प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा संसद् विघटन ठीक थियो भनेपछि आफूहरूले नयाँ विकल्प खोजे बताएका छन्।
कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ।
रास्वपा महामन्त्री ढकालले राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा पुस १० गते भएको सहमतिलाई मध्यनजर गर्दै पार्टीले निर्णय लिने बताएका छन्।
आईसीसी क्रिकेट विश्वकप लिग-२ मा यूएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ।
माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले माओवादी स्थिर बसेर देशको विकास सम्भव नरहेको बताएका छन्।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नयाँ केन्द्र स्थापना गरी राष्ट्रिय परिचयपत्रको आवेदन र वितरणको प्रक्रियालाई सहज बनाएको छ।
राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको आरोप लगाएकी छन्।
नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणका क्रममा विदेशी पर्यटकका लागि पथप्रदर्शक अनिवार्य गरेको छ।
ललितपुर गोदावरी-११ स्थित चिभाः लाछीमा रहेको चैत्यबाट बुद्धको मूर्ति चोरी भएको छ।
आफ्नै छोरीको हत्या गरेको आरोपमा बागलुङ जैमिनी–४ सर्कुवा बस्ने सायर दिन पक्राउ परेका छन्।
पोखराको नयाँ विमानस्थलमा समस्याका चाङ छन्। तर, सार्वजनिक यातायातको रुट र भाडादर कायम नगरिँदा सबभन्दा ठूलो समस्या नयाँ विमानस्थलबाट यात्रा गर्ने यात्रुले भोगिरहेका छन्।
राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर राष्ट्रपतिमा सघाउन आग्रह गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
गुल्मीको रेसुंगा–१४ स्थित जन विकास माध्यमिक विद्यालयमा एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन्। पढाउँदा आवाज ठोक्किएर दुवैतर्फको सिकाइमा समस्या हुने गरेको छ।
बागलुङ बजारस्थित आयुर्वेद औषधालयबाट स्वास्थ्य विभागले सिफारिस गरेका ९५ मध्ये २३ प्रकारका औषधि उपलब्ध हुने गरेको छ।
भारतको संघीय सरकारले अत्यधिक तापक्रमको प्रभाव निगरानी गर्न कमिटी नै गठन गरेको छ।
भारतबाट खाना पकाउने ग्यासबाहेक अन्य सबै इन्धनको मूल्य घटेर आए पनि उपभोक्ता मूल्य हाललाई यथावत् राखिएको निगमले जनाएको छ।
आर्सनलका लागि गाब्रीएल मार्टिनेलीले २ तथा बुकायो साका र कप्तान मार्टिन ओडेगार्डले १/१ गोल गरे।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा सामान्य बदली भई मेघ गर्जन र चट्याङसहित वर्षा हुने छ।
कोशी प्रदेशको पक्षमा ८२ तथा विपक्षमा ४ मत परेको छ।