AnonymousUser

Logout

सीके राउतले खोलेको जनमत पार्टी उनकै कारण कलहमा

पछिल्लो समय आन्तरिक विवाद बढेर पार्टी नै फुट्नेसम्मको स्थिति आएकोमा फुटको खतरा भने टरेको पार्टीका नेताहरूले दाबी गरेका छन्।

बजेट संशोधनको माग गर्दै प्रतिपक्षद्वारा बागमती प्रदेशसभा अवरुद्ध

बागमती प्रदेशसभाको बैठक प्रतिपक्षी दलका सांसदहरूले अवरुद्ध पारेका छन्। उनीहरूले बजेट संशोधन नगरेसम्म संसद् अवरुद्ध पार्ने चेतावनी दिएका छन्।

अर्थमन्त्री भन्छन्– केही वस्तु तथा सेवामाथिको कर गरिबलाई होइन, हुनेखानेलाई हो

सरकारले ल्याएको बजेट र आर्थिक विधेयक गरिबको पक्षमा नभएको सांसदहरूले भने पनि मन्त्री महतले वर्तमान अवस्था हेरी सन्तुलन कायम गरेर बजेट ल्याएको तर्क गरेका छन्।

नेप्सेमा उच्च अंकको गिरावट

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५३.७० अंकले ओरालो लागेर २०९७.२९ मा सीमित भएको छ।

सर्वोच्चको फैसला- सभा, जुलुस र विरोध प्रदर्शन गर्ने स्थान तोक्न मिल्दैन

जिल्ला प्रशासनले करिब साढे ५ वर्षअघि सूचना प्रकाशन गरेर 'अर्को आदेश नभएसम्मको लागि' माइतीघर मण्डल, शीतल निवास, बालुवाटारलगायत स्थलमा प्रदर्शनका लागि लगाएको रोकलाई सर्वोच्चले गैरकानूनी ठहर गरेको छ।

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक विधेयक, २०८०’ पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको छ।

सरकारले अवैध सम्पत्ति नियन्त्रण गर्ने विषयमा हेलचेक्र्याइँ गरेको छैन: कानूनमन्त्री

कानूनमन्त्री धनराज गुरुङले कालो धन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने विषयमा सरकारले ठूलोसानो, दायाँबायाँ केही पनि नहेर्ने दाबी गरेका छन्।

ललिता निवासको जग्गा खाली गराउन काठमाडौँ महानगरको ७ दिने ‘अल्टिमेटम’

काठमाडौँ महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गा खाली गराउन सातदिने ‘अल्टिमेटम’ दिएको छ।

चिनियाँ पक्षले गृहमन्त्रीलाई सोध्यो– बीआरआईबाट कस्तो लाभ लिने तयारी छ?

गृहमन्त्री नारायणकाजी श्रेष्ठले बीआरआईमा २०७० मै सम्झौता गरेकाले मोडालिटी बनाएर कार्यान्वयन प्रक्रिया टुंगो लगाउने विषयमा चीनले चासो राखेको बताए।

मिटरब्याज पीडितका समस्या सम्बोधन गर्ने विधेयकमाथि प्रतिनिधिसभा छलफल

सांसदहरूले सर्वसाधारणलाई वित्तीय पहुँचमा सहजता बनाउँदै मिटरब्याज पीडकलाई कारबाहीको दायरामा ल्याउने गरी कानून व्यवस्था गर्न माग गरेका छन्।

विश्वकप छनोट:  प्रारम्भिक टोलीमा ३० खेलाडी, दीपक र पुजन परेनन्

मुख्य प्रशिक्षक एनिसले ३० खेलाडीलाई समेटेर प्रारम्भिक टोली घोषणा गरेका छन्। टोलीको बन्द प्रशिक्षण साउन १६ गतेदेखि हुनेछ।

मुग्लिन–नारायणगढ खण्डको पहिरोले सम्झाउँछ घुमाउनेको अलपत्र पुल

पुल बनेको भए मुग्लिन–नारायणगढ खण्डको विकल्पका रूपमा सर्वसाधारणले उक्त पुल तरेर बुद्धसिंह मार्ग हुँदै दमौली निस्केर गन्तव्यसम्म पुग्न हुन्थ्यो। पहिरोका कारण अलपत्र भएर बस्नुपर्ने अवस्था आउँदैनथ्यो।

प्रयोगकर्ताको ट्विट हेर्ने ‘लिमिट’मा मस्कको अस्थायी प्रतिबन्ध

मस्कले डाटा स्क्रेपिङ र ट्विटरको सिस्टममा देखिएका हस्तक्षेपलाई नियन्त्रण गर्न अस्थायी सीमा तोकिएको बताएका छन्।

सन् २०२३ मा भित्रिए ४ लाख ७६ हजार पर्यटक

सन् २०१९ जनवरीदेखि जुनसम्म कुल पाँच लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। 

जनताको जीवनमा आमूल परिवर्तन आवश्यक: माधव नेपाल

सबैले इमानदारितासाथ गरेको खण्डमा अग्रज योद्धाले परिकल्पना गरेको सपना साकार पार्न सकिने उनको भनाइ छ। 

माधवजी र मैले फेरि नेकपातिरै फर्किनुपर्छ भनेका छौँ: प्रधानमन्त्री

कम्युनिस्ट एकता के कारणले टिक्न सकेन भनेर गम्भीर समीक्षा गर्ने र त्यसबाट शिक्षा लिएर अगाडि जाने जमर्को गर्नुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ। 

बाराको निजगढ र आसपासका क्षेत्रमा भारी वर्षा, लालबकैया नदीमा बाढीको चेतावनी

लालबकैया नदी र त्यस क्षेत्र भई बहने साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय तथा होचा क्षेत्रमा बेलुकासम्म नै सतर्कता अपनाउन आग्रह गरेको छ।

ताप्लेजुङमा खाद्यान्न र पेट्रोलियम पदार्थ सहज बनाउन माग   

हेवाखोला पुलका कारण मेची राजमार्गमा सवारीका साधन चल्न नसक्दा ताप्लेजुङमा मानवीय संकट आउन लागेको भन्दै तत्काल बेलीब्रिज निर्माण गर्न माग गरिएको छ।

श्री एयरलाइन्सका सबै उडान आइतबार स्थगित

शनिबार काठमाडौँबाट धनगढीका लागि उडेको जहाज प्राविधिक समस्याका कारण फर्किएपछि श्री एयरलाइन्सलाई प्राधिकरणले सबै जहाजको चेकजाँच गर्न निर्देशन दिएको थियो। 

देशमा प्रदर्शन चर्किँदै गएपछि फ्रान्सका राष्ट्रपतिले स्थगित गरे जर्मनी भ्रमण 

राष्ट्रपति म्याक्रोँ आइतबार जर्मनी पुग्ने र सोमबार लुडविग्सबर्ग, बर्लिन तथा ड्रेसडेन शहरको भ्रमण गर्ने कार्यक्रम थियो।