
सीआईबीले शंकास्पदरूपमा विदेशबाट रकम भित्र्याएको लगायतका अभियोगमा व्यवसायी पृथ्वीबहादुर शाह र उनका सहयोगीमाथि विभिन्न चारवटा मुद्दा चलाउन राय दिएको छ।
शहीद स्मारक ‘बी’ डिभिजनका १४ मध्ये १३ क्लबको बैठकले तोकिएकै मितिमा लिग आयोजना नभए एन्फासँग क्षतिपूर्ति माग्ने निर्णय गरेका छन्।
रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको छ।
सन् २०२० को जुलाई देखि लागू भएको अनिवार्य मास्कको नियम पालना नगर्नेले ६४० डलरसम्म जरिबाना तिर्नुपर्ने थियो।
चोटका कारण गत वर्ष सेप्टेम्बरमा टोलीबाट बाहिरिएका बुमराहले एसिया कप र टी–२० विश्वकप गुमाएका थिए।
गरिबी अन्त्य र नागरिकको सर्वसुलभ उपचारका लागि व्यवस्था फेर्न युद्धमा होमिएका सरल सुमन आफैँ रोगले थलिएका छन्। सामाजिक सञ्जालमार्फत सहयोग खोजिरहेका उनी उपचारका लागि जग्गा बेच्नुपर्ने अवस्थामा छन्।
एमाले सांसद रामबहादुर मगर प्रस्तावक तथा एमालेकै निरन राई, विदुरकुमार लिङ्थेप र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेका छन्।
बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी ६३ बुँदामध्ये चालु आवको सात महिनामा ३६ बुँदाको प्रगति शून्य देखिएको छ।