काभा पुरुष भलिबल नेसन्स लिगमा नेपालले लगातार पाँचौँ हार बेहोरेको छ। नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भयो।
एमाले सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु वर्ष नभएर केही दिनसम्म मात्रै रहेको बताएका छन्।
गुएराका अनुसार सुआरेजले आफ्नो चोटबारे धेरै पटक जानकारी दिएका थिए। चोट गम्भीर रहेको आशंका गर्दै सुआरेजको घुँडाको शल्यक्रिया पनि आवश्यक पर्न सक्ने उनले बताए।
सत्तारूढ दल एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले प्रधानमन्त्री दाहालको सचिवालय अस्तव्यस्त रहेको दाबी गर्दै उनलाई आफ्नो सचिवालय विघटन गर्न सुझाव दिएका छन्।
श्रीलंकाले आईसीसी एक दिवसीय विश्वकप छनोटमा ओमानलाई पराजित गरेको छ। ओमानले दिएको ९९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १५ ओभरमा विकेटको क्षतिबिना १०० रन बनायो।
रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री दाहाल जनतालाई राहत दिने, मुलुकको महत्त्वपूर्ण मुद्दाहरूमा केन्द्रित हुनेभन्दा पनि सत्ता टिकाउने काममा अलमलिएको आरोप लगाए।
प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएका कारणले संसद्बाट पारित भएको नागरिकता विधेयक निष्क्रिय हुन्छ वा शून्यमा जान्छ भन्न नमिल्ने सर्वोच्च अदालतको ठहर छ।
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसकिरहेका बेला थप विमानस्थल बनाउन आवश्यक नभएको सांसद सिंहको भनाइ छ।
जन्मसिद्धको सन्तानलाई शुक्रबारदेखि नागरिकता वितरण शुरू गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले उकालोलाई जानकारी दिए।
नेपाल प्रहरीले लागुऔषधसहित १२ जनालाई पक्राउ गरेकाे छ। उनीहरूको साथबाट बरामद लागुऔषधको बजारमूल्य दुई करोड ३३ लाख रहेको एसपी चक्रराज जाेशीकाे भनाइ छ।
पहाडी भेगमा डोजर चालक आफैँ इन्जिनियर बनेर सडक खन्ने काम गर्दा त्यहाँ पहिरो जाने क्रम बढेको सांसद खतिवडाको भनाइ छ।
एमाले सांसद अच्युतप्रसाद मैनालीले रुस–युक्रेन युद्धमा रुसको पक्षबाट नेपाली युवाको संलग्नताको विषयमा सरकारको जवाफ मागेका थिए।
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि सम्पूर्ण सदस्यलाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहनेगरी १७ समूहमा विभाजन गरिएको छ।
पाकिस्तानका अर्थमन्त्री इशाक डारको अध्यक्षतामा बसेको बैठकले कराँची पोर्ट ट्रस्ट र यूएई सरकारबीच व्यापारिक सम्झौताका लागि वार्ता गर्न समिति गठन गरेको छ।
बोट रेसमा चिनियाँ चार र नेपाली चार गरी आठ टोलीले गर्नेछन्। यो रेस चीन बाहिर दक्षिण एशियामै पहिलोपटक हुन लागेको हो। महोत्सवमा नेपाली र चिनियाँ खाना तथा चिनियाँ सांस्कृतिक कार्यक्रम आकर्षणका रूपमा छन्।
अमेरिकी तटरक्षकका अनुसार उक्त पनडुब्बी पानीमा डुबुल्की मारेको एक घण्टा ४५ मिनेटपछि सम्पर्कविहीन भएको थियो।
ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु भएको छ।
कोटगाउँबाट बेहुली लिएर पोखरीडाँडा फर्कँदै गरेको जिप सिलिङखोलामा दुर्घटना भएको छ।
कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राष्ट्रव्यापी सर्वेक्षणले ३२.८ प्रतिशत उत्तरदातामध्ये ३०.१ प्रतिशत पुरुष र ३५.७ प्रतिशत महिला यौनिकताबाट पीडित रहेको देखाएको छ।