कम्युनिस्ट एकता के कारणले टिक्न सकेन भनेर गम्भीर समीक्षा गर्ने र त्यसबाट शिक्षा लिएर अगाडि जाने जमर्को गर्नुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई एकताबद्ध गर्नुपर्ने बताएका छन्।
आइतबार भक्तपुरमा नारायणविलास जोशीको ३४औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले दुर्भाग्यवश कम्युनिस्ट एकतालाई बचाउन नसकेको उल्लेख गरे।
“देशलाई छिटो आर्थिक समृद्धि र समाजवादतिर जान सकिन्छ भनेर एमालेसँग एकता भएको थियो,” उनले भने, “तर, दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौँ। हामी एकपटक असफल भए पनि फेरि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्दछ।”
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र आफूबीच फेरि नेकपातिरै फर्किनुपर्छ भन्ने सल्लाह भएको पनि उनले जानकारी गराए।
“माधव नेपाल, विप्लव र उपेन्द्र यादवले फेरि एकचोटी समाजवादी मोर्चा बनाएर वामपन्थीलाई एकताबद्ध गराउने पहल शुरू गरेका छौँ,’ प्रधानमन्त्री दाहालले भने, ‘माधव जी र मैले के पनि भनेका छौँ भने फेरि नेकपातिरै फर्किनुपर्दछ। फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ पनि हामीले भनेका छौँ।’
त्यो एकता के कारणले टिक्न सकेन भनेर गम्भीर समीक्षा गर्ने र त्यसबाट शिक्षा लिएर अगाडि जाने जमर्को गर्नुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
